धनगढी– धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । शुक्रबार भएको पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चल माथि ९८ रनको सानदार जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित बनाएको हो । शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथि १२ रनको जित हात पारेको छ ।
सेमिफाइनलमा मध्यमाञ्चलले पुर्वाञ्चलसँग प्रतिस्पर्धा गर्ने भएको छ। सुदूरपश्चिमलले एपीएफसँग फाइनल प्रवेशका लागि खेल्नेछ। सेमीफाईनलका दुवै खेल शनिबार फाप्ला क्रिकेट मैदानमा हुनेछन्।
पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पूर्वाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध फराकिलो जित दर्ता गर्दै समुह उपविजेता वन्दै सेमिफाइनल पुगेको छ। टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ३४ रन बनायो। पूर्वाञ्चलका लागि काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिईन्। तेमध्पश्चिमाञ्चलकी अनुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १-१ विकेट लिइन्।
१ सय ३५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मध्यपश्चिमाञ्चलले १९ ओभरमा ३६ रनमै समेटियो । मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो । मध्यपश्चिमालका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खाता समेत खोल्न सकेनन् । मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पूर्वाञ्चलकी कप्तान रुवीना क्षेत्री, अनुपमा चौधरी र संगम तामाङले समान २-२ विकेट लिइन्। खेलको प्लेयर अफ द म्याच पुर्वाञ्चलकी कप्तान रुविना क्षेत्री भइन्।
शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चल सुदूरपश्चिममाथि १२ रनको जित निकाल्दै समूह विजेता वनेर अन्तिम चारमा पुगेको छ। टस जितेर व्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो । मध्यमाञ्चलका लागि सीता श्रेष्ठले २३, अस्मीता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती बिराडीले १४-१४ रनको योगदान दिईन्। दोश्रो विकेटका लागि रोशनी र अस्मिताले २९ रनको साझेदारी गर्दै मध्यमाञ्चलको सम्मानजनक योगफल पुर्याए। सुदूरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुँवर र लक्ष्मी साउदले समान १-१ विकेट लिइन्।
१ सय ६ रनको मध्यम लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोली सुद"रपश्चिमले उत्कृष्ट सुरुवातका बाबजुद हार व्यहोर्न परेको हो। सुदूरपश्चिमलले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउन सक्यो। सुदुरपश्चिमका लागी सुरुवाती खेलाडी कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरेका थिए। कविताले २२ रन बनाइन् भने कप्तान मञ्जुले ८ रन बनाईन्। बलिङमा उत्कृष्ट प्रदर्शन गरेर तेश्रो नम्वरमा व्याटिङ गर्न आएकी कविता जोशीले अविजित रहदै ३९ रन वनाए पनि आफ्नो टिमलाई जिताउन सकिनन्। प्लेयर अफ द म्याच प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सीता श्रेष्ठ भईन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।