• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

संसदमा नवीना : तामाङ फिल्मकी अभिनेत्री, विद्यार्थी नेतृ

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ११, २०७४  ०३:५९
1140x725

गत आइतबार लञ्चका लागि बबरमहलस्थित एउटा रेस्टुरेन्ट पुगेकी नवीना लामाको ध्यान एक्कासी एउटा कपडा पसलतर्फ मोडियो। उनले आफूले छानेको ‘लेनिन ब्रान्ड’को खाकी रंगको कपडा देखाउँदै राय मागिन्, ‘यसको सुट सिलाउँदा कस्तो होला?’

कपडा पसलेले सबैलाई उछिन्दै प्रतिक्रिया दिए, ‘बढिया छ, गर्मीमा पनि शीतल दिन्छ।’

नवीनाले व्यापारीको कुरामा खासै चासो दिइनन्। कपडा छान्नुको कारण खुलाउँदै भनिन्, ‘अबको केही दिनमा प्रतिनिधिसभाको बैठक सुरु हुँदै छ। म त विद्यार्थी राजनीतिबाट आएको मान्छे, पहिले–पहिले जसरी हिँड्दा पनि हुन्थ्यो। तर, अब त सांसद जस्तो देखिने कपडा लगाउनु परेन?’ 

उनले कपडा छान्ने क्रम बीचैमा रोकिन्। सबैसँग लञ्चमा कुराकानी गर्ने भन्दै फेरि रेस्टुरेन्टतर्फ मोडिइन्।

गफैगफको बीच मैले ठट्टा गरेँ, ‘कपडा विद्यार्थीको जस्तो नभएर हिरोइनको जस्तो पर्ला नि!’ 

यति मात्र के भनेको थिएँ, नवीना एकछिन अतीतमा हराइन्। मुसुक्क हाँस्दै भनिन्, ‘पुरानो कुरा अझै सम्झिरहनुभएको छ है।’

केही वर्षअघि मैले नवीना लामा विद्यार्थी राजनीतिमा हुँदा एउटा संवाद गरेको थिएँ। त्यो संवाद राजनीतिको विषयमा नभएर उनको अभिनय–यात्राबारे थियो। 

त्यो समय उनी नेकपा एमाले निकट विद्यार्थी संगठनमा आबद्ध त थिइन्। तर, अहिले जस्तो चर्चा थिएन। त्यसैले तामाङ समुदायका फिल्मकर्मीले मलाई उनको परिचय गराएका थिए, हिरोइनका रुपमा। 

Ncell 2
Ncell 2
nimb
nimb

२०५९ सालमा उनी अभिनीत तामाङ फिल्म ‘म्हेन्दोला’ रिलिज भएको थियो। तामाङ समुदायमा हिट उनको फिल्म काठमाडौंका बालाजु, स्वयम्भू, बौद्ध र काठमाडौं बाहिर हेटौंडा र निजगढका हलमा चलेको थियो।

फिल्ममा अभिनय गर्दा उनी अनेरास्ववियु काभ्रेको क्षेत्रीय कमिटी सदस्य थिइन्। तर, मेरो भेट उनीसँग अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदा भएको थियो। 

फिल्म खेल्नुपूर्व नै उनको राजनीतिक यात्रा सुरु भइसकेको थियो। तर पनि दाइ नाता पर्नेको फिल्म भएकाले उनले नाइँ भन्न सकिनन्। 

‘परिवर्तनका लागि राजनीति जरुरी छ’ भन्ने बुझिसकेकी नवीनाले त्यही एउटा फिल्मपछि आफ्नो गन्तव्य फिल्मभन्दा राजनीतिलाई नै बनाइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नवीना १२ वर्षको उमेरमा काभ्रेको मादनकुँडारीस्थित महेन्द्र माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य भइसकेकी थिइन्। यसपछि विद्यालयको अनेरास्ववियु अध्यक्ष, क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै अखिलको शीर्ष नेतृत्व सम्हाल्न पुगेकी हुन्।

पुरानो कुरा सम्झँदै उनले भनिन्, ‘म नबसेको अनेरास्ववियुको कुनै कमिटी नै छैन।’ 

एसएलसीको अध्ययन पूरा भएपछि उनलाई वन विज्ञान पढ्ने ठूलो धोको रहेछ। यसका लागि उनले पोखरा पुगेर प्रवेश परीक्षा पनि दिएकी थिइन्। तर, नाम निस्किएन। त्यसपछि उनी काठमाडौंको बानेश्वर क्याम्पसमा भर्ना भइन्। राजनीतिक आबद्धता र सक्रियता छँदै थियो, यसलाई अझ तीव्र बनाइन्।

‘बानेश्वरस्थित संसद् भवनको बाटो ओहोरदोहोर गर्दा कहिले यो ठाउँमा प्रवेश गर्न सकिन्छ होला जस्तो लाग्थ्यो’, विगत सम्झँदै उनले भनिन्। 

विद्यार्थी जीवनमा उनले कहिल्यै सांसद बन्छु भन्ने लक्ष्य बनाइनन्। तर, उनलाई थाहा थियो– खुड्किलो त चढ्नैपर्छ! त्यही अनुसार उनको खटाइ पनि हुन्थ्यो। 

भन्छिन्, ‘सिँढी चढ्दै गयो भने टपमा त पुगिन्छ नै। मेरो मान्यता पनि यो भन्दा फरक छैन।’ 

अनेरास्ववियुमा कार्यरत रहँदा थप माथि चढ्ने सिँढी अर्थात् अध्यक्ष भइसकेपछि उनलाई पार्टी राजनीतिमा अगाडि बढ्नुपर्छ भन्ने लागेको रहेछ। त्यतिबेला पनि उनले सांसद बन्ने कल्पना गरेकी थिइनन्। 

यहीबीच चुनाव आयो। उनलाई पनि लागेछ– वर्षौंदेखि पार्टीभित्र निर्वाचित भइरहेँ। जनतामा एकपल्ट ‘टेस्ट’ किन नगर्ने?

यसैले उनले काभ्रे–१ बाट प्रत्यक्षमा प्रतिनिधिसभा सदस्य लड्ने आकांक्षा पार्टी नेतृत्वसमक्ष दर्शाइन्। वाम एकता, भागबन्डा लगायतका कुराले प्रत्यक्षमा उनले टिकट त पाउन सकिनन्। तर, महिला, आदिवासी जनजाति कोटाबाट उनी सांसद बनिन्। 

केही दिनअघि प्रतिनिधिसभा सदस्यका रुपमा प्रमाणपत्र ग्रहण गरेपछि उनलाई चिन्नेहरू भन्न थालिसकेका छन्, ‘माननीयज्यू।’ तर, उनी आफूलाई भने माननीय भएको अनुभूति छैन।    

‘कुनै पनि पद निर्वाचनबाट पाएपछि मात्रै जिम्मेवारी महसुस गर्ने बानी परेछ’, फिस्स हाँसिन्। उनी समानुपातिकबाट सांसदमा मनोनीत भएकी हुन्।

सांसद भइसके पनि उनले विद्यार्थीका समस्या र गुनासा सुन्नमै समय खर्चिनुपर्ने अवस्था छ। यसबाट बचेको समय उनी आगामी मन्त्रिमण्डलमा महिलालाई पनि पुरुष बराबर स्थान दिनुपर्छ भन्ने लबिङमा बिताइरहेकी छन्।

‘मैले पाउनुपर्छ भन्ने होइन, महिलाले पाउनुपर्छ’, उनी भन्छिन्, ‘धेरै महिलाले राष्ट्रिय निर्वाचन र पार्टी संगठनमा अब्बल भएको प्रमाणित गरिसक्नुभएको छ। उहाँहरूले अवसर पाउनुपर्छ भन्ने मेरो धारणा हो।’ 

अहिलेसम्म उनी विद्यार्थी राजनीतिमा रहेर नेतृत्व गरिन्। उनको विचारमा विद्यार्थी राजनीति राज्यको प्रतिपक्ष जस्तो काम हो। त्यस क्रममा नीति निर्मातालाई दबाव दिने भूमिकामा आफूहरु अभ्यस्त भए पनि अहिले सांसद भएपछि भूमिका बदलिएको उनको बुझाइ छ।

उनले भनिन्, 'यसअघि आफूलाई लागेका विषयमा सडकमा आन्दोलन गरेर भए पनि माग पूरा दबाव दिने गरिन्थ्यो। अब माग गराउने ठाउँमा आफैं आइपुगेको छु। त्यो अनुसार मैले आफूलाई तयार पार्नुपर्छ।' 

यसका लागि उनले अग्रज सांसदहरुका अनुभव सुन्ने, नियम-कानुनमा कमजोरीहरु खुट्याउने, संसदमा खेल्नुपर्ने भूमिकाबारे अध्ययन तथा विश्लेषण गर्ने गरिरहेकी छन्।
संसदमा उनले कुन विषयलाई प्राथमिकतासाथ उठाउने तयारी गरेकी छन् त ?

'पहिलो प्राथमिकता शिक्षा नै हो', उनले भनिन्, 'शिक्षामा रुपान्तरण र त्यसमा पनि व्यावहारिक जीवन पद्धतिमा उपयोगी हुने शिक्षा प्रणाली लागू गर्न आवाज उठाउनेछु।'

यसपछि आफू जस्तै युवा जमात बेरोजगारी समस्याले पिल्सिएको उनलाई बिझाइरहेको छ। बेरोजगारी न्यूनीकरणका लागि पनि संसदमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्ने उनको तयारी छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्