म्याड्रिड– युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब सेभिल्लाले गोलरहित बराबरी खेलका छन्।
बुधबार सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा २५ प्रहार गरेपनि म्यानचेस्टर डे गियाले केही लोभलाग्दा उत्कृष्ट बचाउ गरेका थिए। यता म्यानचेस्टरका रोमेलु लुकाकुले सुन्दर मौका खेर फालेका थिए।
लिगको अर्को खेलमा युक्रेनी क्लब शख्तर डोनेक्टले इटालियन क्लब रोमालाई २–१ गोलले हराएको छ। रोमाले सुरुवाती अग्रता लिएपछि शख्तरले २ गोल फर्काएको थियो। ४१ मिनेटमा उडेरले गोल गरे । शख्तरका लागि फेरेयाले ५२ र फ्रेडले ७१ मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।