• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ८, २०८३ Mon, Jun 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेइमार विश्वकै धनी खेलाडी कसरी बने?

64x64
नेपाल लाइभ मंगलबार, फागुन ८, २०७४  १३:३४
1140x725

सन् २०१० को २६ जुलाई, जतिबेला नेइमार अमेरिकाविरूद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै थिए। त्यतिबेला उनको उमेर थियो, १८ वर्ष। 

ब्राजिलको ११ नम्बर जर्सीमा उत्रिएका नेइमारले खेलको २८ मिनेटमा गोल गर्दै सनसनी मच्चाए। त्यो खेल ब्राजिलले २–० ले जित्यो। र, नेइमार रातारात उदाए। 

नेइमार ब्राजिलका यस्ता प्रतिभाशाली खेलाडी हुन्, जसलाई पेलेको हाराहारीमा तुलना गर्ने गरिन्छ। उनले २० वर्षको उमेर मै क्लब फुटबलमा एक सय गोल पुरा गरिसकेका थिए। 

नेइमारको जन्म  ५ फेब्रअरी १९९२ मा साओ पाउलोमा भएको हो। उनका बुबा सिनियर नेइमार पनि व्यावसायिक फुटबल खेलाडी थिए। त्यसैले उनले छोरालाई फुटबल खेलाडी बनाउन कुनै कसर बाँकी राखेनन्। 

नेइमार सानोमा साओ पाउलोको गरिब बस्ति मोगी डास क्रुजेजको खाल्टा–खुल्टी परेको बाटोमा फुटबल खेल्दैँ दिन बिताउँथे। छोराको प्रतिभाबाट परिचित उनका बुबाले सात वर्षको उमेरमा नेइमारलाई ‘पोर्चुगुएसा सान्टिस्टा’ क्लबको युथ क्याम्पमा भर्ना गराएका थिए। 

त्यतिबेला नेइमारका बुबाले उनको प्रशिक्षण र घर खर्च दुबैको आर्थिक भार उठाउनु पथ्र्यो। तर, सन् २००३ मा उनी ब्राजिलको चर्चित क्लब सान्तोषको स्काउटको नजरमा परे।

यसपछि उनको परिवारले दुःख गर्नु परेन्। उनी १५ बर्षको हुँदा क्लबले पारिश्रमिकबापत उनलाई मासिक १० हजार रियास दिन्थ्यो। १६ बर्षमा उनी मासिक १ लाख २० हजार खाने भइसकेका थिए। 

सोमबार मात्र २६ वर्ष टेकेका नेइमार हाल विश्व फुटबलकै सबैभन्दा महंगा खेलाडी हुन्। उनलाई यसै सिजनमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबले विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना क्लबबाट किनेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

नेइमारका धेरै फ्यानहरू यस कुराबाट बेखबर हुन सक्छन्, उनलाई १४ वर्षको उमेरमा रियल म्याड्रिडले ट्रायलका लागि बोलाएको थियो। उनले ट्रायल दिएका पनि थिए। तर, उनको खेल कौशल र क्षमताबाट प्रभावित सान्तोष क्लबले फुच्चे नेइमारलाई म्याड्रिडमा बेच्न चाहेन। हो, यतिनै बेला सान्तोषमा उनको तलब ह्वात्त बढेको थियो। 

नेइमार सन् २००९ मा पहिलोपल्ट सान्तोषको सिनियर टोलीमा समावेश भएका थिए। उनी त्यही बर्ष ब्राजिलियन लिगको उत्कृष्ट युवा खेलाडी पनि घोषित भए। यसपछि उनको खेलको चारैतर्फ प्रशंसा भएको थियो। 

सन् २०१० मा प्रिमियर लिग क्लब वेस्टह्याम युनाइटेडले फुच्चे नेइमारका लागि १ करोड २० लाख पाउन्डको अफर सान्तोष क्लबसमक्ष राखेको थियो। अझ, चेल्सीले त्यसभन्दा बढी रकम खर्च गर्ने इच्छा देखायो। यतिबेला पनि सान्तोषले दुवै इङ्लिस क्लबको प्रस्ताव ठाडैँ अस्वीकार गर्यो। 

सन् १९६१ मा पेलेका लागि पनि सान्तोषले यस्तै रवैया अपनाएको थियो। त्यतिबेला पनि युरोपेली क्लबहरूले पेलेलाई भित्र्याउन भरमग्दुर प्रयास गरेका थिए। तर, ब्राजिली सरकारले नै पेलेलाई राष्ट्रिय सम्पत्ति घोषणा गर्यो। त्यसपछि युरोपेली क्लबको पेलेलाई ब्राजिलबाहिर खेलाउने योजना भताभुंग भयो। 

नेइमारलाई अहिले ब्राजिलमा पेलैकै हाराहारीको खेलाडी मान्नेको कमी छैन। बलमाथि उनको नियन्त्रण, तीब्रता र छलाउने शैलीबाट पेले पनि कायल छन्। त्यसैले पेलेले पहिल्यै भविष्यवाणी गरेका थिए– नेइमार अबको केही वर्षमा संसारकै उत्कृष्ट खेलाडीको रूपमा उदाउँदैछन्। 

त्यसैले उनले २०१० को विश्कपमै नेइमारलाई टिममा राख्न प्रशिक्षक डुंगालाई आग्रह गरेका थिए। तर, डुंगाले अनुभवको कमी भन्दै त्यतिबेला नेइमारलाई राष्ट्रिय टोलीमा राख्न मानेनन्। 

सन् २०१२ को क्लब विश्वकपमा ब्राजिलको सान्तोष क्लब एक्कासी बार्सिलोनासँग ४–० ले पराजित भयो। यसपछि ब्राजिलियन फुटबल संघलाई लाग्यो, नेइमारको क्षमतालाई देशभित्रै बन्धक बनाउनु हुँदैन्। २०१४ मा आफ्नै देशमा आयोजना हुने विश्वकप जित्नु छ भने नेइमारलार्ई युरोपेली फुटबलको अनुभव दिलाउनु आवश्यक छ। फुटबल संघको दबाबपछि सान्तोष क्लब उनलाई युरोप पठाउन राजी भयो। 

नेइमार सन् २०१३ मा ५ करोड ६० लाख पाउन्डमा अर्जेन्टिनाका अर्का स्टार स्ट्राइकर लिओनल मेसीकै क्लब बार्सिलोनामा पाँच बर्षका लागि अनुबन्धित भएका थिए। उनलाई बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याप नेउमा पहिलोपटक सार्वजनिक गर्दा ५७ हजार दर्शक उपस्थित थिए। 

नेइमारसँग तीब्र गतिमा बल कुदाउने र अचानक दिशा परिवर्तन गर्न सक्ने अनौठो कला छ। उनी दुवै खुट्टा उत्तिकै चलाउँछन्।

सन् २०१२ को ओलम्पिकमा पनि नेइमार ब्राजिलको फुटबल टोलीमा थिए। त्यतिबेला ब्राजिलले स्वर्ण जित्न नसक्दा उनको ठूलो आलोचना भएको थियो। तर, उनले २०१६ को ओलम्पिकमा आफ्नो कप्तानीमा ब्राजिललाई स्वर्ण जिताउँदै आफ्नो देशलाई ठूलो गुण लगाए। विश्व कपमा ब्राजिलले ५ वटा उपाधि जितेपनि ओलम्पिकमा यो देश स्वर्णविहिन रहदै आएको थियो। त्यो ‘डेड लक’ लाई तोड्ने काम उनै नेइमारले गरे। त्यसैले अहिले ब्राजिललगायत विश्वमा छरिएर रहेका उनका समर्थक उनको जन्म दिन विशेषरुपमा मनाउन सोसल मिडियामा जुटेर लागेका छन्। 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ
रास्वपाको बन्दसत्र आजलाई स्थगित
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सम्बन्धित सामग्री
राहदानी छपाइमा अनियमितता : थप दुई जना पक्राउ उनीहरूमाथि अनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद लिएको छ । बुधबार, असार ३, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखा... बुधबार, असार ३, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपाको बन्दसत्र आजलाई स्थगित सोमबार, असार ८, २०८३
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्