लन्डन– इंग्लिस क्लब आर्सनल हारका बाबजुद युरोपा लिगको अन्तिम १६ पुगेको छ। आर्सनल युरोपा लिगको अन्तिम ३२ को दोस्रो लेगमा स्विडिस क्लब ओस्टेरसाउन्ड एफकेसँग २–१ गोलले पराजित गरेको हो।
यद्यपी आर्सनलले समग्रमा ४–२ को जित निकाल्यो। पहिले लेगमा ३–० गोलको जित निकालेकाले आर्सनल दोस्रो लेगमा पराजित भएपछि अन्तिम १६ मा पुगेको हो।
घरेलु मैदानमा आर्सनललाई पराजित गर्ने क्रममा ओस्टेरसाउन्डका एइसले २२ र सेमानले २३ मिनेटमा गोल गरेका थिए। आर्सनलका कोलासिएनेकले ४७ मिनेटमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।