काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) मन्त्रिपरिषद् बैठकबाट नयाँ प्रदेश प्रमुखहरुको ना सिफारिस, राष्ट्रपति कार्यालयलाई पठाइयो नामावली, नेकपाका वरिष्ठ नेता नेपालको लिखित असहमति
२) पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश, आलमविरुद्धको मुद्दा पनि दर्ता, सर्वस्वसहित जन्मकैदको माग ।
३) अदालतको अन्तरिम आदेश देखाएर चक्रवर्ती नर्सिङ कलेजद्वारा ठगी, दुई वर्षअघि नै सम्बन्धन खारेज भएपनि विद्यार्थी भर्ना, ३० विद्यार्थी परिक्षा दिनबाट वञ्चित ।
४) कप्तान ज्ञानेन्द्रको पहिलो खेलमा नेपालले एमसिसीलाई ५ विकेटले हरायो, विनोदले बनाए अर्धशतक, बलिङमा चम्किए पवन र ललित ।
५) र, भारतले जारी गरेको नयाँ राजनीतिक नक्सा पाकिस्तानद्वारा अस्वीकार, ‘विवादित भूमि’को दर्र्जा भारतले उल्ट्याउन नसक्ने जिकिर, पाकिस्तान नियन्त्रित काश्मीरका हिस्सा पनि भारतको नक्सामा।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।