अकल्यान्ड (एजेन्सी)– आइपिएलको ११ औं संस्करण भारतमा सुरु हुनुभन्दा अगाडि क्रिस लिनलाई चोट लागेको छ। यसले कोलकाता नाइट राइडर्सका मालिक शाहरुख खानको चिन्ता बढाएको छ। अस्ट्रेलियाका विष्फोटक व्याट्सम्यान क्रिस लिन त्रिकोणीय टि–२० शृंखलाअन्तर्गत न्युजिल्यान्डविरूद्ध बुधबार भएको फाइनल खेलमा चोटग्रस्त भएका थिए।
इडेन पार्कमा भएको खेलमा अस्ट्रेलिया डकवर्थ लुइस नियमको आधारमा १९ रनले विजयी भएपनि लिनलाई हातमा गम्भीर चोट लागेको थियो। चोटका कारण उनले पाकिस्तान सुपर लिग (पिसिएल) को पुरै खेल गुमाउने छन्। आइपिएल खेल्ने विषयमा पनि आशंका छ।
आइपिएलको गत महिना भएको लिलामीमा उनी कोलकाताको सबैभन्दा महंगा खेलाडी बनेका थिए। उनलाई मोटो रकममा शाहरुख खानको टोलीले किनेको थियो। कोलकाताले यसपालि उनलाई कप्तानी दिने सम्भावना पनि बलियो थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।