• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

टिपनटापन : मोदीको 'महान देश'का स-साना कुरा

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १७, २०७६  १०:२१
1140x725

काठमाडौं- साथीहरूले दसैंको बिदामा भारत जाने योजना बनाए। विदेशी भूमिमा पाइलै नटेको मेरा लागि यो भन्दा खुसी अर्थोक के नै हुन्थ्यो र? उसो त धेरैका लागि जनजीविकासँग जोडिएको र खुला सीमा भएकोले पनि भारतलाई विदेश नमान्ने यहाँ धेरै छन्। 

भारतका कुन-कुन ठाउँ कसरी जाने भन्ने तय गर्न बाँकी नै थियो। केही समयदेखि भ्रमणमा ननिस्केको मैले उपयुक्त अवसर ठानी 'ओके' भन्दिएँ। अन्ततः हामी बीचमा ‘ट्राभल आइटिनरेरी’ बन्यो।

गोरखपुरको गोरखनाथ मन्दिर, पन्जावको ‘गोल्डन टेम्पल’, बागा बोर्डर, सिख समुदायको सभ्यता झल्काउने केही संग्राहलय र पछिल्लो समय चर्चामा रहेको जम्मू-काश्मीर राज्यको वैष्णोदेवी मन्दिर हाम्रो यात्रा तालिकामा समावेश भए।

काठमाडौंलगायत पूरा देश नै दसैंको माहोलमा थियो। यता हामी भने ६ जनाको टोलीसहित १९ असोजको बिहानै छिमेकी मुलुक भारतको यात्रामा निस्कियौं।

कपिलवस्तुको तौलिहवा छाडेको करिब डेढ घन्टामै ‘बुक’ गरिएको हाम्रो गाडी खुना बोर्डर पुग्यो, जुन नेपालको कपिलवस्तु र भारतको सिद्धार्थनगर जिल्ला जोड्ने सीमा हो।

खुना बोर्डरले कौतुहलताको भुइँचालो ल्याइदियो। किनकि विदेशी भूमिमा पहिलोपटक पाइल टेक्दै थिएँ म। पहिलोपटक भारतीय भूमिमा स्पर्श गर्दाको अनुभव मेरा लागि भिरालो नदीको बेगवान पानी जस्तै रह्यो। बेगवान पानीले ढुंगामा बजारिँदै निमेषभरका लागि उचाइ लिन्छ र फेरि आफ्नो गर्भमा पुग्छ।

ठिक उसैगरी उत्सुकताको उछाल खुना बोर्डर असापासको भारतीय क्षेत्रमा थुपारिएको फोहोर र हालत बिग्रिएको सडकले खोंचमै पुग्यो। तर, केही बेरमै देखिएको चिल्लो, फराकिलो सडकले त्यस्तो अवस्था लामो समयसम्म रहेन। त्यहाँका जनताको समाजिक/आर्थिक अवस्था केही क्षणलाई चटक्कै बिर्सिने हो भने चिल्ला, फराकिला सडकले ‘विकसित भारत’को अनुहार देखाउँथे।

पन्जावका तत्कालीन महाराजा रणजित सिंहको पूर्णकदको सालिक।

गोरखपुरको ढावा, बिहारको रेल
भारत बसाइका ६ दिनमा त्यहाँका अधिकांश ढावाबारे हामीमा राम्रै छाप बसेको थियो। तर, त्यो छाप गोरखपुरको ढावाले धुमिल पारिदियो।

Ncell 2
Ncell 2
nimb
nimb

खाना खाइवरी गोरखपुरबाट रेलको यात्रा अमृतसरका लागि गर्ने सोचले रेलस्टेसन अघिको ढावामा छिरेको हाम्रो मन त्यो बेला खिन्न बन्यो, जुनबेला हामीलाई सादा थाली भनेर बासी भात दिइयो। हामीमध्ये कसैले त्यो भात खान सकेनौं। पेट भर्नै पर्ने बाध्यता थियो। साधा थालीमा पाइने रोटीले काम चलायौं।

रोटीमा पनि नडढेको भाग २ तिहाइ बढी थियो। हामीले मगाएको शाही पनिरले पनि 'शाही' शब्दकै साख जोगाउन सकेन।

‘खाना भनेर जे पनि दिने? अबदेखि पैसा लिए अनुसारको सेवा दिनू,’ ढावाका साहुसँग मुर्मुरिँदै हामी निस्कियौं। गोरखपुरका सबै ढावा त्यस्तै खराब छैनन् होला। सबैको मानसिकता ठग पनि होइन होला। तर, हामीमा ‘यहाँका मान्छे नै खराब’ भन्ने छाप पर्‍यो। त्यतिबेलै मैले नेपाल सम्झिएँ। हाम्रा होटल र आतिथ्य सत्कारका शैली सम्झिएँ।

पर्यटन उद्योगमा केही गर्न सक्ने र ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउन गइरहेका हामी नेपालीको विदेशीका नजरमा त्यस्तै खराब 'इमेज' बन्नबाट जोगिन गर्नुपर्ने कामका सूची सम्झिएँ।

गोरखपुरको ढावापछि बिहारबाट आएको रेलले पनि उस्तै नकरात्मक छाप छाडेर गयो। बिहारको काटिहार सहरबाट छुटेको रेललाई हामीले गोरखपुर स्टेसनमा पकड्यौं। यात्रामा निस्कनु ३ महिनाअघि टिकट बुक गरेका थियौं, यात्रा असजिलो नहोस् भनेर। आखिर, जे नहोस् भन्ने सोचिएको थियो, त्यही भयो।

अमृतसर बजारमा देखिएको चहलपहल।

‘स्लिपर क्लास’को टिकट लिएका हामीलाई सुत्नै धौ-धौ भयो। रेल यातायाताको नियमअनुसार टिकट लिएका बाहेक अरु कोही पनि छिर्न मनाही हुन्छ। तर, त्यहाँ उल्टो रहेछ। ‘जनरल क्लास’को टिकट लिएर स्लिपर क्लासमा छिरेकाहरूले हामीलाई राम्रोसँग बस्नै दिएनन्।

‘एकैछिन अडेस लाग्छु’ भनेर बसेकी महिलाले सिटनै आफ्नै नामको जसरी झगडा गर्न लागिन्। ‘पेलपाल र ठेलठाल’ त्यहाँको संस्कारै हो कि भन्ने नमिठो छाप मानसपटलमा पर्‍यो।

टिकटनै लिएकाले जसोतसो आफ्नो सिटमा गएर राति सुत्न भने पाइयो। तर, रेलको कोलियामा ठेलमठेल गरी सुतिरहेका भारतीय यात्रु देख्दा उत्तर प्रदेशमा जनसंख्या र गरिबी उस्तै रहेको भान हुन्थ्यो।

पन्जावप्रान्त नछिरुन्जेल यो उपक्रम रोकिएन।

रेलको भोगाइ बिहार र बिहारीप्रतिको हाम्रो ‘स्टिरियोटाइप’ ओकल्न काफी भयो। अनि आग्रहपूर्ण हुँदै यात्रामा रहेका हामी सबैले सामान्य शैलीमै निष्कर्ष निकाल्यौं- बिहारी त यस्ता... बिहारी त उस्ता...। उसो त यात्राको समय छिचोल्न यो हाम्रा लागि खुराक समेत बन्यो। भारतमै गएर भारतकै 'कुरा काट्नु' भाषाका कारण पनि हामीलाई सहज थियो। किनकि हिन्दी भाषा जेनतेन बुझ्ने हामीले नेपालीमा बोल्दा हाम्रो आडैमा रहेका भारतीयहरु भने मुखामुख गरिरहेका देखिन्थे।

फौजीकृत मन्दिर
जाति, धर्मका नाममा द्वन्द्व भोग्नु नपरेका हामीलाई मन्दिर जस्ता ठाउँमा हतियारले सुसज्जित सैन्य डफ्फा देख्दा अच्चमित परिँदो रै’छ। त्यस्तै अच्चिमत पार्ने दृश्य देखिए घुमघामका दौरान।

गोरखपुरको गोरखनाथ मन्दिर परिसर र भित्रैसम्म देखिएका हतियारधारी डफ्फाबाट चकित भएका हामी गोल्डन टेम्पल हुँदै वैष्णोदेवी मन्दिरको यात्रासम्म पुग्दा पनि दृश्य फेरिएन।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ मठाधीश रहेको मन्दिर हो- गोरखनाथ, जहाँ नेपालका राजपरिवारका सदस्य पूजापाठका लागि जाने गर्थे। त्यो क्रमलाई अझै टुट्न दिएका छैनन्, राजाबाट आम नागरिक सरह भएका ज्ञानेन्द्र शाहले। उनी हरेक वर्ष गोरखनाथमा पूजा गर्न गएकै सुनिन्छ।

गोल्डन टेम्पल नजिकै बिक्रीका लागि राखिएका तरबार र भाला।

‘हिन्दू अति राष्ट्रवाद’का प्रवर्तक मानिएका योगी आदित्यनाथले मन्दिर र आफ्नो सुरक्षाका लागि जोरजाम गरेका सुरक्षाकर्मी नियाल्दा गोरखनाथ मन्दिर नभई कुनै सैन्य क्याम्प हो जस्तो भान हुन्थ्यो।

शिखहरूको ‘अति पवित्र स्थल’ गुरद्वारा अर्थात् गोल्डन टेम्पल पुग्दाको अनुभव पनि गोरखनाथको भन्दा पृथक रहेन। धर्मका नाममा बेला-बेलामा ठूला दंगाफसादमा फसेको भारतका लागि सायद त्यो सुरक्षा कवच पनि हुन सक्ला। तर, भाला र तरबार बोकेर हिँडिरहेका शिख स्वयंसेवक देख्दा हामीलाई चाहिँ ननिको लाग्यो।

हुन त त्यो अनुशासन पनि होला तर स्वचालित हतियारसहित मन्दिरको मूल गेटमै तैनाथ फौजी भ्यान र गोल्डन टेम्पललाई आफूमा कैद गर्न सेल्फी खिच्न लालायितहरूलाई भाला र तरबारधारीले धम्काउँदा श्रद्धाभन्दा बढी त्रास पैदा हुँदोरहेछ।

गोल्डन टेम्पलमा पाइने प्रसाद खान बसेका बेला राहुलले जिस्काउँदै भन्यो- 'प्रसाद पूरै खाइनसके भाला खाइएला है।'

जवाफमा मधुरो स्वरमा आवाज मिसाएँ- 'भाला खानु भन्दा प्रसादै खाऔं।'

हाम्रो कथनमा व्यंग्य त थियो नै, त्योभन्दा बढी त्रास थियो। जम्मू-काश्मीरको वैष्णोदेवी पनि सुरक्षा डफ्फाको नियन्त्रणभन्दा बाहिर थिएन।

धर्मकै नाममा विभाजन भोगेको भारतका आफ्नै दुःख र तर्क होलान् यसमा। तर, हामी नेपालीलाई लाग्ने- कमसेकम धर्मका नाममा त लडेका छैनौं।

बागा बोर्डर : भारत-पाकिस्तानको फरक अनुहार
विश्वसँगसँगै छिमेकी हुनाका नाताले हामी पनि परिचित छौं कि भारत र पाकिस्तान सदाबहार दुश्मन हुन्, लड्नु र भिड्नु उनीहरूबीच ‘नियमित आकस्मिकता’ जस्तै हो।

तर, बागा बोर्डर पुग्नेहरूलाई भारत-पाकिस्तानको फरक अनुहार नियाल्ने अवसर मिल्छ।

हामी अमृतसरबाट बागा बोर्डर पुग्दा भारतले काश्मीरमाथि चालेको कदमलाई लिएर दुई देश ‘शीत युद्ध’मा थिए। बेला-बेलामा सैन्य कारबाहीमा पनि उत्रिरहेका थिए उनीहरू। दुश्मनीको चरममा पुग्दा पनि बागा बोर्डरको संयुक्त सैन्य परेड भने नरोकिने रहेछ।

बागा बोर्डरमा परेडका क्रममा भारत-पाकिस्तानका सेना।

सन् १९५९ देखि नियमित चलिरहेको यो परेड हेर्न हरेक दिन साँझ ५ बजे अटारी-बार्गा बोर्डर पुग्दा रहेछन्। त्यही भीडमा मिसिएर गएका हामीले देख्यौं- भारतीय सीमा सुरक्षा बल (बिएसएफ) र पाकिस्तानी पारा मिलिटेरी फोर्स (पाकिस्तान रेन्जरर्स)बीचको भातृत्व।

दुवै देशका झण्डा सम्भव भएसम्मको उचाइमा उचालिने समारोहमा दुवै देशका नागरिकको तालीको गडगडाहटसँगै आफ्नो सैन्य कला देखाउने रहेछन्। 

गत फेब्रअरीमा भएको 'पुलवा आक्रमण'पछि भारतले पाकिस्तानमाथि गरेको हवाई सैन्य हमला क्रममा ६० घन्टा पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय ‘विङ्ग कमान्डर’ अभिनन्दन वर्तमान यही नाकाबाट भारत फिर्ता गरिएकाले पनि अमृतसर पुगेका बेला त्यहाँ जाने रहर ममा जागेको थियो।

अमृतसरका प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक रहेछ बागा बोर्डर। भारत र पाकिस्तानका नागरिक त त्यहाँ जाने भइनै हाले, दुई शत्रु राष्ट्रका सैन्य जत्थाले अंकमाल गरिरहेको छुटाउन कुनै पनि विदेशीको मनले मान्दो रहेनछ।

बागा बोर्डरमा सैन्य परेड हेर्न भारततर्फको रंगशालामा उपस्थित दर्शक।

जेहोस्, दुई देशबीच गोलाबारी चलिरहेका बेला बन्द गेट खोलेर दवै फक्षका फौजबीच हुने अंकमालले बताउँछ- भातृत्व पूरै सकिएको छैन, मानवीयता र प्रेमको धागोले नै शान्ति ल्याउन सकिन्छ।

सभ्यताप्रति सचेत शिख 
पन्जावका ठूल-ठूला फाँट र कृषिकर्मबाट पन्जावीहरूले प्रशिद्धि कमाएका छन्। संकटका बेला पूरै भारतीयलाई खान खुवाउन सक्नेगरी उब्जनी भएको पन्जाव शिख सुदायको केन्द्र पनि हो।

इतिहासमा भोगेका दुःख, पीडा र अपमानमा टेकेर आफ्नो गौरव गाउन सक्ने शिख समुदायलाई मान्नै पर्छ।

सन् १९७० तिर शिख गुरु रामदासले स्थापना गरेको अमृतसर अहिले पन्जावको मुख्य पर्यटकीय क्षेत्र बन्न पुगेको छ।

गोल्डन टेम्पलअघि शिख समुदायका युवाहरु।

शिखहरूको आस्थाको केन्द्र हो, गोल्डन टेम्पल। र अमृतसर पुग्ने धेरेको चाहना हुँदोरहेछ त्यही केन्द्रमा पाइला राख्ने। त्यहाँको सरसफाइ, व्यवस्थापन र प्रसाद खुवाउन चलाइएको मेस गोल्डन टेम्पलमा सुगन्ध थपिदिने चिज रहेछन्।

हामी गोल्डन टेम्पल घुमेर फर्किएको केही दिनमै त्यहाँ ९० देशका राजदूतहरू भेला भए। भारतीय सांस्कृतिक सम्बन्ध परिषद र गोल्डन टेम्पलले लगेको उक्त टोलीमा भारतका लागि नेपालका राजदूत निलाम्बर आर्चाय पनि सहभागी थिए।

गोल्डन टेम्पल मात्रै होइन, आफ्नो पुर्खाले बगाएको रगतको सम्मानस्वरुप शिखहरूले जालीयानवाला बाघ, गुरुके महल, पार्टिसन म्युजियम, महाराजा रणजित सिंह जस्ता ऐतिहासिक सम्पदाहरू बनाएका छन्। ती ऐतिहासिक सम्पदाले शिखहरूको सभ्यता र संघर्ष त बताउँछन् नै, लाखौं पर्यटकलाई पनि आकर्षित पनि गर्छन्।

गुरु गोविन्द सिंहको सम्मानमा मनाइने ‘बैसाकी’ पर्व मनाउन शान्तिपूर्वक रुपमा निस्किएका शिखहरूमाथि बेलायती फौजले मच्चाएको नरसंहारको सम्झनामा बनाइएको सार्वजनिक बगैंचा हो, जालीयानवाला बाघ।

जालीयानवाला बाघ। सेतो घेराभित्र भारत-पाकिस्तान विभाजनका बेला चलेका गोलीका छर्रा।

सन् १९४७ मा भारतले भोगेको विभाजनका पीडित, सहिद र जिउँदा सहिदहरूको सम्झनामा बनाइएको पार्टिसन म्युजियमले पनि शिखहरूको विरताको गाथा गाउँछ। यसरी शिखहरूले आफ्नो सम्मान र पुर्खाहरूको योगदानमा अभिमान गर्न जानेको पाइयो।

धार्मिक पर्यटनको नमूना
ठूलो तहमा उत्पादन गर्नसक्ने उद्योग भएको र स्थापना गर्नसक्ने क्षमता राख्ने भारतले धार्मिक पर्यटनलाई पनि कत्तिको महत्व दिएको छ भन्ने बुझ्न जम्मू-काश्मीरको वैष्णोदेवी मन्दिर घुम्दा काफी हुनेरहेछ।

धार्मिक आस्थाभन्दा पनि भारत बुझ्न घुम्न चाहेको म जस्ताका लागि पनि वैष्णोदेवीको यात्रा फलदायी रह्यो। कट्रा आधार शिविरबाट ५ हजार २ सय फिटको उचाइमा रहेको वैष्णोदेवी पुग्न १२ किलामिटर पदयात्रा पार गर्नुपर्ने रहेछ।

१२ किलोमिटर दूरीको यो पदयात्रामा भारतले गरेको विकास लोभलाग्दो रहेछ। पदयात्राभर तीर्थयात्रीको सुरक्षाका लागि जस्ता पाताले ढाकेर बनाइएको कभर, निकै भिरालो पहाडमा बनाइएको फराकिलो बाटोमा हिँड्दा उकालो चढेको पत्तै भएन।

साँझका समयमा चमचमाउँदो गोल्डन टेम्पल।

त्यसमाथि पदयात्राभर बज्ने विभिन्न थरि संगीत, ठाउँ-ठाउँमा रहेका कफी-सप, चिसो, तातो पानीको व्यवस्था भएको ‘वाटर प्वाइन्ट’ले यात्रीलाई सहजता थपिदिने रहेछ।

पदमार्गमा ठाउँ-ठाउँमा पसलहरू राख्नेले त रोजगारी पाएकै छन्, घोडा र पिठ्युँमा यात्रीलाई मन्दिरसम्म पुर्‍याउने धेरै काश्मीरीहरूले पनि रोजीरोटीको जोहो यसैबाट गरेको पाइयो। चाँडै मन्दिर दर्शन गरेर फर्किन चाहनेहरूका लागि बनाएको एकछिन खाली नहुने हेली प्याडले बताउँछ, त्यहाँ दर्शन गर्न पुग्नेहरूको घनत्व।

तीर्थयात्रीको सुरक्षा र सुविधाका लागि भारतले गरेको व्यवस्था हेर्नलायक देखियो, जुन नेपालले पनि सिक्न सक्छ। नेपालमा पनि त्यस्तै धेरै धार्मिक स्थलहरू छन्, जहाँ पुग्न त्यस्तै पदमार्गको विकास गरेर यात्रालाई सहज बनाउनुका साथै धेरैका लागि रोजगारी श्रृजना गर्न सकिन्छ।

'तत्काल ठूला उद्योग स्थापनाको सम्भावना नरहेको' नेपालजस्तो देशका लागि पर्यटननै आयको ठूलो स्रोत हो। त्यसमाथि धार्मिक पर्यटनबाट लाभ लिनसक्ने धेरै क्षेत्र रहेको नेपालले यसबाट लाभ लिन पछि पर्नुहुन्न भन्नेमा हामी सबैमा एकमत बन्यो।

र, अन्तिमको नमिठो अनुभव
यात्राको टुंगोतिर पुग्न आँटेका हामीसामु वैष्णोदेवी मन्दिरको भ्रमणपछि बाँकी रहेको दुई दिन सदुपयोग गर्नु थियो। जम्मूका पर्यटकीय स्थलहरू पत्नीटप, मनसार, सुरिनसार ताल लगायतका क्षेत्रमा घुमेर ‘ट्रान्जिट टाइम’ कटाउने मेसो मिलायौं।

स्थानीय ट्राभल एजेन्सीले हामीलाई ९ हजारको प्याकेजमा घुमाउने भयो। ट्याक्सीमार्फत् हामीले भनेका क्षेत्र घुम्ने व्यवस्था एजेन्सीले मिलाइदियो।

तर, ट्याक्सी चालक अफ्ठेरा रहेछन्। उनको 'किचकिचे' व्यवहारले कट्राका मान्छेको सहयोगी र मिजासिलो स्वभाव बिर्साइदियो। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का कट्टर समर्थक उनलाई सायद ट्राभल एजेन्सीले दिएको पैसाप्रति चित्त बुझेको थिएन होला।

त्यो हामीबाट उठाउन उनले जबरजस्ती ९ किलोमिटर सुरुङ मार्ग घुमाए। तर, त्यसवावत उनले १ हजार ५ सय भारतीय रुपैयाँ लिइछाडे। हामीले ठानेका थियौं- टनेल पार गर्ने बित्तिकै कुनै घुम्नलायक ठाउँ पुर्‍याउँछन् । तर, त्यहाँ केही पनि रै’नछ।

बेफ्वाँकमा १५ सय तिर्नुपरेपछि ट्याक्सी चालकले हामीलाई ठगेको थाहा पाइहाल्यौं। साथीहरू ती ट्याक्सी चालकप्रति जंगिए।

नेपाल फर्किनै आँटेका हामीलाई उनले रेल भेट्टाउन जम्मू स्टेसन पुर्‍याइदिनु पर्थ्यो। उनले फेरि आफ्नो उस्तै व्यवहार देखाइहाले। उनले साथीले गाडीमा राखेको स्वेटर नै उडाइदिएछन्।

ती ट्याक्सी चालकको त्यस्तो व्यवहारबाट दिक्दारी भएका साथीले भने- काश्मीरीहरू फटाहा हुने रहेछन्, स्विटरसमेत बाँकी राखेनन्।

एउटा खराब ट्याक्सी चालकका कारण उनको 'इमेज' समग्र काश्मीरीप्रति नकरात्मक बन्यो।

उसो त सबै काश्मीरी खराब थिएनन्। तर, त्यति सुन्दर ठाउँ र मान्छे एकजना ट्याक्सी चालकका कारण बदनाम भइरहेका थिए।

त्यतिनै बेला काठमाडौंका ट्याक्सी चालक सम्झिएँ।

‘उनीहरू विदेशीसामु कस्तो व्यवहार देखाउँदा हुन्?,’ मनमा अत्यासलाग्दो कौतूहलता भइरह्यो, ‘हामी नेपालीप्रति कस्तो इमेज बनाएर फर्किँदा हुन्, विदेशी?’

सहिदको संझनामा चौबीसै घन्टा प्रज्ज्वलित भइरहने अमर ज्योति। 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  १०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्