• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कथा : उन्माद

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ९, २०७६  ०७:२९
1140x725

म पुग्दा उसले डमीको सारी मिलाइरहेको थियो। 

चार महिना भयो उसले यो कम्प्लेक्समा पसल चलाउन थालेको। पसल चलाउन थालेदेखि ऊ खुसी थियो। व्यापार पनि ठीकै चलिरहेको लाग्थ्यो। उसले कहिलेकाहीँ मलाई फोन गरेर बोलाउँथ्यो। व्यापारमा दिनहुँ भएको प्रगतिको बखान गर्थ्यो। यस्तै चलिरह्यो भने राम्रै प्रगति हुनेमा ऊ ढुक्क थियो। 

म आउँदा प्रायः ऊ डमीको कपडा मिलाइरहेको हुन्थ्यो। आज पनि उसैगरी ऊ डमीको सारी मिलाइरहेको थियो। उसको मुहारमा देखिएको खुसीले बताउँथ्यो कि दिनभर व्यापार राम्रो भएको होला।

दिनभरि म काममा व्यस्त हुन्थें। त्यसैले म उसको पसल साँझमात्र जान्थें। कहिलेकाहीँ म पुग्दा ऊ अलिअलि नशाको रमरममा हुन्थ्यो। मलाई देख्नासाथ ऊ मुसुक्क हाँस्थ्यो। ऊ मिलाउँदै गरेको लुगा छोडेर  म नजिक आउँथ्यो र भन्थ्यो-‘स्वागत छ यार’

उसको मुखबाट रक्सीको गन्धसँगै सुकमेलको गन्ध पनि आइरहेको हुन्थ्यो। ऊ मलाई लिएर भित्र जान्थ्यो। म उसको पछिपछि लाग्थें। उसले खानेकुराको बन्दोबस्त गरेको छ भन्ने अनुमान पहिल्यै लगाइसकेको हुन्थें। त्यहाँ एउटा टेबल र दुई कुर्सीले हामीलाई कुरिरहेको हुन्थ्यो। टेबलमा गिलास पनि हुन्थ्यो। त्यसपछि ऊसँगै म पनि पिउन थाल्थें।

०००

सन्तोष र म गाउँमा सँगै पढ्यौं। सँगसँगै हुर्कियौं। त्यसैले हामी एकअर्काको आनीबानीसँग परिचित थियौं। कलेज पढ्दा चाहिँ एउटै कलेज भएपनि उसको र मेरो फ्याकल्टी नै अलग थियो। हामी बेलाबेला भेटिरहन्थ्यौं। ऊ भन्थ्यो, ‘हेर विरेन, सधैं पढेर मात्र हुँदैन। यसो हाम्रो विद्यार्थी संगठनमा पनि लाग्नु पर्‍यो।’
    ‘हेर सन्तोष, म गाउँदेखि पढ्न भनेर आएको हुँ। राजनीतिमा मेरो कुनै चासो छैन। तिमी लागेको छौ। तिमीलाई म रोकटोक गर्दिनँ तर मलाई लाग्नु छैन। मलाई मेरो पढाइ बिगार्नु छैन,’ म सोझै भनिदिन्थें।

'धैट, यो कस्तो कुरा गरेको। यसमा लागेर के को पढाई बिग्रिनू? हेर म राम्रैसँग पढिरहेको छु। हामी कति थिचोमिचो सहेर बस्ने भन त। अब त उठ्नु पर्छ हेर।' ऊ मलाई सदियौंदेखिको थिचोमिचोमा परेका हाम्रोे इतिहास सुनाउँथ्यो। धनी र सत्तामा बसेकाहरूको कर्तुतहरू सुनाउँथ्यो र भन्थ्यो, 'अब तिनीहरूको दिन जानेछ। हामीले आवाज उठाउनै पर्छ।'

nimb
nimb
Ncell 2
Ncell 2

यसरी उसले मलाई बेलाबेला राजनीतिका कुराहरू सुनाइरहन्थ्यो। म उसको कुरा सुनेजस्तो गरिदिन्थें। तर, उसको संगठनमा नलागे पनि उसलाई हौसला भने दिइरहन्थें। ऊ संगठनमा राम्रैसँग चिनिएको थियो। 

'मैले संगठन छाडें यार', उसले कलेजको अन्तिम समयतिर मलाई भन्यो। उसको कुरा सुनेर म अचम्म परें। परिवर्तनको कुरा गथ्र्याे। ऊ आफैं परिवर्तित भएछ। भन्यो, 'साला हाम्रो अधिकारको कुरा लिएर अघि बढेको संगठनका नेताहरू आफ्नो लागिमात्र परिवर्तन गर्छन्। सब स्वार्थी रहेछन्।'

त्यसपछि उसले कुनै पार्टी वा संगठनलाई कहिल्यै विश्वास गरेन। 

पढाइ सकेर म लोकसेवाको तयारीमा लागें। ऊ सानोतिनो व्यापार गर्न थाल्यो। हाम्रो भेट कहिलेकाहीँ हुन्थ्यो। मैले लोकसेवा पास गरेर जागिर गर्न थालें। 

'मैले नयाँ पसल खोलेको छु। तिमी आऊ है,' उसले एकदिन फोन गरेर बतायो।

'ल, तिमीलाई बधाई छ,', उसको खुसीमा खुसी थपिदिएँ र उसको पसलमा आउने बाचा गरें। त्यसपछि हाम्रो भेट प्रायः उसको पसलमै हुनथाल्यो।

                                                            ०००

आजको भेट चाहिँ अलि छुट्टै लाग्यो। उसको अनुहारमा देखिएको चमक बेग्लै थियो। उसले बोलाउनुको अन्य कारण मलाई बताएको थिएन। हुन त सधैं ऊ भेटघाट र कुराकानी गर्न बोलाउथ्यो। हामी भेटेपछि स्कुल समय र कलेज समयका कुरा गर्थ्यौं‌। 

दुवैको ठूलो भएर के बन्ने सपना थियो र के भइयो भनेर कुरा हुन्थ्यो। आखिर जिन्दगी सोचेजस्तो नहुने रहेछ।

'आज तिमी एकदम खुसी देखिन्छौ नि, के राज छ ?', मैले उसको अनुहार हेर्दै सोधें। त्यतिबेला उसले  गिलास हातमा लिएर मुखतिर लगिरहेको थियो।

ऊ पहिले मुसुक्क हाँस्यो। उसको हाँसोमा अलिकति लज्जा मिसिएको थियो। उसले मुख खोल्न चाह्यो। फेरि भनौं कि नभनौं झैं गरी बोल्न थाल्यो, 'अरे यार, म अचेल बहुत खुसी छु। व्यापार पनि राम्रो चलिरहेछ। अनि छ नि ..।'

त्यसपछि ऊ बोलेन। फेरि गिलास मुखमा लग्यो र पिउन थाल्यो। म उसलाई हेरिरहें। उसले फेरि बोल्छ कि भन्ने प्रतीक्षामा बसिरहेको थिएँ। ऊ नबोलेको देखेर मैले फेरि सम्झाएँ। ऊ बताउन अघि स¥यो, 'अनि छ नि। अचेल म बहुत खुस छु। बडा मजा लिइरहेको छु।'

म उसको कुराको छेउटुप्पो बुझिरहेको थिइनँ। ऊ भने यति भन्दै चुप लाग्थ्यो अनि पिउन थाल्थ्यो। मलाई भने उत्सुकताले छोइसकेको थियो। आखिर के मजा लिइरहेको छ? 

म कोठा वरिपरि हेर्न थालें। भण्डारकोठा थियो जुन पसलको ठीक भित्र थियो। भण्डार गरी राखिएका कपडाहरू जतनगरी राखिएका थिए। सधैं आउँदा उस्तै हुन्थ्यो। मलाई यसले तानेन। म फेरि उसको कुरा सुन्न लालायित भएँ र भन्न कर गरें। 

'अचेल म सेक्सको मजा लिइरहेको छु।', उसको कुरा सुनेर म ट्वा परें। ऊ अविवाहित थियो। 
    'कहिलेदेखि हो ? ल ल मोज गर।', हौसला थपेजस्तो गरिदिएँ। ऊ फेरि पनि मुसुक्क हाँस्यो र पिउनको लागि गिलास उठायो। 

'यहीँ कोठामा ल्याउने गरेको छु।', उसले कुरा अगाडि बढायो। उसको कुराले मलाई झन् अचम्म पार्‍यो। कस्तो केटा रहेछ कहीँ काम नपाएर यस्तो काम आफ्नै पसल भित्र गर्दाे रहेछ। मलाई कस्तोकस्तो लागेर आयो। त्यसमाथि यो जस्तो सोझो केटो अचेल कसरी बिग्रियो भन्ने लाग्यो। त्यहीमाथि हिजोका दिनमा खुब क्रान्तिकारी हुँ भनी टोपल्थ्यो। 

'अनि यार, यी डमीहरूकै अगाडि? यिनीहरुले देख्छन् नि !', म जिस्किने मुडमा आएँ। मैले आँखा समेत झिम्क्याएर उसलाई जिस्काउन खोजें। मेरो कुरा सुनेर ऊ अकमकियो। उसको अनुहार हेर्दा लाग्थ्यो ऊ झस्किएको हो। मैले बित्थामा उसलाई डरमात्र देखाएजस्तो लाग्यो। ऊ बोलेन। ऊ अझैंपनि भयभित देखिन्थ्यो। उसको अनुहार रातो हुँदै थियो। 

'त्यसोभए अचेल मोज छ हैन ?', मैले उसको खुसी फर्काउन खोजें।

ऊ हाँसु कि नहाँसुको अवस्थामा हाँस्यो। उसको नसुहाएको हाँसोले मलाई पिरोल्यो। उसले गिलास उठायो र पिउन थाल्यो। मैले पनि त्यसै गरें। अनि ऊ बोल्यो, 'अनि तिम्रो सुनाऊ के छ अचेल ?'

सरकारी जागिरले नधानेको जिन्दगीको सकसपूर्ण अवस्थाबारे बताएँ। अनि घरमा जहिल्यै बिहे गर् भनेर करकर गरेको कुरा पनि सुनाएँ। ऊ मेरो कुरा सुनेर मुसुक्क हाँस्यो। साँच्चै भन्ने हो भने आफैंलाई धान्न नसकेको सरकारी जागिर गरेर श्रीमती कसरी पाल्नू ? म दोधारमा थिएँ। तर, उसको कुरा सुनेर चाहिँ बिहेको चसक पस्यो। सायद सेक्सको कुराले मन तानिएको थियो। 

अहिले भने ऊ मरीमरी हाँस्यो। मेरो गिलासमा थप्दै भन्यो, 'अनि बिहे त गर्नै पर्‍यो नि यार। यसरी सधैं नागो बसेर त भएन हौं ! हामीलाई काका भन्ने पनि चाहियो कोही।'

हाँसो मज्जैले गुञ्जियो। 

हिँड्नेबेलामा उसले मलाई बाहिरसम्म पुर्‍यायो। हामीबीच भएको कुरा कसैलाई नबताउन अनुरोधसम्म गर्न भ्यायो। मैले ‘हुन्छ’ भन्दै बिदा मागें। 

०००

कलेज पढ्दा क्रान्तिकारी कुरा छाँट्थ्यो। सिमान्तकृत वर्गको लागि हामीले नलडें कस्ले लड्छ भन्थ्यो। उनीहरुका आवाज बनेर हामी अघि बढ्नुपर्छ भन्थ्यो। हाम्रोलागि अरुले केही गरिदिँदैन भन्थ्यो। उसको आदर्शका कुराहरु सुनेर म कहिलेकाहिँ प्रभावित पनि हुन्थें। तर, आज उसको कुरा सुनेर म छक्क परेको छु। 

बाटो काट्दै थिएँ। मोबाइलको घन्टी बज्न थाल्यो। खल्तीबाट मोबाइल झिकेर हेरें। फोन उसकै आइरहेको थियो। उठाएँ।

'डेरामा पुग्यौ? यो कुरा कसैलाई नभन है।', ऊ लरबरिएको आवाजमा बोलिरहेको थियो। म बाटो मै छु र कोठातिर लाग्दैछु भन्ने जानकारी गराएँ। उसको कुरा कसैलाई भन्दिनँ भनेर फेरि पनि विश्वास दिलाएँ। ऊ ढुक्क भयो क्यारे अनि फोन काट्यो।

झमक्कै साँझ परिसकेको थियो। बाटोमा मोटरगाडी आफ्नै रफ्तारमा गुडिरहेका थिए। पेटी छेउ उभिएका केटीहरू देखेर म अलमलिएँ। मलाई नै खाउँलाझैं हेर्दै थिए। मलाई भय र शंकोचले घेर्न थाल्यो। डरले होला मेरा गोडा कापिरहेका थिए। तर, आँखा भने लोभले उनीहरूतिरै पुग्थे। सायद यो जवानीको दोष हुनुपर्छ। 
    अचानक एउटी बला मेरो नजिकै देखा परी। झन्डै मेरो हात समातुलाझैं गरी। म हच्किएँ।

'जाने हैन ?', उसको कुरा सुनेर झस्किएँ। के के बोल्दैथिई कुन्नी। म बतासिएझैं भएँ। लडबडिएका गोडाले मलाई यतिबेला चाहिँ साथ दिएकै हो। अलि पर पुगेपछि म कुन शक्तिको मोहले उनीहरूतिर हेर्न पुगें। उनीहरू अझैं मलाई खाउँलाझैं हेरिरहेका रहेछन्। 

सहरको यो नयाँ बजार थियो। सायद रातभर चल्ने बजार। यिनीहरूलाई देखेपछि मलाई सन्तोषको याद आयो। ऊ सायद यिनीहरूमध्ये कसैलाई लिएर जाँदो हो। कसरी लग्न सकेको होला? 

'जाने हैन ?', फेरि उही आवाज मेरो कानमा बजिरहेकको थियो। उनीहरूका पहिरन अनि उत्ताउलो शरीर झलझली सम्झिएँ। कोठामा पुग्दासम्म त्यो आवाजले मलाई पछ्याइरह्यो। 

राति स्वप्नद्वष भएछ। बिहान उठ्दा भिजिएको भएर थाहा पाएँ। एक किसिमको लज्जा बोध भयो। सपनामा देखेकी स्वप्नपरीहरूलाई सम्झिन थालें। कसैको अनुहार चाहिँ सम्झनामा आएन। के साँच्चै बिहे गर्नै पर्छकि के हो ? मनमा एक किसिमको तरंग पैदा भइदियो। एकछिनमा आफैंलाई सम्झाउन थालें। र, बाथरुमतिर लागें। 

दिनभर अफिसमा मन लागेन। मेरो अवस्था कस्तो थियो कुन्नि। विनिताले सोधी, 'सर, तपाईंलाई सन्चो छैन हो ?'

'म ठीक छु विनिता। किन सोधेको ?', उसको प्रश्नले म अलमलिएको थिएँ  त्यसैले सोधें। 

'चिया पिउन जाऊँ सर।', विनिताले भनी। उसको आग्रहलाई नकार्न सकिनँ। क्यान्टिनमा उसले चियाको सट्टा कफी मगाई। हामी कफी पिउँदै गफिन थाल्यौं। ऊ मसँग केके सोधिरहन्थी। म जवाफ दिँदै उसको बारेमा सोधिदिन्थें। तर, अन्तमा उसले भनी, 'सर, अब तपाईं बिहे गर्नुस्।'

मसँग सही जवाफ थिएन। तर भनिदिएँ, 'घरमा कुरा चलिरहेकै छ। हेरम के हुन्छ।' यति भन्न पनि हिम्मत जुटाउनु परेको थियो। विनिताका यी हरेक प्रश्नको आशय म बुझ्न सकिरहेको थिइनँ। मात्र म उसको नजरसँग नजर जुधाउन सकिरहेको थिइनँ। मलाई असहज भइरहेको थियो। 

कफीको पैसा उसैले तिरी।

अफिसमा मन लागेन। अलि चाडै निस्किएँ। सन्तोषको कुरा मनभरि खेलिरहेका हुन्थे। मलाई पनि ऊसँग केही कुरा सिक्न मन लागेर आयो। साँच्चै भन्ने हो भने मलाई यौन सुखको आशले छुन थाल्यो। त्यसैले म सन्तोषसँग सहयोग माग्न चाहन्थें। उसले झैं म पनि आनन्दको संसारमा रमाउन चाहन्थें। जसको लागि मैले ऊसँग जानकारीहरु लिनु थियो। तर म उसलाई फोन नगरी जाने भएँ। 

गर्मी बढेको थियो। म पैदल हिँड्दै थिएँ। बाटोमा हिँडिरहेका नवयौवनाहरूमा घरिघरि आँखा पुग्थे। उनीहरुका पुक्क उक्सिएका छाती देखेरै मन पग्लिन्थे। आँखा उनीहरुका छातीभित्रसम्म चिहाउन पुग्थ्यो।  मन लोभी न ठहर्‍यो। एक किसिमको उन्मादले छुन्थ्यो। आफू जाने ठाउँ नगई म बाटोतिरै अलमलिन थालें। 
    अचानक कुकुरसँग अल्झिन पुगें। झण्डै टोकेको। तर कुकुरसँग अल्झिएर म चाहिँ लड्न पुगें। उठेर धुलो टकटक्याएँ। बाटोमा हिँड्नेहरू मलाई देखेर कोही हाँसिरहेका पनि थिए। कोही रमिता हेरेझैं गरिरहेका थिए। कुकुरसँग रिस उठ्नुभन्दा पनि ती रमितेहरूसँग रिस उठ्यो। 

अघिसम्मको रौनकता र मन भित्रको चञ्चलता कतै हराइसकेको थियो।

एक घण्टा उस्सै बितेछ। सन्तोषसँग भेट्न जाने मन भएपनि हतार भने थिएन। म बजारमा टहल्ने मनसायले अघि बढ्दै थिएँ। मोबाइलको घण्टी बज्यो। मोबाइल खल्तीबाट झिकेर हेरें। घरबाट आएको थियो। मैले उठाएँ।

'अब यो वर्ष बिहे गर्नुपर्छ। मैले यहाँ तेरा लागि केटी हेरेकी छु।', आमा बोल्दै हुनुहुन्थ्यो। सन्चोबिसन्चोको कुरा पछि आमाले सोझै भन्नुभयो। मैले आमाको कुरामा सहमती जनाउन बाहेक केही सुझेन। मेरो सहमतीले उहाँको बोलीमा प्रशन्नता झल्कियो। 

मलाई भने एक किसिमको काउकुती लागेझैं भयो। यौवनको उन्मादले छोएर गयो। म हतारिदै हिँडें। बाटोमा भने मान्छेको भीड बढेको थियो। साँझपखको किनमेलमा निस्किएकाहरू हातमा सामान झुण्ड्याउँदै हिँडेका देखिन्थे। जब म सन्तोषको सुपर मार्केटको भवनमा पुगें त्यसबेला भने मलाई असहज महसुस भयो। म उसलाई फोन नगरी आएको थिएँ। तर सोचें, ‘ऊ आखिर पसलमै त हुने हो, किन फोन गर्नु पर्‍यो!’

त्यसपछि म सरासर भर्‍याङ उक्लिन थालें। भर्‍याङ छेवैको पसलमा गीत घन्किरहेको थियो– बेबीको बेस पसन्द है। यो गीत मलाई उतिसाह्रो मन पर्दैन। त्यसैले बजिरहेको गीत कानमा पुग्दा झर्काे लागेझैं भयो। म हत्तारिँदै अघि बढें। सन्तोष के गर्दै होला? एक मनले सोचें। सोच्दासोच्दै म उसको पसल अघि पुगिसकेको थिएँ। 

सन्तोषको शो रुम खुल्लै थियो। मभित्र छिरें। शो रुम सुनसान थियो। बत्ती पनि मधुरो मात्रै बालिएको थियो। त्यहाँ सन्तोष देखिएन। आँखाले निकैबेर खोजी जारी ग‍र्‍यो। ऊ गोदामभित्र होला भन्ने मैले अनुमान लगाएँ। म सरासर गोदामतिर लम्किएँ। ढोका धकेलेर भित्र छिरें। भित्र पनि उस्तै मधुरो बत्ती बलेको रैछ। 

सन्तोष भुइँमा देखा पर्‍यो। उसको अवस्था देखेर म चकित भइगएँ। ऊ डमीमाथि घोप्टिएको थियो। उसको शरीर भने मच्चिरहेको थियो। जुन दृश्यको कल्पना मैले गरेकै थिइनँ। ऊ आफ्नै शुरमा थियो।

बल्ल थाहा भयो उसको खुसीको राज। मलाई भने घृणाको आधीवेहरीले लखेट्न थाल्यो। म फनक्क फर्किएँ र हत्तारिँदै बाहिरिएँ। 

०००

प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
फेवातालको जमिनबारे अध्ययन गर्न फेरि बन्यो समिति
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
फेवातालको जमिनबारे अध्ययन गर्न फेरि बन्यो समिति सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
प्रतिनिधि सभामा संख्याकै आधारमा कुनै भेदभाव हुँदैन- सभामुख सोमबार, चैत २३, २०८२
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्