• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ८, २०८३ Mon, Jun 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

फुटबलका सौखिन थिए राजा त्रिभुवन

64x64
नेपाल लाइभ मंगलबार, फागुन ८, २०७४  ०४:३५
1140x725

सालः २००८ 
स्थानः सिंहदरबार मैदान

२००७ सालको क्रान्ति सफल भएपछि पहिलो पल्ट नेपालमा लिग फुटबलको आयोजना हुँदैथियो, जानकी कप। त्यतिबेला न्युरोड टिम (एनआरटी) जनताको क्लब भनेर चिनिन्थ्यो। एक दिन एनआरटी लिग खेल्न मैदानमा उत्रिँदै थियो, एनआरटीको खेलमा रेफ्रीले झेली गरेको भन्दै मैदानबाहिर ‘चकलेट रेफ्री चाहिँदैन, झेली गर्न पाइँदैन’ भन्दै ठूलो हुटिङ भएछ। 

त्यो खेल हेर्न न्युरोड वरिपरिका बासिन्दा सिंहदरबार पुगेका थिए। त्यतिबेला नेपाल पुलिसका आइजिपी थिए, नरशमशेर। 

वास्तवमा त्यो लिग सुरु भएको थियो, उनकै सक्रियतामा। तर, मैदानमा खेल बिथोल्न ठूलै होहल्ला भएपछि उनी पनि के कम! एनआरटी समर्थकलाई डन्डै डन्डाले हिर्काउन लगाएर केही खेलाडीलाई कोचिदिएछन्, हिरासतमा। 

नरशमशेरको यो हर्कतबाट एनआरटीका खेलाडी लगायत पदाधिकारी आक्रोशित मात्र भएनन्, आन्दोलित नै भए। नरशमशेरको उजुरी बोकेर राजा त्रिभुवनलाई भेट्न जाने निधो भएछ। र, सोही अनुसार एनआएरटीका खेलाडी समरबहादुर मल्ललगायत केही पदाधिकारी त्रिभुवनलाई भेट्न राजदरबारस्थित त्रिभुवन सदन पुगे। सुरुमा यिनीहरुलाई लागेछ– राजाको अगाडि कसरी आफ्नो भनाइ राख्ने। केही अलमल र दुविधामा त्रिभुवन सदन पुगेका यी सबै त्यतिबेला छक्क परे, जब उनीहरुसँग त्रिभुवनले साथीजस्तै व्यवहार गरे। 

नरशमशेरको गुनासो बोकेर गएका सबैलाई त्रिभुवनले सुरुमै चुरोट ‘अफर’ गरेछन्, ‘पिउँ पिउँ’ भन्दै। उनी चुरोट बाँड्दै सल्काउन आफै सलाइको बट्टा बोकेर आइपुगे। सबै अलमलमा परे– पिउँ भने राजाको अगाडि कसरी पिउने? नपिउँ भने राजाको अपमान हुने। द्धविधाकै बीच सबैले चुरोट सल्काएछन्। 

त्यसपछि सबैले नरशमशेरको उद्दण्डताको उजुरी गरे, राजा त्रिभुवनसँग। यो सुनेर त्रिभुवन मुसुक्क हाँसेछन्। र, भनेछन्, ‘म उसलाई भन्छु। सम्झाउँछु।’ यसपछि फुटबल काण्डमा समातिएका एनआरटीका सबै खेलाडी रिहा भए। 

यो घटनाका प्रत्यक्षदर्शी समरबहादुर मल्ल अहिले पनि सम्झन्छन्, त्रिभुवन फुटबलमा निकै सोख राख्थे। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यतिमात्र होइन, राणाकालमा उनको छुट्टै फुटबल टोली थियो, दरबारभित्र। उनले दरबारका हट्टाकट्टा सेनालाई जम्मा पारेर, बलियो फुटबल टोली गठन गरेका थिए। १९९० सालपछि नारायणहिटी राजदरबारभित्र राजा त्रिभुवनसँग फुटबल खेलेका स्वर्गीय रविशमशेर राणाले ६ वर्षअघि मलाई (२०११ सालको नागरिक पत्रिका) दिएको अन्तर्वार्तामा भनेका थिए, ‘उहाँ (राजा त्रिभुवन) को खेल राम्रै भन्नुपर्छ। सेन्टरबाट खेल्नुहुन्थ्यो।’

कंलकी नजिकै रहेको रवि भवन भन्ने ठाउँ उनकै घरको नामबाट स्थापित भएको थियो। रविशमशेर प्रधानमन्त्री जुद्धशमशेरका छोरा हुन्। 

जुद्धशमशेर प्रधानमन्त्री भएकै बेला एकपल्ट नरशमशेरको नेतृत्वमा जुद्धशमशेरका छोराहरु नीरशमशेर, मीनशमशेर, रविशमशेरहरु फुटबल खेल्न नारायणहिटी राजदरबार पुगेका थिए। 

त्यो खेल हेर्न जुद्धशमशेर आफैँ उपस्थित थिए। एकपल्ट त्रिभुवनले उनीहरुको गोलपोस्टमा गोलका लागि दह्रो प्रहार गरेका रहेछन्। तर, गोलकिपरले च्याप्प बल समातेछ। राजा त्रिभुवनको प्रहार गोलकिपरले त्यसरी रोकेको जुद्धशमशेरलाई मन परेनछ। उनले माथिबाटै हप्काएछन्, ‘ए, बल किन रोकेको?’

त्रिभुवनसँग थुप्रै पल्ट दरबारमा फुटबल खेलेका स्वर्गीय नीरशमशेरको पनि अनुभव थियो, ‘उहाँ जर्सी र जुत्ता लगाएर खेल्न आउनुहुन्थ्यो।’ (नीरशमशेरसँग २०१३ मा अन्न्पूर्ण पोष्ट्को अन्तर्वार्ता)। 

खासमा त्रिभुवनको फुटबलमोहकै कारण नरशमशेरले आफ्नो फुटबल टोलीको नाम राजा त्रिभुवनको नामबाट नरेश–११ राखेका थिए। यो टोलीले २००४ सालको अनाधिकृत लिग जितेको थियो। 

२००८ सालमा लिगसँगै नकआउट फुटबल प्रतियोगिताको पनि आयोजना भएको थियो। नकआउट फुटबलको सिल्ड नै त्रिभुवनले उपलब्ध गराएका थिए। त्यसैले त्यो प्रतियोगिताको नाम त्रिभुवन च्यालेन्ज सिल्ड राखिएको थियो। 

२००८ सालमा पहिलो पल्ट भएको त्रिभुवन च्यालेन्ज सिल्डको उपाधि जलेश्वरले जितेको थियो। 

२०११ फागुन ३० गते स्विट्जरल्यान्डको ज्युरिचमा निधन हुनुपूर्व त्रिभुवन नेपाली फुटबल हेर्न प्रायः मैदानमै पुग्थे। 

‘२००८ सालतिर महावीर क्लबबाट गोलकिपरका रुपमा मैदानमा थिएँ, राजा त्रिभुवन चकित पर्नुभएछ,’ महावीरका पूर्व गोलरक्षक शंकरबहादुर केसी सम्झन्छन्। २००७ सालको प्रजातान्त्रिक आन्दोलन अघिसम्म शंकर राजा त्रिभुवनको खबरियाका रुपमा सक्रिय थिए। 

उनले नै त्रिभुवनबाट आन्दोलनरत सुवर्णशमशेर राणा र बिपी कोइरालालाई एकजुट भएर राणाविरोधी आन्दोलन सुरु गर्न दिएको सुझाव बिपीहरुमाझ पुर्याएका थिए। 

२००१ सालतिर सिंहदरबारमै आयोजना भएको फुटबल प्रतियोगितामा एनआरटीका होराप्रसाद जोशीलाई देखेर त्रिभुवन चकित परेका थिए। ठूलो पावरको चमामा फुटबल खेलिरहेका होरा त्यतिबेला कुद्न माहिर मानिन्थे। घरिघरि खस्ने चश्माको कारण असजिलो महसुस गरेका होरालाई खेल सकिएपछि त्रिभुवनले सल्लाह दिएछन्, ‘चश्माको दुईतिरै डोरीले बाँधेर खेल।’ यो घटना होराले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्। 

२००८ सालमा आफ्ना खेलाडी छुटाउन डेलिगेसन गएका एनआरटीका पूर्व खेलाडी समरबहादुर मल्ल त्रिभुवनलाई फुटबलका सोखिन राजा मान्छन्। २००९ सालमा नेपाली खेलकुद विकासका लागि जावलाखेलस्थित नरडेरामा आयोजना भएको पहिलो बृहत छलफल कार्यक्रमा पनि त्रिभुवन सहभागी थिए। 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  ०४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ
रास्वपाको बन्दसत्र आजलाई स्थगित
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सम्बन्धित सामग्री
राहदानी छपाइमा अनियमितता : थप दुई जना पक्राउ उनीहरूमाथि अनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद लिएको छ । बुधबार, असार ३, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखा... बुधबार, असार ३, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
रास्वपाको बन्दसत्र आजलाई स्थगित सोमबार, असार ८, २०८३
राहदानी छपाइ ठेक्का प्रकरण : विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा काँग्रेस सभापतिले ओढाए पार्टीको झन्डा सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्