एजेन्सी–भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली एकदिवसीय खेलको ब्याट्सम्यानको रेटिङमा २७ वर्ष यताकै उच्च विन्दूमा पुगेका छन्। ९ सय रेटिङ पार गर्ने पहिलो भारतीय खेलाडी बनेका विराटले दक्षिण अफ्रिका विरुद्धको पछिल्लो ६ खेलको सिरिजमा ३ शतक सहित ५ सय ५८ रन प्रहार गरेका थिए।
नयाँ रेटिङमा कोहलीले थप ३३ रेटिङ पाएका छन्। यो रेटिङ दोस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डिभिलियर्स भन्दा ६५ बढी हो। विराटको नयाँ रेटिङ ९ सय ९ छ भने दोस्रो वरियतामा रहेका डिभिलियर्सको ८ सय ४४ रेटिङ छ।
विराटको यो रेटिङ सन् १९९१ पछिको सबैभन्दा बढी हो। सन् १९९१ मा डिन जोन्सको रेटिङ पनि ९ सय ९ नै थियो। एकदिवसीय खेलमा २ सय ८ खेल खेल्दै ३५ शतक प्रहार गरिसकेका कोहलीको औसत ५८.१० छ। विराट एकदिवसीय खेलमा बढी शतक प्रहार गर्न सचिन तेन्दुल्कर भन्दा १५ शतकले टाढा छन्। सचिनले एकदिवसीय खेलमा ४९ शतक प्रहार गरेका छन्।
ब्याटिङमा इतिहासको बढी रेटिङ
भिक रिचार्डस् (वेस्ट इन्डिज) - ९३५ (१९८५)
जाहिर अब्बास (पाकिस्तान) - ९३१ (१९८५)
ग्राग चापेल (अस्ट्रेलिया) - ९२१ (१९८१)
डेभिड गोवर ( इंग्ल्यान्ड)- ९१९ (१९८३)
डिभन जोन्स (इंग्ल्यन्ड) -९१८(१९९१)
जाभेद मिन्डाड (पाकिस्तान) - ९१० (१९८७)
विराट कोहली (भारत) - ९०९ (२०१८)
ब्रायन लारा (वेस्ट इन्डिज) - ९०८ (१९९३)
एबि डि भिलियर्स (दक्षिण अफ्रिका)- ९०२ (२०१५)
हसिम अम्ला (दक्षिण अफ्रिका) - ९०१ (२०१२)
हालको ब्याटिङ रेटिङ
विराट कोहली - भारत -९०९
एबि डि भिलियर्स - दक्षिण अफ्रिका - ८४४
बाबर अजाम - पाकिस्तान - ८१३
जोए रुट - इंग्ल्यान्ड - ८०८
रोहित शर्मा – भारत - ७९९
क्वान्टन डेक कक - दक्षिण अफ्रिका - ७८३
फाप डु फ्लेसिस - दक्षिण अफ्रिका - ७८२
केन विलियमसन - न्युजिल्यान्ड - ७७७
शिखर धवन - भारत - ७६९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।