काठमाडौं– धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एफिएफ र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन्।
बिहीबार भएका खेलमा जित हात पार्दै दुवै टिम अन्तिम चारमा पुगेका हुन्। पश्चिमाञ्चल दुवै खेलमा हार व्यहोरेर प्रतियोगितावाट बाहिरिएसँगै घरेलु टोली सुदुरपश्चिम पनि खेलेको १ खेलमा जित हात पारेका कारण सेमिफाइनल पुगेको छ ।
समुह ए मा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्दै अन्तिम चार सम्मको यात्रा तय गरेको हो। टस हारेर व्याटिङको निम्तो पाएको मध्यमाञ्चलले २० ओरभमा ४ विकेटको क्षतिमा १ सय १३ रन बनायो। मध्यमाञ्चलका लागि सीता श्रेष्ठले ४५ बलमा ४९ रन बनाइन। यस्तै, कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रनको योदान दिइन्। २० रनमै २ विकेट गुमाएर धरमराएको मध्यमाञ्चलको पारीलाई कञ्चन र सीताको ८२ रनको साझेदारीले सम्हालेको थियो। बलिङमा पश्चिमाञ्चलकी कप्तान वर्षा रानाले १ विकेट लिइन्।
१ सय १४ रनको लक्ष्य पछ्याएको पश्चिमाञ्चलले २० ओरभरमा ७ विकेट गुमाउदै ६९ रन मात्रै बनाउन सक्यो। पश्चिमाञ्चलका लागी नितु भण्डारीले १० र बर्षा रानाले ८ रन मात्रै बनाउन सके। पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा अस्मिना कर्माचार्य र आरती विराडीले समान २-२ विकेट लिइने भने २ जना रन आउट भएका थिए । प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सीता श्रेष्ठ भइन।
पश्चिमाञ्चलले लगातार दोश्रो हार व्यहोरेपछि प्रतियोगिताबाट बाहिरीएको छ भने सोही समूहमा रहेको घरेलु टिम सुदुरपश्चिम लिगको एक खेल बाँकी रहँदै उद्धघाटन खेलमा पाएको जितले सेमिफाईनलमा पुगेको छ । समुह विजेताका लागि अब सुदुरपश्चिमाञ्चल र मध्यमाञ्चलले भोलि प्रतिस्पर्धा गर्नेछन।
बिहीवारको दोश्रो खेलमा समुह बीमा रहेको एपिएफले पूर्वाञ्चललाई ४ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन मात्रै बनाउन सक्यो। पूर्वाञ्चलका लागि कप्तान रुवीना क्षेत्रीले २७ रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन्। क्षेत्री पहिलो पारीको अन्तीम बलमा आउट भईन् । एपीएफकी सोनु खड्काले २ विकेट लिईन् ।
६५ रनको लक्ष्य सहित मैदान उत्रिएको विभागीय टोली एपीएफले निकै खराब सुरुवातका बीच ४ विकेटको जित दर्ता गर्न सफल भएको हो । एपिएफले १५ दशमलव ५ ओभरमा ६ विकेट क्षतिमा लक्ष्य भेटायो। पूर्वाञ्चलकी कप्तान क्षेत्रीको कसीलो बलिङका कारण एपिएफको पारी धर्मराएको थियो । ७ रनमै ५ विकेट गुमाएको एपिएफको पारी करुणा भण्डारी र ममता चौधरीले छैठौं विकेटका लागि २२ रनको साझेदारी गरी सम्हालेकी थिईन् । सातौं विकेटका लागि भण्डारीसंग इन्दु बर्माले ३७ रनको साझेदारी गर्दै एपिएफले जित दर्ता गर्न सफल भएको हो। भण्डारी, चौधरी र बर्माले समान १६-१६ रनको योगदान दिए। पुर्वाञ्चलकी रुविना क्षेत्रीले ३ विकेट लिएपनि आफ्नो टिमलाई जिताउन सकिनन् । खेलको प्लेयर अफ द म्याच एपिएफकी करुणा भण्डारी भइन्।
शुक्रवार पहिलो खेल पूर्वाञ्चल र मध्यपश्मिाञ्चल तथा दोश्रो खेल सुदुरपश्चिम र मध्यमाञ्चलबीच हुने छ। पुर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको खेलमा विजयी हुनेले सेमिफाईनलमा स्थान सुरक्षित बनाउने छ। प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।