काठमाडौं- जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा सांसद पद स्वतः निलम्बनमा पर्ने भएको छ।
सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनको सांसद पद स्वतः निल्मबनमा पर्ने भएको हो।
प्रतिनिधिसभाको नियमावलीमा कुनै पनि सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश अदालतबाट भएपछि उक्त पद स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।
संघीय संसद् सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि महराले सभामुखको पदबाट राजीनमा दिएका थिए।
उनी सम्वद्ध दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख र सांसद दुवै पदबाट राजीनमा दिन निर्देशन दिए पनि महराले सांसदबाट राजीनामा दिन अटेरी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।