• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक कीर्तिमानी खेलाडीको सम्मानमा

64x64
ऋग्वेद शर्मा शुक्रबार, कात्तिक ८, २०७६  १६:३०
1140x725

काठमाडौं- वाइबी घलेको नामले नेपाली फुटबल बुझेकाहरु अहिले पनि रोमाञ्चित हुन्छन्। हुन पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल वाइबीकै नाममा छ। गोलका कारण मात्रै होइन वाइबीसँगै खेल्नेहरु उनको झोँकी तर अनुशासित स्वभाव र खेलप्रतिको समर्पण सम्झिएर अहिलेसम्म दंग पर्छन्। 

१९८२ को नोभेम्बर २१ को दिन नेपालले एसियाली खेलकुदको फुटबलमार्फत आधिकारिक रुपमा अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाएको थियो। त्यसअघि राष्ट्रिय टिम नै बनाएर आगा खाँ गोल्डकप, डिसिएम कप जस्ता प्रतियोगिताहरु खेल्न गए पनि त्यो मान्यताप्राप्त राष्ट्रिय टिम थिएन। यसैले एसियाली खेलकुदमा कुवेतविरुद्ध वाइबीले गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल हो। 

एसियाली खेलकुदमा नेपालको इतिहास निकै खराब छ। त्यसैले हरेक अन्तर्राष्ट्रिय सहभागितामा गोलको खडेरी हुँदा वाइबीको नाम फुटबल समर्थकमाफ चर्चामा रहन्छ। एसियाली खेलकुदमा त नेपालले खेलेका १८ खेलमा ७० गोल खाएको छ। जहाँ नेपाली खेलाडीको नाममा १ गोल मात्रै छ। जुन १९८२ मा कुवेतसँग ३-१ ले हर्दा उनै वाइबीले गरेको गोल हो। पछिल्लो पटक २०१८ को एसियाली खेलकुदमा पाकिस्तानसँग २-१ ले हार्दा पनि एक गोल आत्मघाती गोलका रुपमा उपहार पाएको थियो। 

एसियाली खेलकुदमा एक मात्र र पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै नेपालको तर्फबाट कीर्तिमान बनाएका उनै वाइबी पछिल्लो ११ वर्षदेखि अवस्थ छन्। प्यारालाइसिसले थलिएका उनी चार महिना अघि ब्लाडर र स्टोनको शल्यक्रिया गरेपछि थप अवस्थ भएका छन्। यसले उपचारमा समस्या आएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) देखि अखिल नेपाल फुटबल संघ (एन्फा) सम्म गुहार्न बाध्य भए।  

तर खेलमाथिको राजनीतिमा रमेकाहरुले वाइबीको कीर्तिमानी खेल जीवन कसरी सम्झिरहुन्। खेल जीवनमा आफूसँगै ‘रुम पार्टन’देखि मैदानमा समेत सँगसँगै रहेका राजुकाजी शाक्यलाई एक दिन वाइबीले फोन नै गरेर भने- ‘मेरो स्वास्थ्य अवस्था त अझ बिग्रियो, ब्लाडर र स्टोनको अप्रेसन पनि गराएँ। हुन्छ भने राखेप र एन्फामा भन्दा केही सहयोग पो आउँछ कि।’

‘खेलाडीहरुलाई राज्यले नै विचार गरिदिनुपर्छ, उनीहरु माग्दै हिँड्नु राम्रो होइन’ भन्ने ठान्ने राजुकाजीले पनि साथीको चिन्ताजनक अवस्था देखेर नमागी बस्न सकेनन्। उनैले वाइबीको स्वास्थ्य जाँचका रिपोर्टसमेत राखेर राखेप र एन्फामा सहयोगका लागि निवेदन हाले। तर, भेटमा सकारात्मक देखिने पदाधिकारीबाट कुनै सहयोग भने आएको छैन। 

यो सबै बुझेका पूर्व खेलाडीहरुले वाइबीलाई शुक्रबार दुई लाख रुपैयाँ सहयोगसहित सम्मान गरे। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्वयमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले वाइबीको सहयोगका लागि रकम जुटाएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

युके शाखाका अध्यक्ष सिद्धार्थबिक्रम क्षेत्रीले खेलाडीहरुका लागि यसरी सहयोग गर्नुपर्ने अवस्था कहिल्यै नआओस् भन्दै सहयोग रकम हस्तान्तरण गरे। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल बक्सिङका पूर्वअध्यक्ष राजीव श्रेष्ठलगायतले कुनै समय देशका लागि योगदान गरेका खेलाडीका लागि राज्यले नै केही सहयोग गरिदिनुपर्ने विचार राखे। 

‘यो एकदमै दुःखको दिन हो। यस्तो दिन नेपाली खेलाडीले देख्नु नपरोस् भन्ने हाम्रो चाहना हो। हामीले यसरी सहयोग कसैलाई गर्नु नपरोस्। वाइबी घले दाइलाई सम्मान गर्न पाउँदा एकातिर खुसी लागिरहेको छ भने अर्कोतिर उहाँको उपचारमा समस्या आएर सहयोग गर्नुपर्दा दुःख पनि लागेको छ’ सहयोगका लागि लागिपरेका सिद्धार्थबिक्रमले भने। 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपकले पनि वाइबीको सम्मान र सहयोगमा राज्यले नै केही सोच्नुपर्ने बताए। ‘हामीले उहाँहरुबाटै प्रेरणा लिएर खेलकुदमा लागेका थियौँ। हामीले घले दाइको खेल हेर्न पाएनौँ तर उहाँको खेलको बारेमा धेरै सुनेका थियौँ। अहिले फुटबलमा नै लागिरहेका नयाँ खेलाडीले उहाँलाई चिन्दैनन् जस्तो लाग्छ। कुनै पनि व्यक्तिले हरेक समय काम गरिरहन सक्दैन, कुनै समय गरेको योगदानलाई भने राज्यले नदेखेको जस्तो गर्न मिल्दैन’ उनले भने। 

वाइबीसँग फुटबल खेल्दाका दिन सम्झँदै राजुकाजी भन्छन्- ‘यो सहयोगका लागि धेरै धन्यबाद तर कसैले दिने यी रकमहरुका पछि खेलाडी कहिलेसम्म पो लागिरहनु? एउटा कल्याण कोष बनाएर सरकारले नै केही गरिदिन सके राम्रो हुने थियो जस्तो लाग्छ। सरकारी निकायबाट कुनै कुरा नआउँदा वाइबीले रिसाएर पनि छोड्दे तिनीहरुको आश नगरौँ पनि भनेको थियो।’

‘घले राम्रो खेलाडी हो, उसको खेलको लगाव राम्रो थियो। मान्छे राम्रो छ तर खेलको बेला अलिकति रिसाहा पनि हो, कति समय त झगडा पनि परेको थियो। १९८३ मा मलेसियामा भएको मर्डेका कपमा त झगडा पर्दा प्रहरीले घलेको टाउकोमा पेस्तोल नै पनि ताकेको थियो’ राजुकाजीले सम्झिए। 

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानसमेत रहेका फुटबलर र हाल एन्फामा उपाध्यक्ष रहेका उपेन्द्रमान सिंहले एन्फाले नीति नै बनाएर भैपरिआउँदा खेलाडीको सहयोगमा काम गर्ने तयारी गरिरहेको बताए। उनले वाइबी जस्तै समस्यामा पर्ने खेलाडीहरु अरु पनि रहेकाले सबैलाई सम्बोधन हुनेगरी एन्फा अघि बढ्ने बताए।  

त्रिपुरेश्वरस्थित खेलकुद पत्रकार मञ्चमा भएको कार्यक्रममा लठ्ठी र सहयोगीको सहयोगमा आएका घले बिरामी शरीरका बाबजुद पनि मुस्कुराइरहेका थिए। पुराना साथीहरुसँगको भेटले खुसी हुँदै आफूलाई सम्झने पनि कोही त रहेछन् भन्ने ठानेका उनले अप्ठ्यारो मान्दै सहयोग रकम समाए। बोल्दा शब्दहरु अड्किने कारण धेरै नबोले पनि सहयोगपछिको खुसी उनको आँखामा झल्कन्थ्यो। 

६१ वर्षका वाइबीले आफ्नो खेलाडी जीवनमा आरसिटी, फ्रेन्ड्स क्लब, शाही नेपाल वायुुसेवा निगमको फुटबल टिम, महेन्द्र पुलिस क्लब र बंगलादेश ढाकाको वान्डेरेरियर्स जस्ता क्लबबाट फुटबल खेले। फ्रेन्ड्स क्लबमै रहँदा दुई पटक त्रिभुवन च्यालेन्ज शिल्ड जितेका वाइबी १९८२ देखि १९९० सम्म राष्ट्रिय टिममा थिए। वाइबी १९८५ मा नेपालले दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा प्रमुख खेलाडी नै थिए। 

एन्फाका पूर्वकेन्द्रिय सदस्य रहेका वाइबी एन्फा एकेडेमीका पूर्व टेक्निकल डाइरेक्टरसमेत हुन्। उनले २०५२ सालताका जावलाखेल युथ क्लबमा प्रशिक्षक भएर पनि काम गरेका थिए। खेल जीवनपछि पनि फुटबलमा नै जोडिन चाहिरहेका उनी प्यारालाइसिसले समातेपछि भने टाढिन बाध्य भए। 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक बुधबार, भदौ ३१, २०८३
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह? बुधबार, भदौ ३१, २०८३
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता बुधबार, भदौ ३१, २०८३
न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी बुधबार, भदौ ३१, २०८३
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्