काठमाडौं- नेपाल र नर्वेबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको छ।
सोमबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री ड्याग इङ्ग उल्स्टेनको उपस्थितिमा आयोग गठन गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारीमा परराष्ट्र मन्त्रालयका युरोप तथा अमेरिका महाशाखा हेर्ने सहसचिव निर्मराज काफ्ले र नेपालका लागि नर्वेका राजदूत लेस बेर्जोन जोहानसेनले समझदारी पत्रमा हस्ताक्षेर गरेका हुन्।
आयोग गठन गर्ने समझदारी पत्रमा हस्ताक्षेर भएसँगै द्विपक्षीय सबै विषयमा नियमित छलफल गर्ने संयन्त्र बनेको छ।
यसअघि दुई मन्त्रीबीच सिंहदरबारमा शिष्टाचार भेटघाट भएको थियो। भेटका क्रममा दुवै पक्षले उर्जा, व्यापार र लगानीका विषयलाई विशेष जोड दिँदै आफ्ना धारणा आदान-प्रदान गरेका थिए।
नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।