• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सचिन तेन्दुलकर बाटोमा छोरा अर्जुन, कति सहज कति असहज?

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०७४  १९:४४
1140x725

ब्याटबाट रन निस्किरहेको थियो। आफ्नो स्फुर्तीलाई कायम राख्न मेहनत पनि गरिरहेका थिए। नयाँ खेलाडीहरुको आगमनले टोलीमा उनको स्थानलाई कुनै प्रभाव परेको थिएन। तर सन् २००७ ताका ‘मास्टर ब्लास्टर’ सचिन तेन्दुलकर आफ्नो करिअरको निकै कठिन मोडमा उभिएका थिए। उनका टिममेट तथा प्रशंसकहरु पनि उत्तिकै निराश थिए। लगातार उत्कृष्ट प्रदर्शन गरिरहे पनि आखिर सन्तुष्टि नमिल्नुको एक मात्र कारण थियो ‘नर्भस नाइन्टिज' सिकार!

सन् १९९४ देखि नै सचिनको खेल जीवनमा सुरु भएको सिकारको यो शृंखला वर्ष २००७ मा उच्च बिन्दुमा पुगेको थियो। टेस्ट र एकदिवसीय गरी कुल २७ पटक नर्भस नाइन्टिजको सिकार भएका सचिन त्यही एक वर्षभरि मात्रै ७ पटक ९० भन्दा माथिको स्कोर गरेर पेभेलियन फर्किए तर शतक बनाउनबाट चुके। 

शतकको नजिक पुगेपछि उनले मानसिक दबाब महसुस गरेको आरोप खेपिरहे पनि ढाडस, हौसला तथा टिप्स दिने पनि उत्तिकै शुभचिन्तक, साथी तथा विज्ञहरु थिए। त्यही भिडबाट एउटा यस्तो नामको चर्चा भयो जसले सचिनलाई शतकको नजिक पुगेपछि रक्षात्मकको सट्टा आक्रामक खेल्दै चौका र छक्का हान्न सुझाव दिए। 

उनी थिए, सचिनका एक मात्र छोरा अर्जुन तेन्दुलकर। 

बुवालाई सुझाव दिने बेला अर्जुन मात्र ८ वर्षका थिए। तर सचिनले त्यही उपायलाई पछ्याउँदै आफ्नो खेल शैलीमा सुधार गरे। जसका कारण आफ्नै खेल जीवनमा विश्वकप जित्ने उनको सपना अन्ततः सन् २०११ मा पूरा भयो।

सचिन तेन्दुलकर ४४ वर्षका भए। अर्जुन भने १८ वर्षमा चल्दैछन्। अहिले यस्तो मोडमा गएर समय उभिएको छ कि सचिन रिटायर्ड लाइफ बिताइरहेका छन् भने अर्जुन आफ्नो करिअर थाल्दै। त्यो पनि क्रिकेटमै।
 
संसारको महान् खेलाडीको रुपमा लिइने सचिनको नामका अघि अर्जुनको अस्तित्व कस्तो रहला भनेर धेरैले लख काट्न थालिसकेका छन्। आफ्ना बुवाले हिँडेको जस्तो लामो बाटो अर्जुनको अगाडि नदेख्नेहरु पनि नभएका होइनन्। यही बिचमा कतिपय भने भनिरहेछन् कि सचिनले आफ्नो छोरालाई ‘टिप्सहरुको प्याकेज’ नै दिनुपर्छ जसरी अर्जुनले आजभन्दा १० वर्षअघि सचिनलाई दिएका थिए। 

आफ्ना बुवा, आमा तथा अग्रजहरुले बोकिआएको संस्कार, परम्परा तथा पेसालाई धेरै छोराछोरी वा नयाँ पुस्ताले धानिरहेको अवस्था पनि नभएको होइन। कतिपय यसमा अत्यधिक सफल भएका छन् भने कतिपय अझै पनि पुर्खाको नाम भजाएर बाँच्न बाध्य छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अर्जुनका अघि धेरैले यस्तै प्रसंग र प्रश्नहरु आजकाल प्रत्यक्ष/अप्रत्यक्ष रुपमा राख्ने गर्छन्।  खासमा अर्जुन आफैले भने बुवाको चुलीमा पुगेर विश्राम लिएको खेल जीवन र आफ्नो भर्खरै बामे सर्दै गरेको यात्रालाई कुन कसीमा राखेर हेर्ने गरेका छन् त? 

सचिन र अर्जुनबीच समानता/असमानता
यी बाबुछोराको सानैदेखि क्रिकेटप्रतिको सौखलाई समानताका रुपमा लिन सकिन्छ। कुनै समय सचिन ‘बल ब्वाई’को भूमिकामा बाउन्ड्रीबाहिर देखिन्थे। अर्जुनले पनि त्यो मामलामा बुवालाई पछ्याएका छन्। अर्जुनले करिब ८/९ वर्षकै उमेरमा मैदानको सीमारेखा बाहिर बसेर बललाई मैदानभित्र फाल्ने गरेको प्रत्यक्ष प्रसारणकै क्रममा देखिएको थियो।

सचिनले १६ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गर्न सफल भए। तर १८ वर्ष भइसक्दा  पनि अर्जुनले राष्ट्रिय टोलीमा ठाउँ बनाउन सकेका छैनन्।

सचिन विशेषगरी आफ्नो दाहिने हातको प्रयोग गर्थे ब्याटिङ र बलिङको क्रममा तर अर्जुन यो मामिलामा ठिक उल्टो दिशामा छन्। अर्जुन लेफ्ट ह्यान्डेड ब्याट्सम्यान र बलर दुवै हुन्। 

सचिनले पार्ट टाइम स्पिन बलरका रुपमा आफूलाई प्रस्तुत गर्दा अर्जुन भने तीव्र गतिको बलरको रुपमा आफूलाई स्थापित गराउन चाहन्छन्। त्यसमाथि उनलाई प्रोफेसनल ब्याट्स म्यानभन्दा पनि गतिवान् बलरको रुपमा आफ्नो बाटो फराकिलो बनाइरहेका छन्। 

होचो कदका खेलाडी सचिनलाई उचाइमा भने अर्जुनले पछि पारेका छन्। 

बुवाको मार्गदर्शन
टेस्ट तथा एकदिवसीय दुवै फर्म्याटमा विश्वकै सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् सचिन तेन्दुलकर। ३४ हजार ३ सय ५७ अन्तर्राष्ट्रिय रन बनाएका सचिन यस्तो देशमा छन् जहाँ अर्जुन जस्तै नयाँ पुस्ताका लागि क्रिकेटलाई धर्मको रुपमा हेर्ने गरिन्छ। 

सचिनका कदमहरुको पछिपछि हिँड्नुलाई ‘हिस्टेरिया’ सम्झनेहरुको लागि अर्जुनले उनीभन्दा फरक पाटो यानेकि बलीङ रोज्नुलाई बुद्धिमानी कदम मान्न सकिन्छ। जसमा उनको दखल छ र विश्वास पनि। साथमा मेहनत उस्तै गरिरहेका छन्। 

आफ्ना बुवा-आमाभन्दा केही अग्लो तथा पातलो कद भएका १८ वर्षीय युवा क्रिकेटर अर्जुनलाई संसारभर प्रसिद्ध एक नाम र पहिचानलाई लिएर कत्तिको तनाव महसुस हुन्छ भनेर सोध्दा उनी भन्छन्,‘म त्यो दबाबलाई कहिल्यै आफ्नो जीवनसँग जोडेर हेर्दिनँ। म यत्ति मात्रै सोच्छु कि बलिङ गर्ने क्रममा सबै बलहरु लाइन र लेन्थमा फाल्न सकूँ र ब्याटिङ गर्दा पनि कसरी बल सेलेक्सन गर्ने अनि सहि सट हान्ने।’
 
जुनियर तेन्दुलकरले बुवाले जस्तै गरी आफूले बलर बन्ने निर्णय गर्दा खासै बुद्धिमता नअपनाइएको खुलाए। ‘म अझै अग्लो र बलियो हुन चाहन्छु,' अर्जुनले भने,‘मलाई बच्चादेखि नै तीव्र गतिको बलिङ मन पर्थ्यो। त्यसकारण मैले सोचेँ कि म पनि तीव्र गतिको बलर बन्न सक्छु। किनकि भारतमा त्यस्ता खेलाडीको संख्या न्युन छ।’

एक देब्रेहाते बलर र ब्याट्स म्यानको रुपमा अर्जुनले आफूलाई निखार्दै लाँदा सचिनको उत्कृष्ट मानिने ‘कभर ड्राइभ सट’सँग भन्दा पनि उनलाई मिचेल जोन्सन र मिचेल स्टार्कको छायाँको रुपमा हेर्न सकिन्छ। त्यस्तै बन्न उनले प्रयास गरी पनि रहेका छन्।
 
बाल्यकालको खेलौना क्रिकेट
२/३ वर्षकै उमेरदेखि ब्याट, बल तथा क्रिकेटका अन्य सामग्री खेलाउन उनलाई लत बसेको हो। तर ८ वर्षको उमेरसम्म ती सबै खेलौना मात्र भए। धिरुभाइ अम्बानी अन्तर्राष्ट्रिय स्कुलमा पढ्न सुरु गरेपछि त्यहाँको क्रिकेटिङ वातावरणले उनलाई मोहित बनायो र लागे क्रिकेट खेल्न। 

उनले पहिलो पटक पुनेमा १३ वर्षमुनिको क्रिकेट प्रतियोगिामा सहभागिता जनाए। सन् २०११ म ह्यारिस सिल्ड ट्रफीमा खेल्ने मौका पाए पनि उनी पहिलो खेलमा ‘डक आउट’ हुन पुगे।

त्यसपछि उनले कर्नाला स्पोर्टस एकेडमी, मुम्बईमा प्रशिक्षण लिन थाले। सन् २०१२ मा उनले मुम्बई क्रिकेट एसोसिएसनले आयोजना गरेको १४ वर्षमुनिको समर भ्याकेसन टुर्नामेन्टमा शतक प्रहार गरे। १४ चौका प्रहार गरेका उनले १ सय २४ रनको पारी खेलेका थिए। 

सन् २०१४ को सेप्टेम्बरमा भने उनले अम्बानी स्कुलको १६ वर्षमुनिको टोलीबाट खेल्दै मात्र ४२ बलमा १ सय ८८ रनको विस्फोटक पारी खेले। उक्त प्रदर्शनले बुवा सचिनसँग जोडिएर गरिएका धेरैको प्रश्नको जवाफ दियो। 

उनी लड्स क्रिकेट ग्राउन्डमा रहेको इनडोर स्कुलको सदस्य थिए। जसले उनलाई अन्तर्राष्ट्रिय रुपमा एक्सपोजरको काम गर्यो। यसबीच भारत तथा अन्य देशका चर्चित क्रिकेटरहरुसँग नेट प्राक्टिस तथा भेटघाट गर्दै टिप्सहरु लिन थाले। यो समयका विश्व क्रिकेटका हस्तीहरु रवि शास्त्री, वसिम अक्रम, महेन्द्रसिंह धोनी, युवराज सिंह, जाहिर खान, एलिस्टर कुक, ब्रेन स्टोक्स लगायतसँग क्रिकेटका बारेमा धेरै जानकारी हासिल गरे। 

ग्लोबल टि-ट्वान्टी शृंलामा क्रिकेट क्लब अफ इन्डिया ११ बाट आफ्नो चाहनाअनुरुप उनले स्टार्क र जोन्सन दुवैसँग खेल्ने मौका पाए।


 
विश्व प्रसिद्ध अस्ट्रेलियन क्रिकेटर सर डोनाल्ड ब्राडम्यानको नामबाट खोलिएको ग्राउन्डमा गएर पनि आफ्नो प्रतिभा देखाउन पाए। न्यु साउथ वेल्सस्थित सो मैदानमा उनले ४ ओभरमा ४ विकेट तथा २७ बलमा ४८ रन बनाउँदै आफ्नो जिनमा क्रिकेटको नशा भरिएको आएको प्रमाणित गरिदिए। 

लगातार प्रशिक्षण तथा प्रतियोगिताहरुमा व्यस्त रहन थालेका अर्जुनका लागि भारतीय टोलीमा पुग्ने ढोका भने अझै खुल्न सकेको छैन। यो समयमा त्यही ढोका उघार्न सचिनले छोराका लागि यथाशक्य प्रयास गरिरहेका छन्। पछिल्लो समय निरन्तर अभ्यास सेसनमा छोरालाई साथ तथा सल्लाह दिनुका साथै अन्तर्राष्ट्रिय खेल र खेलाडीको समेत नजिक पुर्‍याउन पुल बनिरहेका छन् सचिन।

'क्रिकेट मेरो अन्तिम सपना'
‘बच्चा हुँदा म फुटबल, रनिङ, स्विमिङ, तेक्वान्दो खेल्थेँ,' अर्जुनले खुलासा गरे, ‘तर जब क्रिकेट अगाडि आयो तब यी सबै खेल मेरो जीवनको दोस्रो बेन्चमा गएर बसे।’

अभ्यास तथा अन्य निर्णय लिँदा सचिनको प्रत्यक्ष दबाब आउँछ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँले मलाई धेरै सहयोग गर्नुभएको छ। तर कहिल्यै पनि दबाबमा सामेल गराउनुभएन।’

यति हुँदाहुँदै पनि एउटा प्रमुख प्रश्न भने उनको जीवनमा फेरि सोधिन सक्नेछ– विश्व क्रिकेटको इतिहासमा १ सय पटक शतक बनाएर कीर्तिमान बनाएका आफ्नै बुवाको अगाडि अर्जुनले क्रिकेटमै आफ्नो करिअर बन्ने आशा राखेका छन् त? 

उनी मुस्कुराउँदै भन्छन्, ‘मैले कडा मेहनत गरिरहेको छु। क्रिकेट नै मेरो अन्तिम सपना हो।’

कुनै बेला आफूले प्रयोग गर्ने क्रिकेट सामग्री खेलौनाका रुपमा छोरालाई दिएका सचिन अर्जुनप्रति ढुक्क छन्। अहिले छोरो आफै ती खेल सामग्रीलाई जीवन सञ्चालनको हतियार बनाउँछु भनेर अगाडि बढिरहेका छन्। 'आफ्नो प्रसिद्धिसँग जोडेर छोरोको भविष्यको बाटो छोटो नहोस् भन्न कम्तीमा सोच्नुपर्ने बेला आएको छ,' उनले भने।

यदि त्यसो हुन सकेमा ब्याटबाट बुवा र बलबाट छोरोको नाम एकैसाथ लिन सक्ने स्थिति नआउला भन्न सकिन्न।एजेन्सीको सहयोगमा

प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ?
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्