काठमाडौं- नेपाली भूभाग भारतले जारी गरेको नयाँ नक्सामा समेटिनु आपत्तिजनक भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) प्रतिक्रिया जनाएको छ।
भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग पनि समावेश भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। मंगलबार एक विज्ञप्ति जारी गरी राप्रपाले नेपालका भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरेको हो।
सो भुभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा नेपालले विगतदेखि नै निरन्तर विरोध गर्दै आएको छ। 'नेपाली भूभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्विकार्य छ। आफ्नो भुभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न राप्रपा सरकारसँग माग गर्दछ,' जारी विज्ञप्तिमा भनिएको छ।
साथै भारतको यस्तो कदमको कुटनैतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न नेपाल सरकार र प्रधानमन्त्री राप्रपा गम्भीर ध्यानाकर्षण गराउँदछ,' पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।