काठमाडौं- सरकारले राष्ट्रिय क्रिकेट टिमलाई आज नगदसहित सम्मान गर्ने भएको छ।
प्रधानमन्त्री केपी ओलीले आज बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मानसहित सरकारका तर्फबाट प्रतिखेलाडी ३ लाख रुपैयाँ दिन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्न शनिबार जिम्बावे प्रस्थान गर्दैछ। गत साता नेपाली टिम डिभिजन–२ मा उपविजेता हुँदै विश्वकप छनोट प्रतियोगिताका लागि छानिएको थियो।
गत सोमबार प्रधानमन्त्री ओलीले नेपाली टिमका सदस्यलाई सरकारी निवास बालुवाटार बोलाएर बधाइ दिनुका साथै नगद पुरस्कार दिने घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।