लन्डन– स्टार खेलाडी लिओनल मेसीले कीर्तिमानी गोल गरेको खेलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इंग्लिस क्लब चेल्सी र बार्सिलोनाले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले पहिले अग्रता लियो। विलियनले खेलको ६२ मिनेटमा गोल गरेर घरेलु मैदानमा गोलको खुसी मनाए।
तर ७५ मिनेटमा मेसीले बार्सिलोनाका लागि बराबरी गोल फर्काउन सफल भए। आन्द्रेस क्रिस्टिनसेनलको मिस पासमा आन्द्रेस इनिस्टाले बल भेटेका थिए। इनिस्टाले पास उपलब्ध गराएपछि मेसीले गोल गरेका हुन्।
मेसीले चेल्सी विरुद्ध गरेको यो पहिलो गोल हो। यसअघि मेसीले पछिल्ला ८ खेलमा चेल्सीविरुद्ध गोल गर्न सकेका थिएनन्।
अब दोस्रो लेग मार्च १४ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।