• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बाले छरेका काव्यबीज    

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २, २०७६  ११:२३
1140x725

बाल्यकालदेखिकै मेरो  सपना थियो– जीवन साहित्यमै समर्पित गर्ने। अध्ययनको वातावरण घरमा पर्याप्त थियो। मेरो पारिवारिक पृष्ठभूमिनै कवितामय थियो।

मेरा पिता पेसाले शिक्षक। पूर्वी तेह्रथुमको आठराईस्थित चुहानडाँडा गाँउमा उहाँको प्रतिष्ठा उच्च थियो। पढाउनबाहेक उहाँ कविता लेख्न र साहित्यमा रम्न उस्ताद! उहाँले लेखेका थुप्रै कविता भाका हाली हाली पढ्थें म।

घरभरि किताबै किताबको चाङ। बाको संगतले मभित्रको साहित्यप्रेम गाढा भएर आयो। 

नेपाली, अङ्ग्रेजी, हिन्दी भाषाका किताबको थुप्रो थियो घरमा। मलाई पढ्ने वातावरण उपयुक्त थियो। सानै उमेरमा मैले केही राम्रा पुस्तकको अध्ययन गर्ने अवसर पाएँ। बासँग साहित्यबारे कुराकानी चलिरहन्थ्यो। उहाँका कविता मधुपर्कमा छापिइरहन्थे। ५०को दशकतिर ठूलो बुबा खगेन्द्र थपलिया ‘मधुपर्क’को कार्यकारी सम्पादक हुनुहुन्थ्यो।

त्यति बेलासम्म मेरो काम पढ्नेमात्र हुन्थ्यो। स्कुलका गृहकार्य र परीक्षामा बाहेक लेख्न थालेकी थिइनँ। एकदिन अनौठो घटना भयो।

हिउँदको बेला। आँगनमा सुकुल बिछ्याएर बा, म, दाजु र दिदी पारिलो घाम ताप्दै थियौं। हामी स्कुलको होमवर्क पनि गर्दै थियौं। बा पारिजातको ‘शिरीषको फूल’ तेहेर्‍याएर पढ्दै हुनुहुन्थ्यो। त्यतिनै बेला उहाँले हामीलाई कविता लेख्न अनुरोध गर्नुभयो।

शीर्षक पनि दिनुभयो ‘मेरो देश नेपाल।’ 

मनमा हठात् बिजुली चम्किएजस्तो भयो। त्यो अनुरोध नकार्न सक्नि थिएँ। जीवनमा पहिलोपल्ट मैले कविता लेखेँ। अक्षरहरू खेलाउन सुरु गरेँ। हामी तीनै जनाले बालाई कविता देखायौं। कविता हेरेको केही बेरपछि बाको प्रतिक्रिया सकारात्मक नै आयो। म ९ वर्षकी थिएँ। त्यो क्षण मेरो कविता कर्मको लागि एकदम अविष्मरणीय छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि मभित्र कविता लेख्ने औधी रहर पलायो। एकैछिनको घटनाले मभित्र कविता मोह जागृत भयो। कविताले मलाई चुम्बकलेझैं आकर्षित गर्न थाल्यो। सुख दुःखको साथी बन्यो कविता लेखन। विस्तारै स्कुलमा हुने कविता प्रतियोगितामा भाग लिन थालेँ। त्यसरी भाग लिएका सबैजसो ठाउँमा एउटा न एउटा स्थान त जमाइहाल्थेँ। त्यतिबेला कहिल्यै असफल हुनुपरेन। कविताप्रतिको मेरो लगाव देखेर बा औधि खुसी हुनुहुन्थ्यो। 

प्रायजसोः पुस्तकालय छिर्थें। गाँउको पुस्तकालयमा पुराना किताब धेरै थिए। पढाइ र कविता सँगसँगै अघि बढाउन थालेँ। बाल्यकालमै पढाइ र कविता एक अर्काका पर्याय बन्न पुगे मेरा लागि। मैले प्राप्त भएजति कुनै पनि मन परेका किताब पढ्न छुटाइनँ। कसरी राम्रा कविता लेख्ने र सबैको स्याबासी बटुल्ने भन्नेमा मन जान्थ्यो। स्कुलको गृहकार्य कतिबेला सकौं र कविता लेख्न बसौं भन्ने छट्पटीले  सताउँथ्यो।

यसैबीच, एकदिन लेखेका सबै कविता डायरीमा सार्ने र नयाँ कविता त्यसैमा लेख्दै जाने विचार आयो। आफ्ना सिर्जना कसरी पछिसम्म जीवन्त राख्ने भन्नेमा मेरो ध्यान थियो। त्यसपछि मैले प्रत्येक कविता डायरीमा लेख्न थालेँ। कविता लेखेपिच्छे बालाई डायरी देखाउँथे। उहाँको सुझावअनुसार सिर्जनात्मक कमी कमजोरी सुधार्दै जान्थें।  विस्तारै मेरो निम्ति आदत बन्दै गयो कविता लेखन।

अब मेरो ध्यान पाठयक्रमबाहेकका पुस्तकमा बढी जान थाल्यो। गृहकार्य गर्नेभन्दा कविता लेख्नमा तल्लीन रहन थाले मँ। किशोर अवस्थाको मझधार। मनभरि रुमानी भावोच्छलन। जतिबेलै लेखिरहूँजस्तो लाग्ने।  तारा चम्किँदा पनि कविता लेखुँजस्तो। भुइँकुहिरो उड्दा, पानी पर्दा, घाम लाग्दा, गुँरास, गुलाब अनि अन्य फूलहरू फूल्दा, आकाश गड्गडाउँदा, नदी कलकलाउँदा, वसन्तको पालुवामय आगमन हुँदा, हिँउदको बेला सेताम्मे हिँउले डाँँडाकाँडा ढाक्दा, गरिबीले छट्पटाउँदा, जो कोही पीडामा हुँदा अनि खुसीमा मुस्कुराउँदा, कसैको मर्मस्पर्शी प्रेम कथा थाहा पाउँदा। 

Xtrem

Xtrem

यस्तै दृष्यले मेरो काव्यिक मनलाई खुब झक्झक्यायो। कतै सुनेका शब्द, कतै देखेका दृश्यले मनभरि कविता पोखेर जान्थे। ती छताछुल्ल भावलाई समेटेर मैले कविताको आकार दिएँ। मैले कहिलेकाहीँ त दिनमा पच्चीस वटासम्म लेख्थेँ। खासमा त्यो उमेर नै जोसिलो थियो। जस्तो लेखे पनि लेख्नुमा नै बन बहलिन्थ्यो।

जतिबेलै कविता सोचिरहन्थेँ। उथलपुथल भावनाहरू डायरीमा नउतारेसम्म उखरमाउलो मच्चिन्थ्यो मस्तिष्कमा। अनि म मेरो सपनाको रमाइलो संसारलाई अक्षरमा उतारिहाल्थेँ। त्यतिबेला भोक तिर्खा अनि बाहिरी दुनियाँको कुनै वास्ता हुँदैनथ्यो। कविता लेखन पनि एक किसिमको नसा नै रहेछ। बिस्तारै कविताबारे बुझ्न थालेँ। अनि कविताको सङ्ख्या घटाउँदै लगेँ।

म विधामा  पनि चलाउँछु कलम। यद्यपि, कविता विशेष लाग्छ। साहित्यिक इतिहासमा कविताको बेग्लै उचाइ छ।

मैले कविता लेख्न थालेपछिको जिन्दगीमा अनेकन घटना आए। लाग्छ, मनमा उकुसमुकुस भएका भावनाहरू बिर्सजन गर्न यो बाहेक अर्को कुनै शीतल चौतारी छैन। ख्याल ख्यालमा कविता यात्रामा लागेँ। फर्केर हेर्दा २ दशक पो बितिसकेछ।

बिस्तारै बुझ्न थालेँ कि सुतेपछि देखिने सपना त भ्रम रहेछ। वास्तविक सपनाले त सुत्नै दिँदोरहेनछ। अक्षहरूसँग भेटेर आत्मालाप गर्ने सपनाले सधैं झक्झकाउँदो रहेछ। बाल्यकालदेखिनै प्रकृति प्रेमी म। प्रकृति कविताको बिम्ब लाग्थ्यो सधैं। त्यही बिम्ब मेरो सपनाको एउटा अंश थियो। जुन निरन्तर लयमा अघि बढिरहेको छ।

जीवनमा पढाइ लेखाइ दैनिकीनै थिए। जन्मथलोमै बसेर धेरै पुस्तक पढ्ने अवसर पाएँ। प्राप्त भए जति सबै कृति पढेँ। पुस्तकको अध्ययन, प्रकृति, जीवनयात्राको आयाम र भोगाई मलाई कवि बन्न झक्झक्याउने विषयवस्तु हुन्।

अङ्ग्रेजी साहित्य पढेपछि म रोमान्टिक कविहरूबाट प्रभावित भएँ। अहिले मलाई रोमान्टिक कविता लेख्न विशेष रुचि लाग्छ। जीवनमा आफैं प्रेममा परेपछि भने प्रेम कविताहरू अंकुराउन थाले। म स्वयम् रुमानी कवितामा अनुवादित भएँजस्तो लाग्यो। वर्डस्वर्थले कविताको बारेमा राखेको विचार मलाई एकदम मर्मस्पर्शी लाग्छ। 

उनी भन्छन्, ‘कविता शक्तिशाली भावनाको स्वतःस्फूर्त अभिव्यक्ति हो। एकान्त यसको जननी हो।’ जर्बजस्ती लेखेको कविताले लेखक र पाठक दुवैलाई आनन्द दिँदैन। लेख्नु सजिलो काम होइन। अक्षर, शब्द, वाक्य र भावनाको जोड घटाउ हो यो। अझ कवितामा लेखन शिल्पी झल्किइरहेको हुन्छ।

यो कोमल भावनाको आलेख हो, जसले संसारका सबै कुनामा आफनो दृष्टि छरिराखेको हुन्छ।

मलाई जीवनमा कविता उपहार दिने कवि बाले मलाई छोडेर गइसक्नुभएको छ। उहाँको अधुरो सपना पूरा गर्नु मेरो जीवनको प्रमुख लक्ष्य बनेको छ।

किनकि, उहाँले आफनो सपना मलाई हस्ताण्तरण गर्नुभएको छ। यही सपना मेरो काव्यिक यात्राको मार्गदर्शक हो। 
०००

हुलिया
सलसल केशरासी
चौडा निधार
गम्भीर आँखा
गुलाबी गाला
टपक्क परेको नाक
प्रितको गीत बर्बराउने
अनि झङ्कार उत्पन्न गर्ने
सांगीतिक अधर
गहुँगोरो वर्ण    
मध्यम उचाई
सुकुमार व्यक्तित्व
जवान उमेर
लावण्यमय हाउभाउ
हामी दुवैको नाम लेखेर
उनको बलिष्ठ छातीमा 
खोपिएको मायालु ट्याटु
यो हुलियाधारी
मेरो प्राणप्रिय मान्छे
दिलको द्वार खोलेर 
सुटुक्क बाहिर निस्किएछन्
र हराएका छन्।

उनी आफू मात्र होइन
सँगै मेरो जीवन पनि
लगेर बेपत्ता भएका छन् 

अविरल सम्झना
बारम्बार प्रहार गरेर
हायलकायल बनाएका छन्
ती प्रेमिल छवि भएका
महामहिमसँगसँगै
गायब भइदिएछ
मेरो सम्पूर्ण अस्तित्व 
प्रेमको बहुरङ्गी तृष्णा
उनलाई खोज्दा खोज्दै
म आफैं हराइसकें।

ए महानुभावहरू
मथि उल्लेख गरिएको 
विवरणमा मिल्ने
व्यक्ति फेला परेमा
तपसिलको ठेगानामा 
सम्पर्क राखिदिनुहोला है
..........................
आफनो पहिचान 
गुमेको साङ्गोपाङ्ग संसारको
पुनःआगमन भएपछि
भेटेर ल्याउनेलाई
म कृतज्ञताको पुरस्कार दिनेछु।
(प्रणयपथबाट)

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ११:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्