• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोमानियाका तानाशाह चाचेस्कु, जाे जनताले खान नपाउँदा १० पटक मदिराले हात धुन्थे

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १५, २०७६  ०७:५२
1140x725

काठमाडौं- सन् १९६०को दशकदेखि रोमानियामा निकोलस चाचेस्कुले २५ वर्षसम्म क्रुर शासन चलाए। उनले आफ्नो शासन अवधिभरमा देशका सञ्चारमाध्यमलाई दबाएनन् मात्र, पानी, तेल औषधिमा समेत निरंकुशता लादे।

उनको शासनकालमा हजारौं बिरामी भए। भोकमरीको संकट आइलाग्यो। यस्तो अवस्था आइलाग्दासमेत उनले आफ्ना खुफिया प्रहरी लगाएर मानिसका निजी जीवनमा समेत निगरानी गरे।

चाचेस्कुलाई पूरा रोमानियामा ‘कन्डक्टर’का रुपमा चिनिन थालियो। उनी नेताका रुपमा उदाए। उनकी पत्नी एलिना राष्ट्रमाताका रुपमा घोषणा गरिइन्। जनतालाई सम्मान गर्न बाध्य बनाइयो। 

आफ्नै छायासँग तर्सन्थे रोमानियाली
रोमानियामा भारतका राजदूत रहेका राजीव डोगरा चाचेस्कु बितेको दश वर्षपछि रोमानिया पुगेका थिए। तर पनि मानिसहरूमा उनीप्रति १० वर्षपछिसम्म पनि डर देख्न सकिन्थ्यो।

‘जब म त्यहाँ पुगेको थिएँ मानिसहरू आफ्नै छायामा पनि डराए झैं देखिन्थे,’ राजदूत डोगरा भन्छन्, ‘सडकमा हिँड्दा समेत मानिसहरू पछाडि फर्केर हेर्ने गर्दथे ता कि उनीहरूको पिछा कसैले गरेको जानकारी होस्।’

उनीहरू सार्वजनिक पार्कमा हुँदा समेत कसैले निगरानी गरेको छ कि भनेर सर्तक हुन गर्दथे।

चाचेस्कुको शासनकालमा सञ्चार माध्यममा अनुगमन गर्न एक खुफिया एजेन्ड नै बसेको हुन्थ्यो, जसले सबैप्रति निगरानी गर्ने र उनी समक्ष खबर लैजाने गर्दथ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

घरको चुकुल नलगाउन आदेश
एक रोमानिया महिला कार्मेन बुगानका पिता चाचेस्कुको विरोधी थिइन्। खुफिया प्रहरीले १० मार्च १९८२ मा उनको गाउँमा छापा मार्‍यो। त्यस लगत्तै पाँच वर्षसम्म उक्त घर निगरानीमा राखियो र घरभित्र बोलेका हरेक शब्द रेकर्ड गर्न थालियो।

‘जब म स्कुलबाट घर आएँ, घर पूरै प्रहरीले घेरेको पाएको थिएँ। उनीहरू मेरो घरभित्र खुफिया माइक्रोफोन जडान गरिरहेका थिए,’ कार्मेन बुगानले भनिन्, ‘मेरा आमा-बा चुरोट खाइरहेका थिए र आफ्ना लागि कसैसँग नसोधी कफी बनाइरहेका थिए। किन यस्तो भयो म अनभिज्ञ थिएँ।' 

तर विस्तारै यस्तो हुनुको एउटै कारण उनले थाह पाएको बताइन्। बाले कारबाट चाचेस्कुविरुद्ध पर्चा बाँडेको जानकारी आफूले पाएको उनले बताइन्।

‘उनीहरूले मेरो घरको सबै अन्नपात र खानेकुरा लगे,’ उनले उक्त दिनको सम्झना गरिन्, ‘हामीलाई छिमेकमा पनि कसैले सहयोग गर्ने वातावरण बनेन। हाम्रो परिवार तीन सातासम्म पानीको भरमा जिउँदो रहन बाध्य भयो।’

कार्मेन भन्छिन्, ‘साथै हामीलाई आदेश दिइएको थियो कि जतिसुकै चिसो मौसम भए पनि आफ्नो घरको झ्याल ढोका खुल्ला राख्नु पर्दथ्यो।’

आफू स्कुल जाँदा पनि एक खुफिया एजेन्टसँगै जाने गरेको र स्कुल छुट्टि हुदाँसम्म गेटमा कुरेर घरसम्म सँगै आउने गरेको उनले बताइन्। 

अग्लो देखाउने सोख, श्रीमतीको फर्जी डिग्री घोषणा 
चाचेस्कु मध्यम कदका थिए। उनलाई आफ्नो उचाइमा सधैं हिनताबोध थियो। जसकारण उनले फोटोग्राफरलाई बोलाएर आफ्नो अग्लो कदको फोटो समेत खिचाएका थिए।

उनको उचाई ५ फिट ४ इन्चको थियो। तर, सहरका मानिसहरू उनीभन्दा धेरै अग्लो भएको देखेपछि उनले आफूलाई उच्च देखाउन यस्तो तस्बिर खिचाएर सहरभरि टाँस्न लगाएका थिए।

७० वर्ष कटे पनि उनी आफ्नो बुढ्यौलीपन लुकाउन चाहन्थे। उनी 'म अझै जवान छु र धेरै वर्ष शासन गर्न सक्छु' भन्ने देखाउनका लागि ४० वर्ष हुदाँ खिचेको फोटोमात्र सार्वजनिक गर्न लगाउँथे।

यदि, उनको वास्तविक तस्बिर कसैले सार्वजनिक गरेमा त्यो मृत्युदण्डको भागिदार हुन पर्दथ्यो। निकोलस जस्तै उनकी श्रीमती पनि यस्तै सोखकी थिइन्। एलिना उनको नाम थियो। उनलाई यो सम्म मन पर्दैन थियो कि कुनै सुन्दर महिला उनीसँगै उभिएर तस्बिर खिचुन।

एलिना कयौं विषयमा फेल भएकी थिइन् र १४ वर्षको उमेरमा पढाइ छोडेर हिँडेकी थिइन्।रोमानियाको पहिलो लेडी बनेलगत्तै निकोलसले उनको साथमा रसायन शास्त्रको पिएचडी भएको घोषणा गरे।

उनका लागि नक्कली डिग्री निर्माण गरियो। यसो गर्नुको एउटै कारण उच्चस्तरको देखाउने अहम् नै थियो। 

गर्भपतन निषेध
चाचेस्कु रोमानियाको एक विश्वशक्ति राष्ट्र बनाउने घोषणा बारम्बार गर्दथे। यसका लागि सबैभन्दा धेरै जनसंख्याको आवश्यकता थियो। यसका लागि उनले गर्भपतन निषेध गर्ने नीति अख्तियार गरे।

त्यस्तै पूरै रोमानियामा सम्बन्ध विच्छेदमाथि पनि कडाइ गरियो। सम्बन्ध विच्छेदका कारण जनसंख्या वृद्धि गर्ने आफ्नो लक्ष्यमा असर पर्ने उनको सोचाइ थियो।

दुनियाँको दोस्रो विलासी राजमहल निर्माण
उनी छोटो कदको भए पनि लक्ष्य भने ठूलो थियो र सोख भनि धेरै थियो। उनी विलासी वस्तुमा धेरै मोहित थिए। उनले राजधानी बुखारेष्टमा अर्बौं‌ डलर खर्च गरेर विलासी राजमहल निर्माण गरेका थिए।

‘पिपुल्ड हाउज’ नाम दिइएको उक्त महलको तापक्रम र बिजुलीको खर्च आजको जमानमा पनि लाखौं डलरको हुने गर्दछ। उक्त भवन निर्माण भएको २५ वर्षपछिसम्म पनि घरभित्रका ७० प्रतिशत कोठा खाली नै रहेका थिए।

करिब १५ हजार मजदुर यो भवन बनाउन लागेका थिए। तीन सत्रमा उनीहरूले काम सम्पन्न  गरेका थिए।

चाचेस्कूको जीवनी ‘द लाइफ एन्ड इविल टाइम्स अफ निकोलाई चाचेस्कू’ लेखेका जोन स्वीनीका अनुसार १५ हजार मजदुर काम गर्ने उक्त क्षेत्रमा एउटा पनि शौचालय थिएन।

जसका कारण मजदुरले जथाभाबी दिसा पिसा गर्दथे र जताततै दुर्गन्ध फैलिएको थियो। जब चाचेस्कु अनुगमनका लागि आउने खबर मिल्दथ्यो, मजदुरहरू त्यस क्षेत्रको सफाइ गर्दथे।

एक दिन उनी अनुमगन क्षेत्रबाट बाहिर निस्के, जहाँ अँध्यारो थियो। उक्त अँध्यारोमा उनी दिसामा चिप्लन पुगे र दुवै जुत्तामा फोहर पोतियो।

यो घटनाको छानबिन भयो तर दोषी पत्ता नलागेपछि कसैमाथि पनि कारबाही भएन। 

बीस पटक मदिराले हात धुन्थे 
यो घटना चाचेस्कुमाथि एक प्रकारको व्यंग्य थियो। किनकि उनी सफाइप्रति यति देखाउन चाहन्थे कि जसका कारण दिनमा २० पटक मदिराले हात धुुन्थे।

सोभियत क्याम्पमा रहेका चाचेस्कू अन्तत: सोही क्यापको विरोधी भएर निस्के। उनलाई सोभियत संघलाई तनाब दिन खुब आनन्द मान्दथे।

उनी त्यसैका लागि विश्वका नेताहरूलाई बोलाएर सोभियत संघको आलोचना गर्ने गर्दथे। 

सन् १९६७मा उनले चीनका प्रधानमन्त्री चु एन र १९६७मा अमेरिकी भाबी राष्ट्रपति रिचर्ड निक्सनलाई पाहुना बनाएर सोभियत संघको आलोचना गरेका थिए।

हालै छापिएको किताब ‘हाउ टु बी ए डिक्टेटर’ लेखेका लेखक फ्रैंक डिकोटेरका अनुसार उनको पतनको सुरुवात सोभियत संघको साम्यवाद विरुद्धको विद्रोह दबाउन सहयोग नर्गनु भएको थियो।

सोभियत संघले तत्कालीन समयमा चेकोस्लाभाकियामाथि आक्रमण गरेको थियो र रोमानियाँसग सहयोग मागेको थियो। बुल्गेरिया, पोल्याड र हंगेरीले सोभियत संघको सर्मथन गरेका थिए र आफ्ना सैनिक पठाएका थिए।

प्राग सोभियतमा टैंक घुसेपछि चाचेस्कुले दरबार क्षेत्रमा ठूलो जनसभा गरेर सम्बोधन गरेका थिए।उनले रुसले गल्ती गरेको र यो घटनाले युरोपको शान्तिमा असर पारेको टिप्पणी गरे। उनको यो टिप्पणीपछि रातारात राष्ट्रिय हिरो भए।

जब चाचेस्कु चीन गए उनीले ठूलो सम्मान पाएका थिए। चीनको सांस्कृतिक क्रान्तिलाई देखासिकी गरेर केही सुरुवात गरेका थिए तर त्यसमा पनि उनले सर्तहरू राखेका थिए। 

ठूलो अक्षरमा नाम 
चाचेस्कुले आफ्नो बारेमा धेरै कहानीहरू प्रचलनमा ल्याउने प्रयास गरेका थिए। वास्तविकतामा उनी एक गरिब परिवारमा जन्मेका थिए। विद्यालय खाली खुट्टा जान्थे।

चाचेस्कुले आफ्नो बारेमा धेरै कहानीहरू लेखाएर छपाए। उनले आफ्नो बयानमा रोमानियाको प्रमुख अखबार सिनतियामा रोमानियाको जुलियस सिजर, नेपाललियन, पिटर महार र लिंकन सम्बोधन गर्न लगाइयो।

रासनमा जनतालाई रोक लगाइयो र विदेशमा निर्यात गरियो 
चाचेस्कुको शासन अवधिभर रोमानियाका जनता सधैं भोकमरीसँग संर्घष गर्न बाध्य भए। कुनै पनि सामान लिनका लागि दिनभरजसो लामो लाइनमा उभिनुपर्ने त्यहाँका नागरिकको दैनिकी भएको थियो।

यतिसम्म कि मासु पसलमा लाइन लागेका मानिसहरूले कुखुराको खुट्टा पाउदाँसम्म खुसी हुनुपर्ने अवस्था सिर्जना भयो।

सामान्य खानेकुरा किन्न समेत धौ-धौ थियो। फ्रेन्क डिकोटेर आफ्नो पुस्तक ‘हाउ टु बी अ डिक्टेटर’मा लेख्छन्, 'सबैभन्दा धेरै संकट ऊर्जाको थियो। हरेकका घरमा वर्षौंदेखि नबलेका र जलेका बल्बहरू भेटिन्थे। 

सार्वजनिक सवारी साधानको हालत पनि उस्तै संकटग्रस्त थियो। सातामा आइतबार सवारी चलाउन निषेध गरिएको थियो।

एक पटक उनले औधोगिक ‘बेस’ निर्माणका लागि भन्दै पश्चिमा देशसँग भारीमात्रामा सिप, बच्चा माल र यन्त्रहरू खरिद गरेका थिए। तर, तेलको मूल्य बढ्दा उक्त योजना कार्यान्वयनमा जान पाएको थिएन। १९७९ मा उनको यो योजना असफलतातिर जाँदै गर्दा देश भारी मात्रामा ब्याज चुकाउनु पर्ने अवस्थामा पुगेको थियो।

यस्तैमा एक दिन चाचेस्कुले सबै ऋण एकै पटक चुक्ता गर्ने घोषणा गरे। यसका लागि उनले किफायती कार्यक्रम लागू गरे र आय कम गर्दै निर्यातमा बढाउ दिने घोषणा गरे। यसपछि उनले देशमा उत्पादन भएका अन्न, फलफूल, सब्जी र वाइन सबै विदेशी बजारमा निर्यात गरे।

जनताले खाने खानामा सरकारले निश्चित मात्रा तोक्यो र बिजुलीको खपतमा समेत कटौती गरियो। जसका कारण जनताले पेटभरि खान पनि पाएनन् र चिसो सिरेटीमा पनि बिना उज्यालोमा बस्न बाध्य भए।

यसरी चाचेस्कुले यतिसम्म नियन्त्रण गरेकी आम मानीशको जिन्दगी तहस नहस भयो र उनीहरूको जीवन नर्कझैं भयो। 

पाठ्यपुस्तको पहिलो पन्नामा तस्बिर अनिवार्य
चाचेस्कु व्यक्ति पूजाको महत्वकांक्षी थिए। उनले यसका लागि पाठ्यपुस्तकको पहिलो पानामा आफ्नो चित्र अनिवार्य रुपमा राख्नुपर्ने नत्र सजाय हुने कानुन निर्माण गरे।

उक्त समयमा एउटा मात्र टेलिभिजन थियो। जसमा आधा कार्यक्रम सिर्फ चाकेस्कुको गतिविधि र उपलब्धि भन्न मात्र समय छुट्याउनु पर्ने नियम थियो। यही अवधिमा उनी आफ्नो झुटो र गलत सूचनाहरू सम्प्रेषण गर्दथे।

किताब पसल र म्युजिक पसलहरूमा समेत उनको भाषणको संग्रह अनिवार्य राख्नु पर्ने नियम थियो। नत्र कारबाहीको भागेदार हुनुपर्दथ्यो।

यहाँसम्मकी सडकको नाम परिर्वतन गर्न आवश्यक भएमा पनि उनको सहमति अनिवार्य रुपमा लिनु पर्दथ्यो।

जब कुनै फुटबल टिमको खेल हुन्थ्यो, तब त्यसको निर्णय चाचेस्कुकी श्रीमतीको अधिनमा हुन्थ्यो। उनले तय गरेको टिमले मात्र जित हात पार्नु पर्दथ्यो र उक्त खेलमात्र टेलिभिजनमा देखाउन पाइन्थ्यो। नत्र त्यसका रोक लगाइएको थियो। 

अन्तिम भाषण
१७ डिसेम्बर १९७९ मा रोमानियाका सैनिकले तिमिस्वाराका प्रर्दशनकारीमाथि गोली चलायो। चाचेस्कुको निर्देशनमा भएको उक्त गोलीकाण्डले उनको पतनको बाटो खन्यो।

उक्त दिन सैनिकले गोली चलाएपछि उक्त प्रर्दशन देशभर आगो जसरी फैलियो। २१ डिसेम्बर १९८९ का दिन निकोलाई चाचेस्कुले बुखारेष्टको मध्य क्षेत्रमा रहेको पार्टी मुख्यालयको बार्तलीमा निस्केर जन सभालाई सम्बोधन गरे।

जब उनी भाषण  गर्न थालेका थिए उनको पछाडिबाट सिठीसहित विरोधको स्वर गुन्जन थाल्यो।
उनले माइक लिएर सबैलाई शान्त हुन आग्रह  गरे तर भिड सुन्न तयार भएन। 

कुनै समय उनको आवाज सुन्ने बित्तिकै हलचल नगरी बस्ने जनताहरू आज चर्को स्वरमा बोल्दा पनि शान्त नभएपछि उनी अवाक भए। उनी चिच्चाए र भिडलाई नियन्त्रण गर्ने प्रयास गरिरहे।

उनले फेरी भिडतर्फ हेर्दै भने, ‘शान्त हुनुस् आज के भइरहेको छ?’ 

चेचेस्कुकी पत्नी एलिना अघि सरेर भिड शान्त पार्ने प्रयासमा आइन्। उनको आवाजले पनि भिड नियन्त्रणमा आउनुको सट्टा झन् उग्र भयो।

यही बीचमा उक्त जनसभा दंगामा परिणत भयो।

यो भाषण टेलिभिजनमा लाइभ देखाइएको थियो। जब टेलिभिजनको पर्दा ब्लक भयो  तब जनताले क्रान्तीको सुरुवात भएको महसुस गरे। देशभरबाट जनता सडकमा उत्रे। 

सहरका सरकारी अड्डाहरूका प्रर्दशनकारीको नियन्त्रण देखिन थाल्यो र चाचेस्कुका तस्बिरहरू सहरभरि च्यातिन थाले।

यो विद्रोहलाई दबाउन हर प्रयास चाचेस्कुले गरे। रातभर उनले विद्रोहीहरू माथि निर्मम रुपमा गोली प्रहार गरिरहे तर प्रर्दशनकारीहरू झन् उग्र भएर निस्के।

भोलिपल्ट सेना पनि विद्रोहमा सहभागी भयो। रिसाएका प्रर्दशनकारीहरूले पार्टीको मुख्यालयमा घेर्न सुरु गरे। अन्तत चाचेस्कु र उनकी श्रीमती एलिना हेलिकप्टरमा भाग्ने योजना बनाए।

उक्त योजना अनुसार उनको भवनको छतमा एक हेलिकप्टर आयो। उनी उक्त हेलिकप्टरमा चढ्न भवनको लिफ्टमा पसे। जब उनी लिफ्टमा चढे सेनाध्यक्ष जनरल स्टैन कुलुस्कु  कारमा रक्षा मन्त्रालयतर्फ हिँडे।

उनले आफू हिँडेलगत्तै भवनको सुरक्षा गर्न खटिएकाहरूलाई फिर्ता बोलाउने आदेश गरे।सैनिकहरु उक्त भवनवाट हिँडेलगत्तै उक्त भवन विद्रोहीको नियन्त्रणमा पुग्यो‍। लिफ्टको ढोका तोडेर चाचेस्कु हेलिकप्टरसम्म पुगे।

पाइलटले हेलिकप्टर राजधानी बुखारेष्टको एक खेतमा अवतरण गराए। चाचेस्कु दम्पतीलाई एक अंगरक्षकका साथमा छोडेर उनी फिर्ता भए।

सोही दिन चाचेस्कु र उनकी श्रीमतीलाई गिरफ्तार गरियो। क्रिसमसको दिनमा दुवैमाथि सैनिक अदालतमा मुद्दा दायर भयो। उनीहरुलाई मृत्यु दण्डको सजाय सुनाइयो।

दुवै हात बाँधेर एक भित्तामा उभ्याउँदै अन्तिम इच्छा सोधियो। चाचेस्कुकी श्रीमती एलिनाले दुवैलाई एकैसाथ मार्न माग गरिन्। उनको इच्छा अनुसार नै गोली प्रहार गरी मृत्युदण्ड दिइयो।

यो‍सँगै २५ वर्ष शासन गरेका रोमानियाका निरंकुश तानाशाह निकालाई चाचेस्कुको युग समाप्त भयो। 

(बिबिसी हिन्दीमा प्रकाशित सामग्री नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  ०७:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्