• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सबैले जितेको क्रिकेट प्रतियोगिता!

64x64
ऋग्वेद शर्मा बिहीबार, कात्तिक ७, २०७६  १८:५९
1140x725

काठमाडौं- क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै पहिलो पटक आयोजना भएको टी २० महिला क्रिकेट फ्रेन्चाइज प्रतियोगिता ‘वुमन्स च्याम्पियन्स लिग’ को उपाधि चितवन राइनोजले जित्यो।  

तर, फाइनलमा कमजोर ब्याटिङका कारण हार भोगेको काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले भनेजस्तै ‘कोही पनि पराजित हुनुपरेको दुःखमा छैनन्, प्रतियोगिताले महिला क्रिकेटको जित भएको छ।’ हरेक समय ‘हामीले पनि केही खेल्न पाऔँ’ भन्दै आवाज उठाइरहेका उनीहरुले खेल्न पाएका छन्। घरेलु मैदानमा नयाँ क्रिकेटको अनुभवसँगै आत्मविश्वास बढाएका छन्।

तब त रुबिना भन्छिन्- ‘हामी फाइनलमा पराजित भयौँ, उपाधि जित्न नपाउँदाको थोरै नमजा त भइहाल्छ तर समग्रमा महिला क्रिकेटले जितेको छ, उपाधि उचाल्ने पनि हाम्रै महिला क्रिकेटर साथीहरु नै हो, त्यसैले यो प्रतियोगितामा सबैको जित भएको छ।’

नेपाली राष्ट्रिय महिला टिमकी कप्तानसमेत रहेकी रुबिना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत बनिन्। सर्वोत्कृष्ट बनेपछि एउटा स्कुटर र ५० हजार रुपैयाँ पुरस्कार पाएकी उनी नेपाली महिला क्रिकेटमा नयाँ खेलाडी भित्रने बाटो बनेकोले धेरै खुसी लागेको बताउँछिन्।

‘हामीले चितवनको खेलको तारिफ गर्नै पर्छ। ठूलो फाइनलको दबाब हाम्रा खेलाडीहरुले लिए कि जस्तो लाग्छ, हारेर पनि हामी धेरै बेखुसी छैनौँ, खुसी छौँ सबैले धेरै राम्ररी खेलेका छन्। राष्ट्रिय महिला क्रिकेट टिमको कप्तान हुनुको खुसी पनि लागिरहेको छ’ रुबिना भन्छिन्, ‘हरेक दिन हामी खेलमा सुधार गर्न सकौँ भन्ने नै सोच्छौँ, यसले सागका लागि पनि सहयोग गर्नेछ। नयाँ खेलाडीहरुमा पनि सम्भावना धेरै देखिएको छ।’  

रुबिनाले प्रतियोगितामा खेलेका ६ खेलमा दुई अर्धशतकसहित २ सय १४ रन बनाएकी थिइन्। अलराउण्ड खेल प्रदर्शन गरेकी उनले ५ विकेट पनि लिएकी थिइन्। फाइनलमा दुई रनमा नै आउट भए पनि त्यसअघिको उनको खेलले सर्वोत्कृष्ट खेलाडी चुनिन् सहयोग भयो। 

फाइनलमा चितवनले दिएको १ सय १३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले २० ओभर पूरा खेलेर अलआउट हुँदै ६७ रन मात्रै बनाउन सकेको थियो। काठमाडौंकी ममता थापाले १३ रन, अप्सरी बेगमले १५ रन साथै ईश्वरी बिष्टले १३ रन बनाए। चितवनकी सुमन खतिवडा र ऋतु कनोजियाले तीन-तीन विकेट लिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिले ब्याटिङ गरेको चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन बनाएकी थिइन्। कप्तान इन्दु बर्माले २२, काजल श्रेष्ठले २१ तथा कन्चन श्रेष्ठले १९ रन जोडेका थिए। उपाधिसँगै चितवनले ७ लाख र उपविजेता काठमाडौंले ३ लाख रुपैयाँ पुरस्कार पाए। 

लिगमा अपराजित रहँदै विजेता बनेको चितवनकी कप्तान इन्दु बर्मा फाइनलमा काठमाडौंले टस जितेर पनि फिल्डिङ रोज्नु गल्ती भएको बताउँछिन्। ‘काठमाडौं हामीसँगै पहिलो खेलमा हारेर पनि निकै राम्रो कमब्याक गरेको थियो, तर फाइनलमा फेरि हामीले हरायौँ। आजको अवस्था हेर्दा टस जितेर पनि पहिले फिल्डिङ गर्नु गल्ती हो कि जस्तो लाग्छ’ उनले भनिन्। 

महिला क्रिकेटमा पहिलो फ्रेन्चाइज प्रतियोगिताको उपाधि जित्न पाउँदाको खुसी ब्याख्या गरेरै नसकिने भन्दै इन्दु भन्छिन्- ‘पहिलो खेलदेखि नै जित्दै आएर हामीले उपाधि नै जित्यौँ, त्यसले असाध्यै खुसी लागेको छ। यो उपाधिको खुसी शब्दमा ब्याख्या गर्नै सकिँदैन, महिला क्रिकेटमा ठूलो प्रतियोगिताको सुरुवात हुनु सबैका लागि खुसीको कुरा हो। धेरै दर्शकको साथ पनि पायौँ। माहोल निकै राम्रो भयो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चितवनकी कप्तान इन्दुले भनेजस्तै फाइनल खेलमा दर्शकको साथ राम्रो रह्यो। चोभार इन्डमा छरिएर रहेका सयौँ दर्शक खेल सकिएसँगै हुटिङ गर्दै मैदानमा नै प्रवेश गरेका थिए। खेलका दौरान पनि दर्शकहरु खेलाडीको नाम लिएरै हौसला दिइरहेका देखिन्थे। महिला खेलाडीको हौसला बढाउन पुगेका पुरुष टिमका खेलाडीहरु पारस खड्का र ज्ञानेन्द्र मल्लको उपस्थितिले दर्शक अझ हौसिएका देखिन्थे। 

खेलपछि मैदानमा नै प्रवेश गरेका दर्शकहरु खेलाडीसँग तस्बिर लिन र कुराकानी गर्न आतुर थिए। नेपाली क्रिकेटमा भइरहेको हरेक गतिविधिसँग जानकार उनीहरु कप्तानबाट राजीनामा दिएका पारस नै राष्ट्रिय टिमको कप्तानमा फर्कनुपर्नेसम्मका नारा लगाइरहेका थिए। महिला खेलाडीहरुसँग पनि प्रत्यक्ष भेटेर नै बधाइ दिन पाइरहेका उनीहरु निकै खुसी थिए। 

यसैले प्रतियोगिताको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा महिला क्रिकेटको विकासमा दर्शकले दिएको साथले पनि आफूहरुको काम सफल भएको खुसी अझ बढेको सुनाउँछन्। ‘राष्ट्रिय स्तरको प्रतियोगितामा यति धेरै दर्शकको साथ पाइनु खुसीको कुरा हो, नेपालमा महिला क्रिकेटको विकासमा यसले पक्कै सहयोग गर्नेछ। राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत पनि धेरै दर्शकले खेल नियाल्नुभएको छ। भविष्यमा अझ राम्ररी अघि बढ्न यसले हौसला दिएको छ’ उनले भने।

अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै सहभागी हुनुपर्ने र वर्षभर खाली रहनुपर्ने महिला क्रिकेटरका लागि खेल्ने वातावरण बनाउन सकेकोमा पनि खुसी छन् छुम्बी। उनी भन्छन्- ‘महिला क्रिकेटरहरु खोज्न मुस्किल हुने अवस्था आउन थालिसकेको थियो। यो प्रतियोगिताले धेरै नयाँ खेलाडीहरुलाई पनि अगाडि देखाएको छ, उनीहरुको खेलले अब राष्ट्रिय टिमको छनोटमा समेत निकै सहयोग हुनेछ।’

प्रबन्ध निर्देशक छुम्बीको भनाइसँग राष्ट्रिय महिला टिमका प्रशिक्षक बिनोद दास पनि सहमत छन्। ‘महिला खेलाडीहरुका लागि प्रतियोगिता खेल्न पाउनु ठूलो अवसर हो। जति खेल्न पाउँछन् उति नै निखारिन्छन्। अहिले देखिएका नयाँ खेलाडीले पनि महिला क्रिकेटलाई फाइदा नै गर्नेछ, यसले राष्ट्रिय टिमसम्म उनीहरुको लागि बाटो बन्ने देखिन्छ’ दासले भने। 

नेपाल क्रिकेट संघ (क्यान) को समेत चुनाव भइसकेको अवस्थामा महिला क्रिकेटको घरेलु प्रतियोगितामा अझ विकास होला कि भन्ने आशमा प्रशिक्षक दास देखिन्छन्। ‘अब त क्यान पनि आएको छ। हेरौँ क्यानले पनि महिला क्रिकेटको विकासका लागि घरेलु प्रतियोगितामा राम्ररी अगाडि बढ्छ नै होला। वर्षमा यस्ता खाले प्रतियोगिताहरु तीन चार वटा भइदिने हुन् भने धेरै सहयोग पुग्नेछ’ उनले भने। 

प्रतियोगितामा चितवन राइनोज र क्याट क्विन्स काठमाडौंसँगै पोखरा पल्टन, ललितपुर फाल्कोन्स, विराटनगर टाइटन्स गरी ५ सहरका नाममा ५ टिम सहभागी भएका हुन्। जसमा हरेक टिममा १४ गरी ७० खेलाडी आबद्ध रहेका छन्। जो २५ हजारदेखि ७५ हजारसम्ममा टिममा आबद्ध भएका थिए। यसले गर्दा एकैपटक ठूलो संख्यामा महिला खेलाडीको क्रिकेट विकासमा सहयोग गरेको प्रशिक्षक दास बताउँछन्। 

चितवनका प्रशिक्षक सामसङ जङ थापा पनि महिला क्रिकेटमा भएको राष्ट्रिय स्तरको फ्रेन्चाइज लिगले क्रिकेटलाई धेरै सहयोग गरेको बताउँछन्। उपाधि जिताएका उनी भन्छन्- ‘महिला क्रिकेटको विकासका लागि यस्ता प्रतियोगिताले धेरै नै सहयोग गर्छ, खेलाडीका लागि खेल्न पाउनुभन्दा ठूलो कुरा अर्को छैन। हामीले त उपाधि नै जितेकाले खुसी अझ बढी छ।’

प्रतियोगितामा चितवनकी कविता गौतम सर्वोत्कृष्ट बलर बनिन्। ५ खेलमा १० विकेट लिएकी उनले २५ हजार रुपैयाँ पुरस्कार पाइन्। चितवनकै काजल श्रेष्ठ उत्कृष्ट ब्याटर बनिन्। ४ खेलमा १ सय ३४ रन बनाएकी उनले पनि २५ हजार रुपैयाँ नै पुरस्कार पाइन्। यस्तै ६ खेलमा ६ विकेट लिएकी काठमाडौंकी बलर ईश्वरी बिष्टले उदयमान खेलाडीको पुरस्कार स्वरुप १५ हजार रुपैयाँ पुरस्कार पाइन्। 

प्रशिक्षक बिनोद दास ‘वुमन्स च्याम्पियन्स लिग’ ले महिला क्रिकेटको विकासमा राम्रो सुरुवात गरेको भन्दै यस्ता प्रतियोगिताहरु वर्षमा चार÷पाँच वटा हुन सके खेलाडीहरु आत्मनिर्भर हुने बाटोमा समेत बढ्न सक्ने बताउँछन्।

बिहीबार फाइनल खेलपछि मैदानमा देखिएको माहोलले पनि थप प्रतियोगिताहरु हुन सक्ने छनक त देखाएकै छ। 

२००७ मा मलेसियामा एसीसी प्रतियोगितामा सहभागी हुँदै अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको नेपाली महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा राम्रो प्रतियोगिता खेल्न पाए। २०१८ को अप्रिलपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सबै सदस्य राष्ट्रबीचको टी २० खेललाई अन्तर्राष्ट्रिय टी २० को मान्यता दिनुले पनि नेपाली टिमको टी २० अनुभव बढाउन यस्ता प्रतियोगिताले सहयोग गर्ने नै छ। 

भिडियो हेर्नुहोस्

थप तस्बिरमा फाइनल खेल

प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्