काठमाडौं– श्रीमतीलाई हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको जिराभवानी गाउँपालिका–३ परसवाका केदार भन्ने रामबाबु हजरा दुसाद छन्।
उनले आफ्नी श्रीमती १९ वर्षीया निपुदेवीको हत्या गरेका थिए । दुसाद बिआर२२ एम४५०८ नम्बरको मोटरसाइकलमा श्रीमतीलाई लिएर कात्तिक १७ गते ससुराल भारत भंगाहा जाँदै थिए ।
उनीहरुबीच बाटोमा विवाद भएपछि भएको थियो । त्यसपछि दुसाद पेट्रोल सकियो भन्दै पेट्रोल लिन भनेर झुक्याएर बागमोर्चा चोकतर्फ लागेका थिए । पेट्रोल लिन भनेर बागमोर्चा चोक पुगेका दुसादले १५ रुपैयाँमा चक्कु किनेर सुस्ता खोलाको छेउ पुगेका थिए।
त्यसपछि मोटरसाइकल बनतुलसी झाँगमा लडाएर दुसादले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका थिए । त्यसपछि फरार भएका दुसादलाई प्रहरीले हिजो सोमबार पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।