म्यानचेस्टर- इंग्लिस एफए कपमा म्यानचेस्टर सिटीलाई धक्का लागेको छ। सिटी कपको पाँचौ चरणबाट बाहिरिएको छ।
सोमबार राति भएको खेलमा सिटीलाई दोस्रो डिभिजनको लिग खेल्ने क्लब विगान एथलेटिकले १-० गोलले पराजित गरेको हो। विगानको जितमा विल ग्रिग खेलको ७९ मिनेटमा गोल गरेका थिए। त्यसअघि पहिलो हाफको इन्जुरी टाइममा सिटी १० खेलाडीमा सीमित बनेको थियो। सिटीका फाबियन डेल्फलाई रेफ्रीले सिधा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
हारसँगै सिटीको सिजनमा इंग्ल्यान्डका सबै उपाधि जित्ने अभियान सकिएको छ। प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको सिटी सिजनामा तेस्रो पटक पराजित भएको हो। यसअघि सिटीलाई इएफएल कपमा विल्भरह्याम्टम र प्रिमियर लिगमा क्रिस्टल प्यालेसले पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।