• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

यायावर चन्द्रवीरको कविता सफर

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २, २०७६  १८:३८
1140x725

कवि चन्द्रवीर तुम्बापोले केही दिनअघि लेखक सर्कल र साथीभाइलाई ठूलै सरप्राइज दिए। जब फेसबुकमा उनले नयाँ अवतारमा तस्बिर पोस्ट्याए, साथीभाइ चकित परे। 

‘मसँग भएको जम्मा सम्पत्तिको नाममा त्यही कपाल थियो। त्यसलाई पनि उडाएँ,’ तस्बिरसँगै कविले भावुक स्टाटस लेखेका थिए। 

करिब १ दशकको कविता साधना, आन्दोलन र संघर्षको साक्षी थिए उनका कपाल। जुन मेरुदण्डका पुछारसम्म पुग्थे।

भिडमा फरक देखिनु थियो उनलाई। यसकारण २०६८ सालबाट आफ्नो उमेरसँगै कपाल पनि लम्ब्याउँदै लगेका थिए। 

कपाल लम्बिँदै गएपछि साथीहरूले खुब जिस्काउँथे। 

चन्द्रवीर कहिले जगल्टे र कहिले बब मार्लीको उपनाम पाउँथे। 

बब मार्ली भन्दाचाहिँ भित्रैबाट मख्ख हुन्थे उनी।

जट्टा कपाल लिएर उनी कहिलेकाहीँ गाउँ पुग्थे। गाउँमा कसैले धामी भन्थे। कसैले मतवाली, जोगी। कसैसँग त चन्द्रवीर ‘झारफुक गर्छु’ भन्दै ठट्टा पनि गर्थे। 

Ncell 2
Ncell 2
nimb
nimb

जे होस् उनका लागि कपाल एउटा किस्सा थियो, कविता थियो र घटनाहरूको साक्षी थियो।

कपाल काटेपछि भने चन्द्रवीर निकै समय तनाविलो देखिए। आफूबाट टुक्रिएका कपाललाई निकै बेर घोरिएर हेरे। सुम्सुम्याए। कपालमा नाइले कैंचीको धार चलाउँदा उनको आङ नै सिरिङ्ग भयो।

‘कपाल काटेपछि एक किसिमको शोक भयो मेरा लागि,’ चन्द्रवीर भन्छन्।  

Xtrem

Xtrem

कपाल पाल्दा 'काट्' भन्ने साथीभाइ पनि नभएका हैनन्। त्यसलाई उनले सँधै नकार्दै लगे। तर, कपाल काटिसकेपछि भने धेरैको एउटै प्रश्नले उनलाई अँठ्याएको छ-

‘किन काटिस् यति राम्रो कपाल?’

अहिले उनलाई भाइ भन्नेहरूको संख्या पनि बढेको छ। ‘हिजो कपाल पाल्दा कोही तर्सेन्थे पनि म देख्दा। तर अहिले भाइ भन्नेहरू बढेका हुन् कि,’ उनी हाँस्दै भन्छन्।

०००

चन्द्रवीरसँग धेरै किस्सा छन्। कथा छन्। त्यो किस्सा र कथा खोतल्न उनको बाल्यकाल फर्कनुपर्छ। अहिले चर्चित कहलिएका कवि चन्द्रवीरको बाल्यकालमा कवि बन्ने अभिप्सा रत्तिभर थिएन। सपना अर्कै थियो।

'तिमी भविष्यमा के बन्छौ?’

कसैले प्रश्न गर्दा उनको सग्लो जवाफ हुन्थ्यो-गायक। साँच्चै, त्यतिबेला उनको ध्याउन्न गायक बन्नुमा नै थियो।

पाँचथरको फिदिममा उनी नारायण गोपाल, रामकृष्ण ढकाल, नातिकाजी र नवीन के भट्टराईका गीत सुन्दै हुर्किए। स्कुलको पढाइ भन्दा गीत सुन्नमा नै उनको रुचि बढी थियो। 

रेडियो नेपालबाट गुञ्जिने गीतहरूले चन्द्रवीरलाई पनि ‘गा‌ऊँ गाऊँ पार्थे। अनि गाइदिन्थे। कहिले सुटुक्कै त कहिले साथीभाइमाझ। 

एकदिन चन्द्रवीरलाई कसैले भनिदियो- काठमाडौंमा संगीत सिक्न पाइन्छ। 

चन्द्रवीर त्यतिबेला १२ वर्षका थिए। विद्यालयमा सातौं श्रेणीमा पढ्थे।

काठमाडौं भन्ने शब्दले नै उनलाई निकैबेर पछ्याइरह्यो। ‘पाठ्यक्रममा पढेको काठमाडौं कस्तो होला,’ आफैंमा कल्पिन थाले चन्द्रवीर।

त्यसपछि उनलाई लाग्यो- काठमाडौं जान पाए त गायक बनिन्थ्यो। 

अनि सुर कसे काठमाडौं जाने। 

तर कसरी?

खल्तीमा ‘सुक्को’ थिएन। आँखामा बुवाको घडी झुल्कियो। र त्यही घडी चोरेर सदरमुकाममा लगेर बेच्न खोजे। तर, बिक्री भएन। 

निराश हुँदै घर फर्के। बुबालाई थाहा होला कि भन्ने डर थियो। 

बुवा गाउँतिर निस्किएका थिए। चन्द्रवीरले लुसुक्क घडी जहाँको तहीँ राखे। कसैले सुँइको पाएन। 

त्यसको एक हप्तापछि उनलाई घरमा भएको ट्याङ्काको चाबी हात लाग्यो। चाबी आमाको सिरानीमा थियो। उनले चाबीको सहाराले ट्यांका खोले। त्यहाँ आमाको गहना थियो। 

‘यो सुन बेचेपछि त पैसा पाइन्छ नि,’ खुसी हुँदै सोचे।

चन्द्रवीरले सुन झिकेर लुकाउँदै बजार लगेर बेचे। २६ सय रुपैयाँ आयो।

उनका निम्ति त्यो पैसा प्रशस्त थियो। त्यसपछि फिदिमबाट हुइँकिदै चन्द्रवीर गायक बन्न भनेर काठमाडौं पसे।

पहिलोपल्ट काठमाडौं आएका थिए चन्द्रवीर। तर, उनलाई थाहा थिएन संगीत कहाँ सिकाइन्छ भनेर।

रणभुल्लमा परे। कसैसँग चिनजान थिएन। यति ठूलो सहरमा उनले आफू विचल्लित भएको अनुभव गरे। काठमाडौंमा एकजना आफन्त हुनुहुन्थ्यो। उनी सोधखोज गर्दै त्यहीँ गए। झण्डै एक महिना आफन्तकोमा बसे। 

यता गाउँमा चन्द्रवीरको निकै खोजी भएछ। बा धेरै ठाउँ धाएछन्। त्यतिबेला अहिलेजस्तो हात हातमा मोबाइल थिएन। 

छोरा खोज्दै बुबा धनगढी, धनकुटालगायत धेरै ठाउँ पुगेछन्। तर, छोरा भेटिएन। अनि उनी काठमाडौं आएछन्।

बाबुको अन्तिम आशा त्यही थियो। नभन्दै काठमाडौंमा फेला परे चन्द्रवीर। बाले उनलाई घर लिएर गए। गाउँमा जाँदा उनको नाम ‘माइला’बाट परिवर्तन भएर ‘सुनमाइला’ भएको थियो। 

बदलियो सपना 
३ वर्षपछि चन्द्रवीर फेरि काठमाडौं आए। तर, परिस्थिति बग्लै थियो। सपना फरक थियो। पहिलो पल्ट गायक बन्न आएका उनी दोस्रोपल्ट भन्ने कवि बन्ने सपना साँचेर आए।

‘गायक बन्ने सपनाचाहिँ मरिसकेको थिएन, तर कवि बन्ने हुटहुटी बढी थियो,’ त्यो समय नियाल्दै भन्छन् चन्द्रवीर। 

दोस्रो पटक काठमाडौं आउनुको परिवेश पनि अलि भिन्न छ चन्द्रवीरको। 

२०५९ सालमा एसएलसीको रिजल्ट आयो। उनी फेल भए। 

एसएलसी बिग्रिएको केही समयपछि उनी सदरमुकाम फिदिमतिरै अल्झे। त्यहाँ रहँदा उनको संगत कविहरूसँग भयो। 

साथीसंगतकै प्रभावले उनी कवितातर्फ आकर्षित भए। फिदिम रहँदा उनी धेरै साहित्यिक गतिविधिमा संलग्न भए। कविता लेखे। चप्पल पड्काउँदै कविता सुनाउन हिँडे। उनले पहिलो पल्ट कविता लेखे- परदेश भित्रको देश।

कविताका ठ्याक्कै अंश त याद छैन चन्द्रवीरलाई। तर, लेख्न बस्दाको त्यो क्षण याद्गार छन्। त्यसबेलाको सँगत र वातावरणले नै पहिलोपल्ट कविता लेखायो चन्द्रवीरलाई। पहिलो कविता लेखेलगत्तै उनको कवि बन्ने सपना पनि मौलाउँदै गयो। 

सदरमुकाममा केही महिना बसे। अनि २०६१ सालमा काठमाडौं पसे। कवि बनेर उदाए। 

रंगवाद अभियानका सारथी 
उनी काठमाडौं आउँदाताका जनआन्दोलन चर्कँदो थियो। जनताहरू गणतन्त्र प्राप्तिका लागि सडकमा ओर्लिएका थिए। नेपाली साहित्यमा रंगवाद आन्दोलन पनि त्यसै बेलामा चलिरहेको थियो।

आन्दोलनका अभिन्ताहरू थिए- कवि धर्मेन्द नेम्वाङ, स्वप्निल स्मृति...। 

त्यसैक्रममा उनको संगत उनै कविहरूसँग हुन थाल्यो। कवि धर्मेन्द्र नेम्बाङसँग सम्बन्ध बाक्लिएपछि चन्द्रवीर पनि त्यही अभियानमा मिसिए।

त्यो आन्दोलन सत्ताविरुद्धको थियो।

रंगवाद अभियानले उनको साहित्य लेखनमा मलजल गर्‍यो। प्रोत्साहन गर्‍यो, परिवर्तनको लागि विद्रोही चेतना भरिदियो। 

के हो त रंगवाद?
‘रंगवाद भनेको रङको कुरा हो। पृथ्वी अनेकौं रङहरूको जंग हो। रङहरू सतहमा देखापर्नु पर्‍यो,’ चन्द्रवीर भन्छन्, ‘एउटा रङले अर्को रङलाई छेकेको छ। यसको खास उद्देश्य नेपाली साहित्यको निर्माण गर्नुपर्ने थियो।’ 

अभियान जातजातिको कला र सौन्दर्यकेन्द्रित थियो। 

त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्र शाहले व्यवस्था हातमा लिएका थिए। माओवादी जंगलमा बन्दुक पड्काइरहेका थिए। सात दल सडकमा उत्रिएका थिए। देश संसद्विहीन थियो। 

विद्रोहको बिम्बस्वरुप उनीहरूले एउटा अभियान चलाए। उनीहरूले किताबमा पेज उल्टो गरेर प्रकाशन गरेका थिए। ‘गन्ती गर्दा १ बाट सुरु गरेर सयमा टुंगिन्थ्यो भने हामीले सयबाट सुरु गरेर १ मा टुंग्याउँथ्यौं,’ उनी भन्छन्।

यो अधिनायकवादविरुद्ध रचनात्मक विरोध थियो रङ्गवाद अभियानको।

चन्द्रवीरको पहिलो कविता संग्रह पनि त्यस्तै थियो-भिरै भिर रंगै रंग 

‘मेरो किताब आउँदा १ अंक हटाइएको थियो। सयबाट सुरु गरेर २ मा टुंग्याइएको थियो,’ उनी भन्छन्।

जनआन्दोलनताका सक्रिय अभियान अहिले सुषुप्त छ। ‘पछि तितरबितर भइयो। अहिले त्यसरी जुट्न सकिरहेका छैनौं,’ चन्द्रवीर सुनाउँछन्। 

पछि देशमा गणतन्त्र आयो। रंगवाद आन्दोलनले केही प्राप्ति त गर्‍यो। तर, ती नै यथेष्ट नभएको बताउँछन् चन्द्रवीर। ‘केही त पायो। तर यथेष्ट छैन्,’ भन्छन्, ‘एउटा रङले अर्को रङलाई विभेद गरिरहेकै छ। नेपालमा एकल सौन्दर्यशास्त्र छ। आन्दोलनले केही अधिकार त दिलायो। तर हामीले सोचेजस्तो अरु सौन्दर्यशास्त्रको निर्माण हुन बाँकी छ।’

०००

कवितामा जोडिनु चन्द्रवीरको संयोग थियो। संयोगैले उनी रंगवाद अभियानमा सामेल भए। अनि चल्यो कविताको हुटहुटी। त्यो हुटहुटीले कहिलेकाहीँ छहारीको काम गर्थ्यो, शितलता दिन्थ्यो। तर, कैले भने आगो जसरी पोल्थ्यो। 

चन्द्रवीर सम्झन्छन्-काठमाडौंमा आएर संघर्ष गरेका क्षणरू।

त्यतिबेला हप्तामा २ वटा कविता लेख्थे उनी। 

कविता पढ्न सडक र कार्यक्रममा दगुर्थे। यसरी दौंडदा काठमाडौं कहिले विद्रुप लाग्थ्यो। अभाव थियो, त्यही अभावले लेख्न पनि सिकायो चन्द्रवीरलाई।

कविता लेखेपछि छपाउने हुटहुटी हुन्थ्यो। तर, उनको निम्ति कविता छपाउनु त कठोर व्रत जस्तै हुन्थ्यो। 

‘कविता छपाउनकै लागि गरेको संघर्ष पनि कम थिएनन् मेरा लागि,’ चन्द्रवीर सम्झन्छन्।काठमाडौंमा आएर कविताकर्म गरेको एक दशक उकालो लाग्यो चन्द्रवीरको। तर, उनी कविताप्रति यति गम्भीर देखिन्छन्, जति आफ्नै जीवनप्रति छैनन्। 

भन्छन्, ‘कवितामा जान अञ्जानमा लागेँ। जता पनि कुँदे। लगावले गम्भीर हुन थालेँ।’ तर, उनी आफूले कवितामा छुट्टै संरचना बनाउन सकिनँ भन्नेमा असन्तुष्ट छन्। 

आफैंसँग गुनासो गर्दै भन्छन्, ‘हामीले भूपि पढ्यौं, बैरागी काइँला पढ्यौं। हामी भूपिकै संचरना रिपिटेसन गरिरहेका छौं। नयाँ संरचना कोर्न सकेका छैनौं।’

‘बैरागी काइँला र उपेन्द्र सुब्बाको संरचनाबाट म उम्कन सकेको छैन। म आम संरचनाबाट उम्कन खोजिरहेको छु।’

०००

काठमाडौंमा यायावर भएर बाँचिरहेका छन् चन्द्रवीर। उनी जागिर खाँदैनन्। स्वतन्त्र छन्। जागिर नखानुका उनको आफ्नै कारण छ। 

कारण खुलाउँछन्, ‘मेरो सर्टिफकिकेट कुनै जागिरको लागि योग्य छैन। अर्को त म स्वतन्त्र रमाउन चाहने प्राणी।’ 

केही वर्षअघि उनलाई पिहुनमा जागिर खान अफर आएको थियो, साझा प्रकाशनको शाखाबाट।

राजी भएनन्। 

जागिर नखाँदा उनलाई बेला बेलामा पछुतो पनि लाग्छ। तर, खुसी पनि छन्। भन्छन्, ‘यदि जागिर खाएको भए म यति स्वतन्त्र कहाँ हुन्थेँ र!’

उनमा जागिरको भोक छैन। पैसाको मोह छैन। छ त केवल कविता र सिर्जनाको। यही भोकले उनको अरु भोकलाई मेटाइदिएको छ।  र त सिर्जना समाजसँग जोडिने समाजकै सम्पत्ति ठान्छन् उनी। भन्छन्, ‘सिर्जना समाज चिनाउने विषय हो।’ 

सिर्जनाले समाज र पहिचान दिलाउने कुरामा उनी विश्वस्त  छन्।

‘उत्तरको मानिसलाई दक्षिणको मानिसले कसरी चिन्छ, संस्कृतिको कसरी पहिचान आउँछ, सिर्जनाले हैन?’ उनी प्रतिप्रश्न गर्छन्। 

‘यसकारण कविता लेख्नु भनेको आफू जीवित हुनुको प्रमाण हो’ भन्छन् उनी।

०००

कवि चन्द्रवीरलाई ६० को दशकपछिको नेपाली कवितामा बलियो हस्तक्षेप मान्नेहरू पनि छन्। यद्यपि, उनी आफैं भने सहमत भइहाल्दैनन्। आफू अझै पनि कवि बन्ने प्रयत्नमा रहेको बताउँछन्। ‘कवि हुन त दशकौंको साधना चाहिँदो रहेछ। संग्रह निकाल्दैमा कवि नबनिँदो रहेछ,’ भन्छन्, ‘म कवितामा नेपाली आइडिया खोजिरहेको छु।’

‘कवि हुनु भनेको आफू विरुद्धको खराबीसँग संघर्ष गरेर परास्त गर्नु हो। राम्रो कविता मात्र लेखेर हुँदैन। कवि स्वयम् खराबीबीच लड्छ कि लड्दैन?’

उनी स्वीकार गर्छन्,  ‘म कविता जस्तो हुन सकेको छैन। संघर्षरत छु। कवि सधैं प्रतीपक्षम भएर उभिनुपर्छ। समाजको खराबीलाई पखाल्ने स्वभाव कविमा हुनुपर्छ।’ 

 संग्रहको तयारी 
कुनै समय थियो। कार्यक्रममा हिँडेरै कवि चन्द्रविरले कयौं जोर चप्पल फटाए। तर, समय परिवर्तन भइसकेको छ। आजभोलि उनी कार्यक्रममा त्यति झुल्कदैँनन्। कोठामै लेखपढ गरेर बस्छन्।

कविता छाप्नमा उतिसारो सोख पनि राख्दैनन्। साथीभाइको लगातारको दबाबपछि मात्र कविता छपाउन तयार हुन्छन्। उनको मनसाय छ, ‘हरेक कुरामा नयाँ पुस्तालाई स्थान दिऊँ।’

भन्छन्, ‘कुनै दिन जति दौडधूप गर्दा पनि कविता छापिन्न थ्यो। खुब संघर्ष गरिन्थ्यो। सुरुवाती दिनमा निकै तड्पिनु पर्‍यो। अहिले सम्झँदा लाग्छ मैले त नयाँ पुस्तालाई पो अवसर दिनुपर्छ।’

उनी अहिले लेखपढ र नयाँ कुरा सोचेरै दिन बिताउँछन्। मुड आएको बखत कविता लेख्छन्।  नयाँ संग्रह निकाल्नुपर्‍यो भन्दै दबाब आइरहेको छ। 'निकाली हालूँ' कि भन्ने सोच पनि बनाइरहेका छन् चन्द्रवीर।

लुकेको पाटो
कविताका मात्र गर्दा अपूर्ण हुन्छन् चन्द्रवीर। चन्द्रवीर सधैं छातिमा टाँसेर हिँड्ने लुकेको पाटोका विषयमा जानकार कम मात्र होलान्। त्यो हो–प्रेम।

‘त्यो बेलामा खुब भौंतारिएँ प्रेमका लागि,’ सम्झन्छन् चन्द्रवीर। 

मावली गाउँकी दिदीकी साथी थिइन्। उनीसँग प्रेम बस्यो चन्द्रवीरको। आफूभन्दा जेठी थिइन् उनी।

एकपटक मामाघरमा केही दिन बसेका थिए चन्द्रवीर। मामाको छोरीले हुलाकी बनेर चिठ्ठी ल्याएकी रहिछन्। 

चन्द्रवीरले पाएको प्रेमपत्र थियो त्यो। चिठ्ठी खोल्दा उनको हात काँपेको थियो। डरले उनी अतालिएका थिए। 

प्रेमपत्र पढे। अनि भित्रभित्रै रोमाञ्चित भए। 

अनि चिठ्ठीको प्रतिक्रिया लेख्न थाले।

तर, चन्द्रवीरलाई चिठ्ठी लेख्न आउँदैन थियो। कान्छो मामाको प्रेमपत्रको थाक थियो मामाघरमा। त्यसैबाट सारेर उनले प्रेमिकाको पत्रको जवाफ फर्काए। 

पछि विस्तारै पत्रहरू आदानप्रदान भइरहन थाले।

त्यो बेला एउटा चिठ्ठी हातमा पुग्न १०/१२ दिन लाग्दथ्यो। ‘चिठ्ठी आएको दिन कतिपटक पढ्थें पढ्थें,’ चन्द्रवीर सुनाउँछन्, ‘त्यो समयको खुुसीको वर्णन गर्नै सकिन्न।’

प्रेमिकाले लेखेर पठाएको पत्रको सायरी उनी अझै पनि सम्झी बस्छन्-

तिरीमा तिरी मुरली बज्यो नारायणीहिटीमा
पहाडी ठाउँमा टेलिफोन छैन बात मारौं चिठ्ठीमा 

‘जब म नारायणहिटी आसपास पुग्छु, यो सायरीले मेरो मुटुमै घोच्छ,’ चन्द्रवीर भावुक देखिन्छन्।

पहिलो पटक तेह्रथुमको गुम्बामा भेट भएको थियो उनीसँग। त्यतिबेला चन्द्रवीरको आँखाले उनको मुस्कान कैद गरेको थियो।

‘त्यो मुस्कान अझै मेरो आँखामा बसेको छ,’ कवि नोस्टाल्जिक बन्छन्।

तर, चन्द्रवीरको प्रेम हुर्कन नपाई भाँचियो। 

ती प्रेमिकाको बिहे अर्कैसँग भयो। बिहे भएको ७ दिन पछि मात्र थाहा पाए चन्द्रवीरले। 

प्रेमकै वियोगले चन्द्रवीरको एसएलसी बिग्रियो। उनी डिप्रेसनमा गए। आत्महत्याको बाटोबाट चाँहि जोगिए।

विस्तारै उनको जीवनले एउटा लय पक्रियो। कविताको लय। अनि खुसी हुने नयाँ नयाँ बाटो त्यसैमार्फत् पहिल्याए।

०००

चन्द्रवीरलाई लाग्छ- प्रेमविहीन मानिस बाँच्न सक्दैन। 

जीवनका यात्रामा गर्दै जाँदा थुप्रै आए प्रेमिका बनेर। यसरी आउने जाने क्रम चलिरह्यो।

समयक्रमसँगै उनको बुझाइ बन्यो- एकैपटक एकैजनासँग मात्र मानिसको प्रेम हुँदैन। 

र त अरुसँग पनि प्रेम बस्यो। यद्यपि, पहिलो प्रेमजतिको गाढा हुन सकेन। 

वर्षौं बितेछ, चन्द्रवीरको पहिलो प्रेम बसेको। पहिलो प्रेम पत्र लेखेको। अनि प्रेमिकाले थाहै नदिइ अर्कैसँग बिहे गरेको।

तर चन्द्रवीरलाई उनको याद अझै ताजै छ। उनी सम्झन्छन् पहिलो प्रेमिकासँग हात समाएर घुमेका भूगोलहरू। 

सायद, उनको आँखामा ती दृश्यहरू गढी बसेका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्