म्युनिख– युरोपा लिगमा इटालिएन क्लब नापोली र स्कटिस क्लब सेल्टिक बाहिरिएका छन्। यता जर्मन क्लब बोरुसिया डर्टमुन्ड र स्पेनिस क्लब एट्लेटिको म्याड्रिड अन्तिम १६ मा प्रवेश गरेका छन्।
नापोलीलाई जर्मन क्लब आरबी लेइपजिगले अवे गोलमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। पहिलो लेग ३–१ ले जितेको लेइपजिग दोस्रो लेगमा २–० ले पराजित हुनुका बाबजुद अन्तिम १६ मा पुगेको हो। लेइपजिगले पहिलो लेगमा नापोलीलाई उसकैको घरेलु मैदानमा ३ गोल गरेको फाइदा उठाएको हो।
यता स्कटिस क्लब सेल्टिकलाई रसियन क्लब सेन्ट जेनिथ पिटर्सवगले समग्रमा ३–१ ले पारजित गरेको हो। जेनिथले दोस्रो खेलमा ३–० को जित हात परेको हो। यद्यपी पहिलो लेगमा सेल्टिक १–० ले विजयी भएको थियो।
स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले डेनिस क्लब एफसी कोपनहगेनलाई ५–१ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गर्यो। पहिले लेगमा ४–१ को जित निकालेको एट्लेटिको दोस्रो लेगमा १–० ले विजयी भयो।
जर्मन क्लब बोरुसिया डर्टमुन्डले इटालियन क्लब एटलान्टालाई समग्रमा ४–३ले पराजित गर्दै अघिल्लो चरणमा स्थान पक्का गर्यो। पहिले लेगमा ३–२ जितेको डर्टमुन्डले दोस्रो लेगमा १–१ को बराबरीमा रोकिएपनि अन्तिम १६ मा प्रवेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।