• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

श्रीमान्‌को मृत्युपछि नै किन नहोस्, महिला राजनीतिमा आउनु राम्रो कुरा हो : विद्या भट्टराई [अन्तर्वार्ता]

64x64
किशोर दहाल मंगलबार, कात्तिक १९, २०७६  १६:२०
1140x725

आगामी मंसिर १४ मा उपनिर्वाचन हुँदैछ। त्यसैअन्तर्गत कास्की क्षेत्र नम्बर २ का लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार हुन्, विद्या भट्टराई। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बनेका रवीन्द्र अधिकारीको निधनपछि उनकै श्रीमती भट्टराई चुनावी मैदानमा उत्रदैछिन्।

विद्यार्थी आन्दोलनमा परिचित भएता पनि दुई दशकयता उनी सक्रिय राजनीतिमा थिइनन्। बरु, अध्ययन तथा अध्यापनमा सक्रिय थिइन्। समयक्रमसँगै परिस्थितिले उनलाई पुनः राजनीतिमा फर्काइदिएको छ। चुनावी अभियान, उनका चुनावी एजेण्डा तथा जनप्रतिनिधि रहेका श्रीमानको मृत्युपछि श्रीमतीलाई चुनावी मैदानमा उभ्याउने राजनीतिक प्रवृत्ति समेतलाई जोडेर नेपाल लाइभका लागि किशोर दहालले नेतृ भट्टराईसँग गरेको कुराकानीः

दुई दशकपछि सक्रिय राजनीतिमा फर्किँदै हुनुहुन्छ। कस्तो लाग्दैछ?
राजनीति मेरो लागि नयाँ क्षेत्र होइन। प्रत्यक्षरुपमा सक्रिय नभए पनि राजनीतिका हरेक क्रियाकलापमा म अभ्यस्त थिएँ। हिजो म आफैं पनि राजनीति गरेको मान्छे हुँ। विद्यार्थी आन्दोलनमा जोडिएको मान्छे हुँ। महिला आन्दोलनमा पनि एक समयमा काम गरें।

प्राध्यापन क्षेत्रमा संलग्न हुनुभन्दा अघि पनि विभिन्न क्षेत्रमा 'रिसर्चर'को रुपमा काम गरें। त्यतिबेला मैले आफूलाई राजनीतिक रुपमा यो ठाउँमा छु भनेर बाहिर खुलाइनँ, तर बुद्धिजीवीहरुको कमिटीमा बसेर गर्ने काम चाहिँ कहिल्यै पनि छुटाइनँ। अर्कोतर्फ श्रीमान राजनीतिमा भएपछि परिवार नै राजनीतिबाट प्रभावित हुनु स्वभाविक भइहाल्यो। उहाँले गर्ने हरेक राजनीतिक गतिविधिमा हामी जोडिन्थ्यौं।

संवेदनाले होइन, समय र आवश्यकताले मलाई यहाँ उभ्याएको हो। एउटा कुरा के मान्नुस् भने लोकप्रिय नेता बनाउनका लागि परिवारको पनि भूमिका रहन्छ। एउटा व्यक्ति एकदमै क्षमतावान भएर अगाडि बढेको छ भने उसले विभिन्न हिसाबले साथ पाएको हुन्छ। ऊ एक्लै त्यहाँ पुगेको हुँदैन। त्यसमा त अझ श्रीमतीहरुले आफ्नो सब कुरा छोडेर सहयोग गरेका छन् नि त।

त्यसैले राजनीतिबाट टाढा भइनँ। तर, विद्यार्थी आन्दोलनमा म जसरी सक्रियताकै कारण परिचित थिएँ, त्यसखालको भूमिका भने फेरिएकै हो।

यो बीचमा राजनीतिबाट बाहिर बस्नु नपरेको भए राजनीतिको माथिल्लो उचाइमै पुग्नुहुन्थ्यो होला। त्यसप्रति पछुतो लाग्छ कि लाग्दैन?
लाग्दैन। किनकि, अर्को ठाउँ र क्षेत्रमा पनि त मैले आफूलाई स्थापित गरिरहेकी थिएँ नि!

राजनीतिमा सबै खालका मान्छे आउनुपर्छ। यहाँ लामो योगदान गरेका योद्धाहरु र विभिन्न क्षेत्रको अनुभव भएका मान्छेहरु पनि चाहिन्छ भन्ने खालका विचारहरु आउन थालेको छ। मसँग राजनीतिक अनुभव पनि छ। किनकि हिजो राजनीतिक कार्यकर्ताको रुपमा काम गरेको थिएँ। अहिले मैले विभिन्न क्षेत्रमा गरेको कामले मलाई अनुभव दिएको छ। मेरो सोचलाई फराकिलो बनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

हिजोको राजनीतिक आन्दोलनसँग बढी जोडिइन्थ्यो भने आजको आन्दोलन नीतिसँग जोडिन्छ। नीतिलाई कसरी व्यवहारिक रुपमा प्रयोग गर्ने भन्नेसँग जोडिन्छ।

कास्की-२ मा तपाईंलाई सुन्ने धेरै होलान्। उम्मेदवार चयन भएपछि प्रतिक्रिया पनि पाइरहनु भएको होला। अब राजनीतिको मैदानमा आइसकेपछि तपाईंका विचारहरु आम मानिसले थाहा पाउनु जरुरी हुन्छ। यी दुई दशकमा राजनीतिक परिवर्तनका लागि भएका संघर्ष, त्यसबाट प्राप्त उपलब्धि, झिनो आवाजमा रहेको असन्तुष्टि लगायतलाई तपाईंले कसरी हेरिरहनुभएको छ?
२०४६ सालको आन्दोलनबाट हामीले बहुदलीय व्यवस्था स्थापना गर्‍यौं। समाजलाई विविधताको आधारमा बुझ्नुपर्ने भन्ने सोच पनि सोही आन्दोलनले स्थापित गर्‍यो। तर, त्यतिबेलाको उपलब्धिलाई राजनीतिक नेतृत्वले सही निर्देश गर्न नसकेको कारण समाज द्वन्द्वमा फस्यो।

लोकतन्त्रले तीनवटा कुरालाई स्थापित गर्नुपर्छ भनिन्छ। पहिलो, संवैधानिक कुराहरु लेखिएको हुनुपर्छ। दोस्रो, लेखिएको कुराको व्यवहारिक प्रयोग। तेस्रो, सोचलाई बदल्ने। हामीसँग संविधानमा लिपीबद्ध गरिएका कुराहरु छन्। तर, व्यवहार र सोचलाई बदल्ने कुरा चाहिँ बाँकी छ।

२०६२/६३ सालको आन्दोलनले राजतन्त्रकै अन्त्य गर्‍यो। व्यवस्थामा परिवर्तन ल्यायो। अहिले हामीसँग लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी राज्य जस्ता विषयलाई स्थापित गर्दै आफैंले लेखेको संविधान छ। त्यसका आधारमा विधिवत संरचना निर्माण गर्दै अगाडि बढिरहेका छौं। २० वर्ष अगाडिको अवस्था र अहिलेको अवस्थालाई हेर्‍यौं भने हामी धेरै अगाडि बढेका छौं।

लामो निरंकुशतालाई अन्त्य गरे पनि यदाकदा राजतन्त्रको अवशेष व्यवहारमा देखिन्छ। तर, लोकतन्त्रले तीनवटा कुरालाई स्थापित गर्नुपर्छ भनिन्छ। पहिलो, संवैधानिक कुराहरु लेखिएको हुनुपर्छ। दोस्रो, लेखिएको कुराको व्यवहारिक प्रयोग। तेस्रो, सोचलाई बदल्ने। हामीसँग संविधानमा लिपीबद्ध गरिएका कुराहरु छन्। तर, व्यवहार र सोचलाई बदल्ने कुरा चाहिँ बाँकी छ। व्यवहार र सोचलाई बदल्नुपर्छ भन्ने जुन सामाजिक अभिव्यक्ति हामीसँग छ, त्यसमा समाहित भएर अगाडि जानसक्छु भन्ने सोचेरै म राजनीतिमा आएको हुँ।

तपाईंले भन्नुभएको सोच बदल्ने कुरामा तपाईंको भूमिका कस्तो रहन्छ?
चुनाव जितेर आएपछि म सांसदको रुपमा रहन्छु। त्यसका आधारमा क्रियाशील हुन्छु। जनताका दैनिक कुरालाई सम्बोधन गर्दै नीतिगत रुपमै परिवर्तन गराउनुपर्ने मुद्दाहरुका लागि सरकारलाई झक्झक्याउने काम गर्छु।

त्यस्तै, पार्टीको कार्यकर्ताको रुपमा मेरो अर्को भूमिका पनि हुन्छ, त्यसको आफ्नै काम हुन्छ। दलहरुले पनि आफूहरुलाई विधिसम्मत रुफमा अगाडि बढाउनुपर्छ भन्ने कुरा उठिरहेका छन् र सोहीअनुसार दलहरुले प्रयत्न पनि गरिरहेका छन्। लोकतान्त्रिक सोच र समावेशी सिद्धान्तलाई कसरी स्थापित गर्दै जाने भन्ने बहस हामीमा बल्ल चल्दैछ। बहस नै भर्खर सुरु भएकाले हामी जताततै तनाव, द्वन्द्व र बेमेल जस्तो अवस्था देख्छौं। तर, यसले राज्यलाई परिष्कृत गर्दै अगाडि बढाउनेछ। राज्यलाई परिष्कृत गर्ने सवालमा मैले खेल्नुपर्ने भूमिका खेल्छु।

जनप्रतिनिधिको रुपमा जनताको समस्याहरुका विषयमा मैले निभाउनुपर्ने उत्तरदायित्वका आधारमा म अगाडि बढ्छु।

लोकतान्त्रिक सोच र समावेशी सिद्धान्तलाई कसरी स्थापित गर्दै जाने भन्ने बहस हामीमा बल्ल चल्दैछ। बहस नै भर्खर सुरु भएकाले हामी जताततै तनाव, द्वन्द्व र बेमेल जस्तो अवस्था देख्छौं। तर, यसले राज्यलाई परिष्कृत गर्दै अगाडि बढाउनेछ।

उम्मेदवारको रुपमा तपाईंको खोजी नेकपाले किन गर्‍यो जस्तो लाग्छ?
हिजो खेल्नुभएको भूमिकाका आधारमा रवीन्द्र अधिकारी सबैले मन पराउनुभएको नेता हुनुहुन्थ्यो। स्वभाविक रुपमा हिजो रवीन्द्रले गरेको योगदानलाई कदर गर्दै विद्याको पृष्ठभूमिसँग जोडेर जानुपर्छ भन्ने होला। किनकि, विद्या पनि हिजो एउटा आन्दोनलको नेता हो, राम्रो कार्यकर्ता हो। आन्दोलनलाई योगदान गरेको छ भन्ने कुरालाई मध्यनजर गर्दै पार्टीले निर्णय गर्‍यो भन्ने लाग्छ।

मान्छेहरुले मलाई रवीन्द्रकी श्रीमती भएकाले आइस् भनिरहनुभएको छ। अहिले के कुरा भन्न म धक मान्दिनँ भने- हो म रवीन्द्रकै श्रीमतीको नामबाट आएको छु। तर, कुरा त्यतिमात्रै होइन। मेरो पृष्ठभूमि छ। यद्यपि, आज उठिरहेको प्रश्नलाई म अन्यथा चाहिँ ठान्दिनँ। प्रश्न गर्न पाइन्छ। तर, मेरा भोलिका दिनमा रवीन्द्रका योगदानलाई शिरोधार्य गर्दै मैले नयाँ योजनाहरु निर्माण गर्दै अगाडि बढ्न सकें भने आजका जस्ता प्रश्न भोलि उठ्ने छैनन्।

तसर्थ, रवीन्द्रको श्रीमती हुनुको अतिरिक्त मैले पार्टीमा गरेको योगदान, मेरो इतिहास, मेरो पृष्ठभूमिलाई पनि पार्टीले सम्मान दियो भन्ने लाग्छ।

तपाईं अध्ययन-अध्यापनमा व्यस्त भइरहेको व्यक्ति हुनुहुन्छ। यो चुनाव, राजनीति, दौडधुप, शक्ति संघर्ष जस्ता कुरा तपाईंका कति रुचीका विषय हुन्?
कतिपय कुरा व्यक्तिका स्वभावमा पनि निर्भर रहन्छ। कतिपय कुरा आन्तरिक आवश्यकतामा पनि निर्भर गर्छ। अहिले म मेरो रुची यो हो भन्दिनँ। म सकेसम्म सबैसँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यता राख्छु। राजनिति त अझ सामूहिक काम हो। व्यक्तिगत क्षमताहरुले त्यहाँ भूमिका खेल्नसक्छ तर उपलब्धिहरुमा सामूहिक स्वामित्वको कुरा हुन्छ। त्यसरी लिन सकिएन भने उपलब्धिहरु गुम्छन्। तसर्थ व्यक्तिका स्वभावहरुलाई पनि एकीकृत रुपमा लैजानुपर्छ। त्यसरी नै आफूलाई अगाडि बढाउनुपर्छ भन्ने सोच्छु। कतिपय कुरा भोलिको परिस्थितिले पनि निर्धारण गर्छ।

तपाईंको चुनाव प्रचारप्रसारमा नयाँपन के हुन्छ?
चुनाव प्रचारप्रसारका लागि पार्टीले पूर्ण जिम्मेवारी लिन्छु भनेको छ। नेता तथा कार्यकर्ता अत्यन्त जुझारु हुनुहुन्छ। यो निर्वाचनमा तपाईंलाई जिताउने महत्त्वपूर्ण अभियान हो भनिरहनुभएको छ। सबैमा निर्वाचन जिताउन जिम्मेवारीबोध गर्नुपर्छ भन्ने बुझाइ छ। त्यसैअनुसार पार्टीले योजना बनाएको छ।

हिजो रवीन्द्रले गरेको योगदानलाई कदर गर्दै विद्याको पृष्ठभूमिसँग जोडेर जानुपर्छ भन्ने होला। किनकि, विद्या पनि हिजो एउटा आन्दोनलको नेता हो, राम्रो कार्यकर्ता हो। आन्दोलनलाई योगदान गरेको छ भन्ने कुरालाई मध्यनजर गर्दै पार्टीले निर्णय गर्‍यो भन्ने लाग्छ।

धेरैको टिप्पणी सुनिन्छ कि पार्टीले तपाईंको क्षमताको कदर गर्ने भए पहिल्यै गरिसक्थ्यो। रवीन्द्रको मृत्युपछि मात्रै यस्तो निर्णय लिँदैनथ्यो। के तपाईंलाई खासमै तपाईंको क्षमताको मूल्यांकन गर्न खोजिएको जस्तो लाग्छ? कि, संवेदनाको भोट तान्न मात्रै तपाईंलाई प्रयोग गर्न लागिएको हो?
संवेदनाले होइन, समय र आवश्यकताले मलाई यहाँ उभ्याएको हो। एउटा कुरा के मान्नुस् भने लोकप्रिय नेता बनाउनका लागि परिवारको पनि भूमिका रहन्छ। एउटा व्यक्ति एकदमै क्षमतावान भएर अगाडि बढेको छ भने उसले विभिन्न हिसाबले साथ पाएको हुन्छ। ऊ एक्लै त्यहाँ पुगेको हुँदैन। त्यहाँ परिवारका हरेक सदस्यको भूमिका हुन्छ। त्यसमा त अझ श्रीमतीहरुले आफ्नो सब कुरा छोडेर सहयोग गरेका छन् नि त।

मेरो सन्दर्भमा, म राजनीतिमा थिइनँ। तर, अर्को क्षेत्रमा अब्बल थिएँ नि त। राजनीतिक कार्यकर्ता नभए पनि ममा राजनीतिक चेत त थियो नि। रवीन्द्रजी र म सल्लाह गरेर आफ्नो क्षेत्रमा अब्बल हुने भनेर लागेकै हो। आफू आवद्ध क्षेत्रमा अब्बल हुनुपर्छ भन्ने मान्यता थियो।

हिजो पार्टीलाई लाग्यो होला, विद्याजी 'उता' लाग्नुभएको छ, उतै अब्बल हुनुहुन्छ। यता रवीन्द्रजी राजनीतिमा हुनुहुन्छ, कर्तव्यनिष्ठ भएर लाग्नुभएको छ, ठीकै छ भन्ने लाग्यो होला। तर, आज पार्टीलाई विद्याको हिजोको क्षमता, योगदान बोध भयो होला। विद्या राजनीतिमा आउँदा हुन्छ भन्ने भयो होला।

मलाई पनि के लाग्यो भने हिजो पो रवीन्द्र र मैले जिम्मेवारी बाँडफाँट गरेका थियौं। आज रवीन्द्र हुनुहुन्न। उहाँका कतिपय योजनाहरुलाई पूरा गर्नुपर्ने दायित्व पार्टीको छ, कार्यकर्ताको छ, मेरो पनि छ। यतिबेला मलाई राजनीतिमा आउनुपर्छ भन्ने माग पनि छ। उक्त माग ठीक हुन्छ भन्ने मैले बोध गरें। त्यसैले म सहमत भएर आएको हुँ।

रवीन्द्र अधिकारी र तपाईंको सन्दर्भ अहिलेलाई बिर्सौं। तर, राजनीतिमा एउटा दुःखद प्रवृत्ति देखिन्छ- श्रीमान्‌को मृत्युपछि श्रीमतीले विरासत थाम्ने वा उसको राजनीति सुरुवात हुने। नेपाली राजनीतिमा थुप्रै घटना त्यस्ता छन्। यस्तो प्रवृत्तिप्रति तपाईंको विश्लेषण कस्तो छ?
कुनै पनि व्यक्तिको जीवनमा परिवर्तन वा समाजमै परिवर्तनका लागि मुख्यगरी दुईवटा अवस्था हुन्छ। एउटा प्रक्रिया हुन्छ र अर्को घटना।

श्रीमती भन्दैमा आउनै नहुने त होइन होला। कसैकी श्रीमती भएका कारण नागरिक हुनुको दायित्व पूरा गर्नै नपाउने भन्ने पनि होइन होला। यो एउटा बहसको विषय हो भन्ने लाग्छ। यसको निराकरण आज नहोला तर थुप्रै बहसपछि निष्कर्षमा पुगिन्छ भन्ने लाग्छ। मैले त्यो बहसको एउटा पात्रको रुपमा आफूलाई उभ्याइरहेको छु।

हामीले जनआन्दोलन गर्‍यौं, यो भनेको प्रक्रिया हो। यसले समाजलाई पनि बदलेको छ। व्यक्तिलाई पनि बदलेको छ। व्यक्तिलाई नेताको रुपमा स्थापित गरेको छ। धेरै व्यक्तिहरु आन्दोलनले स्थापित गरेको नेताको रुपमा आज मुखाकृत भइरहेका छन्।

व्यक्तिलाई नेता बनाउने घटनाहरु पनि हुन्छन्।

सबै महिलाहरु श्रीमान्‌को मृत्युपछि राजनीतिमा आएका छन् र? श्रीमान् र श्रीमतीले सँगसँगै काम गरिरहेका छन् तर श्रीमतीले पद पायो भने फलानोकी श्रीमती भन्ने हाम्रो मानसिकता छ। त्यही कुरा पुरुषलाई 'फलानोको श्रीमान्' भन्दैनौं। श्रीमान्‌को मृत्युपछि उसकी श्रीमतीसँग पनि क्षमता छ भन्ने कुरा बोध भयो रे, तर पनि ऊ राजनीतिमा आउने कुरा राम्रै हो नि।

महिलाहरु पनि राजनीतिमा आउनुपर्छ, समावेशी सिद्धान्त लागू गरिनुपर्छ भनिरहँदा महिला राजनीतिमा आउनु राम्रै हो नि। घटनाले पनि नेता जन्माउन सक्छ नि त। श्रीमती भन्दैमा आउनै नहुने त होइन होला। कसैकी श्रीमती भएका कारण नागरिक हुनुको दायित्व पूरा गर्नै नपाउने भन्ने पनि होइन होला। यो एउटा बहसको विषय हो भन्ने लाग्छ। यसको निराकरण आज नहोला तर थुप्रै बहसपछि निष्कर्षमा पुगिन्छ भन्ने लाग्छ। मैले त्यो बहसको एउटा पात्रको रुपमा आफूलाई उभ्याइरहेको छु।

रवीन्द्र अधिकारी लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँको मृत्युपछि तपाईंले चुनाव लड्ने परिस्थिति सिर्जना भएको छ। भोलि पनि मानिसले तपाईंलाई उहाँसँगै तुलना गर्लान्। उहाँको विरासत थाम्न तपाईंलाई कठिन हुँदैन?
यो तीन वर्ष स्वभाविक रुपमा म उहाँको विरासत नै हो। उहाँले बनाएको योजनालाई पूरा गर्नमै म आफूलाई केन्द्रित गर्छु। त्यसैले म छुट्टै धेरै योजना बनाउदिनँ। उहाँले हिजो जुन वचनबद्धता व्यक्त गर्नुभएको छ, त्यसमा टेकेर नै म अगाडि बढ्छु।

मान्छेहरुले मलाई रवीन्द्रकी श्रीमती भएकाले आइस् भनिरहनुभएको छ। अहिले के कुरा भन्न म धक मान्दिनँ भने- हो म रवीन्द्रकै श्रीमतीको नामबाट आएको छु। तर, कुरा त्यतिमात्रै होइन।

सबै मान्छेका आफ्ना क्षमता हुन्छन्। भोलि मैले गर्ने काममा उहाँसँग तुलना होला तर मैले गर्ने काममा जनताको भावनालाई कदर गरेर अगाडि बढ्छु। रवीन्द्रले जनताको भावनाको कदर गरेर अगाडि बढ्नुभयो।

त्यसैकारण पनि मेरो माग बढ्यो। मलाई विद्या मात्रै भनेर माग गरिएको छैन। रवीन्द्रले जनताको भावनाको कदर गर्नुभएको कारण विद्या आइन् भने गर्नसक्छिन् भन्ने छ। म पनि जनता सँगसँगै रहेर अगाडि बढ्छु। तुलनात्मक रुपमा म कहाँसम्म पुग्छु भन्ने कुरा त भोलि नै देखिएला।

रवीन्द्र अधिकारीक कै योजनालाई अगाडि बढाउने भनिहाल्नुभयो। तर, आफैं उम्मेदवार भएका कारण यो चुनावमा तपाईंले देखाउने केही नयाँ मुद्दा पनि त होलान् नि?
हामीसँग थुप्रै सामाजिक मुद्दाहरु छन्। नेपाली समाजलाई बदल्नुपर्ने धेरै पाटा बाँकी छन्। यहाँ सामाजिक विभेदहरु बाँकी छन्। अर्कोतिर, जनताको आधारभूत अधिकार पूरा गर्ने कुरामा राज्यको दायित्व के हो भन्ने छलफलका विषयहरु छन्। त्यसैले मैले हिजो हाम्रो घोषणापत्रमा भएका कुराहरु र जनताको मागहरुलाई सूचीकृत गर्दै अगाडि बढ्छु।

राजनिति त सामूहिक काम हो। व्यक्तिगत क्षमताहरुले त्यहाँ भूमिका खेल्नसक्छ तर उपलब्धिहरुमा सामूहिक स्वामित्वको कुरा हुन्छ। त्यसरी लिन सकिएन भने उपलब्धिहरु गुम्छन्। तसर्थ व्यक्तिका स्वभावहरुलाई पनि एकीकृत रुपमा लैजानुपर्छ।

तपाईंलाई राजनीतिक रुपमा एउटा पुस्ताले चिनेको छैन। तपाईंले सक्रिय राजनीति छोडेपछि जन्मिएको पुस्ता नै अहिले तपाईंको मतदाता भइसके। उनीहरुलाई कसरी आश्वस्त पार्नुहुन्छ?
म पछिल्ला तीनवटै चुनावमा रवीन्द्र सँगसँगै छु। त्यसैले मलाई नचिन्ने भन्ने हुँदैन। तर, हिजो मलाई रवीन्द्रको श्रीमतीको रुपमा चिन्नुहुन्थ्यो होला, आज उम्मेदवार भनेर चिन्नुहुन्छ। अब म उम्मेदवारको रुपमा लगातार जनताकहाँ जान्छु। आफ्नो कुरा भन्छु। आफ्नो कुरा बताउँछु। छलफल गर्छु।

अन्तिममा, कास्कीका जनता, जो तपाईंका मतदाता हुन्। उनीहरुलाई के भन्न चाहनुहुन्छ?
उम्मेदवारको रुपमा आएको छु। हिजो जसरी हाम्रा उम्मेदवारलाई जिम्मेवारी दिएर पठाउनुभएको थियो, मलाई पनि त्यो क्षेत्रमा काम गर्नका लागि, जनतासँग सदैव रहनका लागि मत दिनुहुनेछ र म पनि जनताको मुद्दाहरुलाई सम्बोधन गरेर अगाडि बढ्छु। उहाँहरुका जति पनि मुद्दाहरु छन्, ती म समक्ष राख्न सक्नुहुनेछ। उहाँहरुको सुझावहरु ग्रहण गर्नेछु। उहाँहरु सँगसँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।

(कभरमा भएको विद्या भट्टराईको तस्बिर उनको फेसबुक अकाउन्टबाट लिइएको हो)

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती उनका अनुसार बेलायत, अमेरिका र अस्ट्रेलियाजस्ता देशमा पनि ठूलो विपद्का बेला सयौँ वा हजारौँ शवको पहिचान तत्काल सम्पन्न हुँदैन । त्यहाँ... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्