अकल्यान्ड– इंग्ल्यान्ड, अस्ट्रेलिया र न्युजिल्यान्ड बीचको त्रिकोणात्मक टी–२० सिरिज अस्ट्रेलियाले जितेको छ। अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई डिएल मेथडमा १९ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ९ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो। न्युजिल्यान्डका लागि रोश टेलरले सबैभन्दा बढी नआउट ४३ रन जोडे। बलिङतर्फ अस्ट्रेलियाका अस्टन अगरले ३ विकेट लिए। केन रिचार्डसन र एन्ड्रियु टेले २–२ विकेट हात पारे।
१ सय ५१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १४.४ ओभरमा ३ विकेटको क्षतिमा १ सय २१ रन बनाएर खेलिरहदा खेल वर्षाले अवरुद्ध बनेको थियो। त्यसपछि खेल हुन नसकेपछि अस्ट्रेलियाले डिएल मेथडमा खेल जित्यो। अस्ट्रेलियाका लागि डिआर्ची सर्टले ५० रन जोडे। ग्लेन म्याक्सवेलले नटआउट २० र आरोन फिन्चले नटआउट १८ रन बटुले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।