म्युनिख– युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन महारथी क्लब वायर्न म्युनिखले सानदार जित हात पारेको छ।
म्युनिखले गए राति भएको खेलमा १० खेलाडीमा सीमित टर्किस क्लब बेसिकटासलाई ५–० गोलले पराजित गरेको हो। खेलको १६ मिनेटमा बेसिकटासका डोमागोज भिडालाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान पठाएका थिए। त्यसपछि खेलमा वायर्न हाबी देखियो।
थोमस मुलरले ४३ र ६६ मिनेटमा गरी २ गोल गरे। किन्स्ले कोमानले ५२ मिनेटमा गोल गर्दा रोबर्ट लिवान्डोवस्कीले ७९ र ८८ मिनटमा गोल गरेका थिए।
यो जित वायर्नको लगातार १४ औं जित हो। वायर्नले सवै प्रतियोगितामा गरी लगातार १४ खेलमा जित हात पारेको दोस्रो पटक हो। यस्तै वायर्नले च्याम्पियन्स लिगमा लगातार पाँचौ खेलमा जित हात पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।