वासिङ्टन (एजेन्सी)– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का ट्रम्प दक्षिण कोरियामा आइतबार सम्पन्न हुने प्योङचोङ विन्टर ओलम्पिकको समापन समारोहमा सहभागी हुने भएकी छिन्। इवान्काले विन्टर ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्। व्वाइट हाउसका वरिष्ठ अधिकारीले ट्रम्पको सल्लाहकार इवान्का शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँगै सिओलस्थित उनको कार्यालयमा रात्रिभोजमा उपस्थित हुने बताइएको छ।
समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार इवान्काको उत्तर कोरियाली पदाधिकारीसँग भेट्ने कुनै योजना नरहेको बताएका छन्। उत्तर कोरियाले अन्तर कोरियाली सम्बन्ध सुधारका लागि कोरियाली प्रायद्वीपमा तनाव कम गर्न आफ्नो उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको थियो।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको बहिनी किम यो जोङले दक्षिण कोरियाली राष्ट्रपतिलाई किम जोङको पत्र प्रदान गरेकी थिइन्। जसमा दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरिया भ्रमणको निम्तो दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।