(एजेन्सी)– भारतमा क्रिकेटरले खेलेर वा विज्ञापन मार्फत करौडौं रुपैयाँ कमाउँछन्। तर, यो धेरैलाई थाहा नहुन सक्छ, भारतीय क्रिकेटमा यस्ता खेलाडी पनि छन्, जो कमाइको आधा भाग मानवीय कार्यमा खर्च गर्छन्। यस्ता क्रिकेटरमा सबैभन्दा अगाडि छन्, सचिन तेन्दुलकर। उनी क्यान्सर पीडित र बच्चाको शिक्षामा आफ्नो आम्दानीको पैसा खर्च गर्छन्। उनी कमाइको केही भाग अभावमा रहेका खेलाडीका लागि पनि खर्च गर्छन्।
यस्तै, गौतम गम्भीरले सिपाहीका बच्चा पालेका छन् र उनी यी केटाकेटीको पढाइमा पूरा पैसा खर्च गर्छन्। उनले सिपाहीलाई पनि सहयोग गर्दै आएका छन्।
वीरेन्द्र सहवाग पनि विपतमा परेका मानिसलाई सहयोग गर्ने खेलाडीका रुपमा चिनिन्छन्। एकपटक उनले आफ्नो स्वेटर लिलाम गरेर गरिबलाई कम्बल दान गरेका थिए। उनले भनेका थिए, ‘हामी आफ्नो घर परिवारको सदस्यलाई मात्र ध्यान दिन्छौं। सडकमा बस्नेहरुतर्फ हाम्रो ध्यान जाँदैन्।’ उनी हल्ला नगरी दान गरेको कुरामा विश्वास गर्छन्।
राहुल द्रविड पनि नशाको लतमा लागेका युवालाई यसबाट मुक्त गराउने अभियानमा सक्रिय छन्। उनले थुप्रै केटाकेटीको शिक्षाको जिम्मेवारी पनि लिएका छन्।
यस्तै, महेन्द्रसिंह धोनी झारखण्डका स्थानीयवासीको उन्नतिका लागि पैसा खर्च गर्छन्। जब कसैलाई उनको आवश्यकता पर्यो, उनी त्यहाँ उपस्थित भइहाल्छन्। भारतीय टिमबाट खेल्ने सपना देखेका केटाकेटीलाई उनी फुर्सदको समय क्रिकेट सिकाउँछन्।
रोहित शर्मा पनि दान गर्नुमा निकै गर्व मान्छन्। उनी गरिब व्यक्तिलाई सहयोग गर्न सधैं तत्पर देखिन्छन्। धेरैपटक उनी मानिसहरुलाई सहयोग गर्दै गरेको देखिएका छन्। टिम इन्डियाका कप्तान विराट कोहली मैदानमा सधैं आक्रामक देखिन्छन्, तर उनको मुटु कमलो छ। कोहली पनि हल्लाखल्ला नगरी कमाइको ठूलो हिस्सा दान गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।