काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विभिन्न मेडिकल कलेजका विद्याथीद्वारा माइतीघर मण्डलामा प्रदर्शन, बन्दुक र लाठी छोडेर समर्थनमा आउन सुरक्षाकर्मीलाई आह्वान ।
२) निदान अस्पताल मिर्गौला ‘तस्करी काण्ड’ः कमजोर मुद्दा लगाउने प्रहरीको तयारी, कीर्ते फोटोमा ४ वटा औंठा छाप, भान्जादेखि फुपु र दलालसम्म अझै फरार ।
३) स्वराज ट्याक्टरमा ओम्नी अटोमोबाइलको बदमासी ः हर्स पावर नै बढाएर महँगोमा बिक्री, यातायात व्यवस्था कार्यालय भन्छ– दर्ता रोकेर जवाफ मागेका छौं ।
४) बंगलादेशमा हुने एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि छानिए खेलाडी, १२ सदस्यीय टोलीको घोषणा, कप्तानको जिम्मेवारीमा अरुणा ।
५) र, सिरियाको अजाज सहरबाट आइएस पूर्व प्रमुख बग्दादीकी दिदी रस्मिया अवाद पक्राउ, आइएसबारे महत्वपूर्ण सूचना मिल्ने विश्वास ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।