सेन्चुरियन– भारत विरुद्धको दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएको छ। जितसँगै ३ खेलको सिरिजमा १–१ को बराबरी भएको छ।
भारतले दिएको १ स ८९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पार गर्यो। दक्षिण अफ्रिकाका लागि जेपी डुमिनीले नटआउट ६४ रन बटुले। उनले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै हेनरिका क्लासेनले ६९ रन जोडे।
बलिङतर्फ भारतका जयदेश उनादकाद २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८८ रन जोड्यो। भारतका लागि मनिष पान्डेले नटआउट ७९ र महेन्द्रसिंह धोनीले नटआउट ५२ रन बटुले। त्यसअघि रोहित शर्मा शून्य र कप्तान विराट कोहली १ रनमै आउट भएका थिए। ओपनर शिखर धवनले २४ रन जोड्दा सुरेश रैनाले ३१ रनको योगदान दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।