नयाँ दिल्ली (एजेन्सी)– दक्षिण अफ्रिकामा व्याटले सवैलाई मन्त्रमुग्ध पारेका भारतीय कप्तान विराट कोहलीको व्याटिङको यतिबेला खुब चर्चा भइरहेको छ। यही चर्चाका बीच अस्ट्रेलियाली कप्तान स्टिभ स्मिथले पनि विराटको व्याटिङको तारिफ गरेका छन्।
दक्षिण अफ्रिकी भ्रमणमा विराटले टेस्ट र एकदिवसीय शृंखलामा सम्झनलायक व्याटिङ गरेका थिए। मैदानमा विराट र स्मिथ एकअर्काका प्रतिस्पर्धी हुन्। तर, अस्ट्रेलियाली कप्तानले पहिलो पल्ट विराटबाट प्रेरित भएर राम्रो व्याटिङ गर्ने प्रयास गरेको स्विकारेका छन्। अस्ट्रेलियाको मिडियालाई अन्तर्वार्ता दिने क्रममा उनले भने, ‘म विश्वको सर्वोत्कृष्ट खेलाडीलाई हेरेर कहिले काही उनीहरू जस्तै व्याटिङ गर्न खोज्छुँ।’


मैदान बाहिर विराट र स्मिथको सम्बन्ध निकै राम्रो छ। मैदानभित्र भने उनीहरू एक–आपसमा विवादमा अल्झिने गरेका छन्। उनले विराट जुन प्रकारले स्पिन र तीब्र बलरलाई अफ साइडमा खेल्छन्, त्यो आफूले सिक्न खोजेको बताए।
स्मिथले गत वर्ष भारतमा ४ टेस्टमा ७१ दशमलव २८ को औसतले ४ सय ९९ रन बनाएका थिए। जसमा तीन वटा सतक समावेश थियो। उनले विराट मात्र नभएर एबी डीभिलियर्सको व्याटिङबाट पनि सिक्न चाहेको बताए। उनले रिभर्स बललाई खेल्ने डीभिलयर्सको कला आफूलाई खुब मन पर्ने बताए। स्मिथले न्युजिल्यान्डका केन विलियम्सनको व्याटिङबाट पनि आफूले सिक्न खाजेको बताए। उनका अनुसार व्याटिङ गर्दा विलियम्सनसँग धेरै समय बाँकी हुन्छ। विलियम्सन अन्तिम समयसम्म बललाई आँखाको नियन्त्रणमा राख्ने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।