• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस ३, २०८२ Thu, Dec 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बाले छरेका काव्यबीज    

64x64
नेपाल लाइभ शनिबार, कात्तिक २, २०७६  ११:२३
1140x725

बाल्यकालदेखिकै मेरो  सपना थियो– जीवन साहित्यमै समर्पित गर्ने। अध्ययनको वातावरण घरमा पर्याप्त थियो। मेरो पारिवारिक पृष्ठभूमिनै कवितामय थियो।

मेरा पिता पेसाले शिक्षक। पूर्वी तेह्रथुमको आठराईस्थित चुहानडाँडा गाँउमा उहाँको प्रतिष्ठा उच्च थियो। पढाउनबाहेक उहाँ कविता लेख्न र साहित्यमा रम्न उस्ताद! उहाँले लेखेका थुप्रै कविता भाका हाली हाली पढ्थें म।

घरभरि किताबै किताबको चाङ। बाको संगतले मभित्रको साहित्यप्रेम गाढा भएर आयो। 

नेपाली, अङ्ग्रेजी, हिन्दी भाषाका किताबको थुप्रो थियो घरमा। मलाई पढ्ने वातावरण उपयुक्त थियो। सानै उमेरमा मैले केही राम्रा पुस्तकको अध्ययन गर्ने अवसर पाएँ। बासँग साहित्यबारे कुराकानी चलिरहन्थ्यो। उहाँका कविता मधुपर्कमा छापिइरहन्थे। ५०को दशकतिर ठूलो बुबा खगेन्द्र थपलिया ‘मधुपर्क’को कार्यकारी सम्पादक हुनुहुन्थ्यो।

त्यति बेलासम्म मेरो काम पढ्नेमात्र हुन्थ्यो। स्कुलका गृहकार्य र परीक्षामा बाहेक लेख्न थालेकी थिइनँ। एकदिन अनौठो घटना भयो।

हिउँदको बेला। आँगनमा सुकुल बिछ्याएर बा, म, दाजु र दिदी पारिलो घाम ताप्दै थियौं। हामी स्कुलको होमवर्क पनि गर्दै थियौं। बा पारिजातको ‘शिरीषको फूल’ तेहेर्‍याएर पढ्दै हुनुहुन्थ्यो। त्यतिनै बेला उहाँले हामीलाई कविता लेख्न अनुरोध गर्नुभयो।

शीर्षक पनि दिनुभयो ‘मेरो देश नेपाल।’ 

मनमा हठात् बिजुली चम्किएजस्तो भयो। त्यो अनुरोध नकार्न सक्नि थिएँ। जीवनमा पहिलोपल्ट मैले कविता लेखेँ। अक्षरहरू खेलाउन सुरु गरेँ। हामी तीनै जनाले बालाई कविता देखायौं। कविता हेरेको केही बेरपछि बाको प्रतिक्रिया सकारात्मक नै आयो। म ९ वर्षकी थिएँ। त्यो क्षण मेरो कविता कर्मको लागि एकदम अविष्मरणीय छ।

Ncell 2
Ncell 2

त्यसपछि मभित्र कविता लेख्ने औधी रहर पलायो। एकैछिनको घटनाले मभित्र कविता मोह जागृत भयो। कविताले मलाई चुम्बकलेझैं आकर्षित गर्न थाल्यो। सुख दुःखको साथी बन्यो कविता लेखन। विस्तारै स्कुलमा हुने कविता प्रतियोगितामा भाग लिन थालेँ। त्यसरी भाग लिएका सबैजसो ठाउँमा एउटा न एउटा स्थान त जमाइहाल्थेँ। त्यतिबेला कहिल्यै असफल हुनुपरेन। कविताप्रतिको मेरो लगाव देखेर बा औधि खुसी हुनुहुन्थ्यो। 

प्रायजसोः पुस्तकालय छिर्थें। गाँउको पुस्तकालयमा पुराना किताब धेरै थिए। पढाइ र कविता सँगसँगै अघि बढाउन थालेँ। बाल्यकालमै पढाइ र कविता एक अर्काका पर्याय बन्न पुगे मेरा लागि। मैले प्राप्त भएजति कुनै पनि मन परेका किताब पढ्न छुटाइनँ। कसरी राम्रा कविता लेख्ने र सबैको स्याबासी बटुल्ने भन्नेमा मन जान्थ्यो। स्कुलको गृहकार्य कतिबेला सकौं र कविता लेख्न बसौं भन्ने छट्पटीले  सताउँथ्यो।

यसैबीच, एकदिन लेखेका सबै कविता डायरीमा सार्ने र नयाँ कविता त्यसैमा लेख्दै जाने विचार आयो। आफ्ना सिर्जना कसरी पछिसम्म जीवन्त राख्ने भन्नेमा मेरो ध्यान थियो। त्यसपछि मैले प्रत्येक कविता डायरीमा लेख्न थालेँ। कविता लेखेपिच्छे बालाई डायरी देखाउँथे। उहाँको सुझावअनुसार सिर्जनात्मक कमी कमजोरी सुधार्दै जान्थें।  विस्तारै मेरो निम्ति आदत बन्दै गयो कविता लेखन।

अब मेरो ध्यान पाठयक्रमबाहेकका पुस्तकमा बढी जान थाल्यो। गृहकार्य गर्नेभन्दा कविता लेख्नमा तल्लीन रहन थाले मँ। किशोर अवस्थाको मझधार। मनभरि रुमानी भावोच्छलन। जतिबेलै लेखिरहूँजस्तो लाग्ने।  तारा चम्किँदा पनि कविता लेखुँजस्तो। भुइँकुहिरो उड्दा, पानी पर्दा, घाम लाग्दा, गुँरास, गुलाब अनि अन्य फूलहरू फूल्दा, आकाश गड्गडाउँदा, नदी कलकलाउँदा, वसन्तको पालुवामय आगमन हुँदा, हिँउदको बेला सेताम्मे हिँउले डाँँडाकाँडा ढाक्दा, गरिबीले छट्पटाउँदा, जो कोही पीडामा हुँदा अनि खुसीमा मुस्कुराउँदा, कसैको मर्मस्पर्शी प्रेम कथा थाहा पाउँदा। 

यस्तै दृष्यले मेरो काव्यिक मनलाई खुब झक्झक्यायो। कतै सुनेका शब्द, कतै देखेका दृश्यले मनभरि कविता पोखेर जान्थे। ती छताछुल्ल भावलाई समेटेर मैले कविताको आकार दिएँ। मैले कहिलेकाहीँ त दिनमा पच्चीस वटासम्म लेख्थेँ। खासमा त्यो उमेर नै जोसिलो थियो। जस्तो लेखे पनि लेख्नुमा नै बन बहलिन्थ्यो।

जतिबेलै कविता सोचिरहन्थेँ। उथलपुथल भावनाहरू डायरीमा नउतारेसम्म उखरमाउलो मच्चिन्थ्यो मस्तिष्कमा। अनि म मेरो सपनाको रमाइलो संसारलाई अक्षरमा उतारिहाल्थेँ। त्यतिबेला भोक तिर्खा अनि बाहिरी दुनियाँको कुनै वास्ता हुँदैनथ्यो। कविता लेखन पनि एक किसिमको नसा नै रहेछ। बिस्तारै कविताबारे बुझ्न थालेँ। अनि कविताको सङ्ख्या घटाउँदै लगेँ।

म विधामा  पनि चलाउँछु कलम। यद्यपि, कविता विशेष लाग्छ। साहित्यिक इतिहासमा कविताको बेग्लै उचाइ छ।

मैले कविता लेख्न थालेपछिको जिन्दगीमा अनेकन घटना आए। लाग्छ, मनमा उकुसमुकुस भएका भावनाहरू बिर्सजन गर्न यो बाहेक अर्को कुनै शीतल चौतारी छैन। ख्याल ख्यालमा कविता यात्रामा लागेँ। फर्केर हेर्दा २ दशक पो बितिसकेछ।

बिस्तारै बुझ्न थालेँ कि सुतेपछि देखिने सपना त भ्रम रहेछ। वास्तविक सपनाले त सुत्नै दिँदोरहेनछ। अक्षहरूसँग भेटेर आत्मालाप गर्ने सपनाले सधैं झक्झकाउँदो रहेछ। बाल्यकालदेखिनै प्रकृति प्रेमी म। प्रकृति कविताको बिम्ब लाग्थ्यो सधैं। त्यही बिम्ब मेरो सपनाको एउटा अंश थियो। जुन निरन्तर लयमा अघि बढिरहेको छ।

जीवनमा पढाइ लेखाइ दैनिकीनै थिए। जन्मथलोमै बसेर धेरै पुस्तक पढ्ने अवसर पाएँ। प्राप्त भए जति सबै कृति पढेँ। पुस्तकको अध्ययन, प्रकृति, जीवनयात्राको आयाम र भोगाई मलाई कवि बन्न झक्झक्याउने विषयवस्तु हुन्।

अङ्ग्रेजी साहित्य पढेपछि म रोमान्टिक कविहरूबाट प्रभावित भएँ। अहिले मलाई रोमान्टिक कविता लेख्न विशेष रुचि लाग्छ। जीवनमा आफैं प्रेममा परेपछि भने प्रेम कविताहरू अंकुराउन थाले। म स्वयम् रुमानी कवितामा अनुवादित भएँजस्तो लाग्यो। वर्डस्वर्थले कविताको बारेमा राखेको विचार मलाई एकदम मर्मस्पर्शी लाग्छ। 

उनी भन्छन्, ‘कविता शक्तिशाली भावनाको स्वतःस्फूर्त अभिव्यक्ति हो। एकान्त यसको जननी हो।’ जर्बजस्ती लेखेको कविताले लेखक र पाठक दुवैलाई आनन्द दिँदैन। लेख्नु सजिलो काम होइन। अक्षर, शब्द, वाक्य र भावनाको जोड घटाउ हो यो। अझ कवितामा लेखन शिल्पी झल्किइरहेको हुन्छ।

यो कोमल भावनाको आलेख हो, जसले संसारका सबै कुनामा आफनो दृष्टि छरिराखेको हुन्छ।

मलाई जीवनमा कविता उपहार दिने कवि बाले मलाई छोडेर गइसक्नुभएको छ। उहाँको अधुरो सपना पूरा गर्नु मेरो जीवनको प्रमुख लक्ष्य बनेको छ।

किनकि, उहाँले आफनो सपना मलाई हस्ताण्तरण गर्नुभएको छ। यही सपना मेरो काव्यिक यात्राको मार्गदर्शक हो। 
०००

हुलिया
सलसल केशरासी
चौडा निधार
गम्भीर आँखा
गुलाबी गाला
टपक्क परेको नाक
प्रितको गीत बर्बराउने
अनि झङ्कार उत्पन्न गर्ने
सांगीतिक अधर
गहुँगोरो वर्ण    
मध्यम उचाई
सुकुमार व्यक्तित्व
जवान उमेर
लावण्यमय हाउभाउ
हामी दुवैको नाम लेखेर
उनको बलिष्ठ छातीमा 
खोपिएको मायालु ट्याटु
यो हुलियाधारी
मेरो प्राणप्रिय मान्छे
दिलको द्वार खोलेर 
सुटुक्क बाहिर निस्किएछन्
र हराएका छन्।

उनी आफू मात्र होइन
सँगै मेरो जीवन पनि
लगेर बेपत्ता भएका छन् 

अविरल सम्झना
बारम्बार प्रहार गरेर
हायलकायल बनाएका छन्
ती प्रेमिल छवि भएका
महामहिमसँगसँगै
गायब भइदिएछ
मेरो सम्पूर्ण अस्तित्व 
प्रेमको बहुरङ्गी तृष्णा
उनलाई खोज्दा खोज्दै
म आफैं हराइसकें।

ए महानुभावहरू
मथि उल्लेख गरिएको 
विवरणमा मिल्ने
व्यक्ति फेला परेमा
तपसिलको ठेगानामा 
सम्पर्क राखिदिनुहोला है
..........................
आफनो पहिचान 
गुमेको साङ्गोपाङ्ग संसारको
पुनःआगमन भएपछि
भेटेर ल्याउनेलाई
म कृतज्ञताको पुरस्कार दिनेछु।
(प्रणयपथबाट)

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ११:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुन फेरि २ लाख ६० हजार नाघ्यो
सहकारी ठगी प्रकरणः रवि र छविको मुद्दाको आज पेसी
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्...
सम्बन्धित सामग्री
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
पहिचान सम्मान काइँला र पहिचान युवा सम्मान राईलाई रु पाँच लाख दुई हजार दुई राशीका सम्मान वरिष्ठ साहित्यकार÷मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलालाई प्रदान गर्... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने, सभामुखका लागि पुस ६ गते निर्वाचन बिहीबार, पुस ३, २०८२
यस्तो छ प्रारम्भिक मत परिणाम बिहीबार, पुस ३, २०८२
सुन फेरि २ लाख ६० हजार नाघ्यो बिहीबार, पुस ३, २०८२
सहकारी ठगी प्रकरणः रवि र छविको मुद्दाको आज पेसी बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने बुधबार, पुस २, २०८२
राष्ट्रिय सभा निर्वाचनका लागि तोकियो मतदान केन्द्र बुधबार, पुस २, २०८२
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश बुधबार, पुस २, २०८२
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्