म्याड्रिड– स्पेनिस लिगाको साविक विजेता रियल म्याड्रिड अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। रियल बुधबार राति भएको खेलमा लेगानेसलाई ३–१ गोलले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो।
खेलको छैटौं मिनेटमा लेगानेसका बुस्टिन्जाले गोल गरेर आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए। तर रियलका लागि भाज्क्युले ११ मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले २९ मिनेटमा रियललाई अग्रता दिलाएका थिए। खेलको अन्तिम मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत तेस्रो गोल गरेका थिए।
लिगमा २४ चरणको खेल सकिदा शीर्ष स्थानको बार्सिलोनाको ६२ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ५५ अंक छ भने तेस्रो स्थानमा उक्लिएको रियलले ४८ अंक बटुलेको छ। ४६ अंक जोडेको भ्यालेन्सिया चौथो स्थानमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।