काठमाडौं- सरकारले नयाँ प्रदेश प्रमुखहरुको नामावली राष्ट्रपति कार्यालय पठाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातवटै प्रदेश प्रमुखको नाम अनुमोदन गरेको थियो। अनुमोदन गरिएको नाम राष्ट्रपतिकहाँ पठाइएको छ , प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने।
अर्यालका अनुसार प्रदेश प्रमुखहरुले भोलि (मंगलबार) सपथ ग्रहण गर्नेछन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाएको थियो। सोही नामहरुलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो।
७ प्रदेशका लागि पूर्व नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले क्रमशः ४ र ३ स्थानमा भागबण्डा गरेका थिए। विष्णु प्रसाईं, सोमनाथ अधिकारी प्यासी , धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमालेका नेताहरु हुन्। त्यस्तै, अमिक शेरचन, तिकल परियार र शर्मिला पन्त त्रिपाठी पूर्व माओवादीका हुन्।
आइतबार मात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।