• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अर्थ मन्त्रालय : नीति विश्लेषण महाशाखाको भूमिका बढ्यो

64x64
नेपाल लाइभ सोमबार, असोज २७, २०७६  १२:२७
1140x725

काठमाडौं- अर्थ मन्त्रालयभित्र रहेका ८ वटा महाशाखामध्ये आर्थिक नीति विश्लेषण महाशाखालाई त्यति 'आकर्षक' मानिँदैन। अपवादबाहेकको अवस्थामा अर्थका सहसचिव तथा उपसचिव सबैको रोजाइमा यो महाशाखा पर्दैन।

मन्त्रालयभित्र बजेट तथा कार्यक्रम, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय, राजस्व व्यवस्थापन र वित्तीय क्षेत्र व्यवस्थापन 'चार्म' धेरै भएका महाशाखा मानिन्छन्। भएका महाशाखामध्ये धेरै समय ओझेलमा परेको आर्थिक नीति विश्लेषण महाशाखालाई यसपटक पहिलोपटक केही जिम्मेवारी दिन खोजिएको छ।

दैनिक कामकारबाहीका फाइलको 'टच'मा नहुने भएकाले पनि यो महाशाखामा धेरैको अरुची हुने गरेको हो। अझ मन्त्रालयभित्रै सहसचिवलाई 'थन्क्याउन' परे नीति विश्लेषणमा सरुवा गर्ने गरेको टिप्पणी पनि हुने गरेको छ।

असोज ५ गते बसेको अर्थ मन्त्रालयका उच्चस्तरीय व्यवस्थापन समूह (एसएमटी) बैठकले 'दीर्घकालीन आर्थिक दायित्व सिर्जना हुने विषय मन्त्रालयबाट सहमति दिनुपर्ने नीतिगत र सैद्धान्तिक विषयहरुमा राय दिँदा आर्थिक नीति विश्लेषण महाशाखाले समन्वय गर्ने' निर्णय गरेको छ।

योसँगै अब विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त हुने दीर्घकालीन आर्थिक दायित्व सिर्जना हुने विषय मन्त्रालयबाट सहमति दिनुपरे वा कुनै अन्य निर्णय गर्नुपर्ने भएमा नीति विश्लेषण महाशाखाले समन्वय गरेर राय दिन सक्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

'वास्तवमा अर्थ मन्त्रालयको ब्रेन नै यही महाशाखा हुनुपर्ने थियो, तर हाम्रो नीति विश्लेषण महाशाखालाई न नीति विश्लेषण गर्नसक्ने बनायौँ न कुनै नयाँ नीति तर्जुमाका लागि सुझाव दिनसक्ने नै,' अर्थमा काम गरिसकेका एक सहसचिवले भने।

विगतमा के भए काम?
तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका पालामा मुलुकको आर्थिक नीति तर्जुमा गर्ने भन्दै अर्थ राजनीतिक विश्लेषक हरि रोकाको संयोजकत्वमा एउटा समिति गठन गरियो। आर्थिक नीति विश्लेषण महाशाखाका तत्कालीन प्रमुख लक्ष्मण अर्याल (हाल सचिव राष्ट्रिय योजना आयोग) सदस्यसचिव रहेको टोलीले विभिन्न ठाउँमा अन्तरक्रिया गरी प्रतिवेदन लेखनको चरणमा काम पुर्‍याएको थियो। तर, त्यतिबेलै सरकार परिवर्तन भयो। यो टोलीको काम अलपत्र पर्‍यो। सरकारले करिब ६० लाख रुपैयाँ खर्च गरेर संकलन गरेको सुझाव त्यत्तिकै थन्कियो, उपलब्धि शून्य भयो।

कृष्णप्रसाद देवकोटा (अवकाशप्राप्त सचिव)ले यो महाशाखाको नेतृत्व गर्दा सरकारी खातामा एकरुपता ल्याउन भन्दै महालेखा नियन्त्रकको कार्यालय र नेपाल राष्ट्र बैंकबीच छलफल चलाए। महालेखा र राष्ट्र बैंकले देखाउने सरकारी खातामा हिसाब सधैं अन्तर देखिने भन्दै चलाइएको छलफल त्यत्तिकै हरायो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अहिले फेरि अर्थ मन्त्रालयले दुई निकायबीच समन्वय गर्नेगरी काम अघि बढाएको छ। हालका महाशाखा प्रमुख यज्ञप्रसाद ढुंगेलले राष्ट्र बैंक र महालेखाबीच समन्वयन गर्नेगरी छलफल अघि बढाएका हुन्।

के-के हुन्छ काम?
अर्थ मन्त्रालयले गरेको कार्यविभाजन अनुसार आर्थिक अवस्थाको विश्लेषण, नीति तर्जुमा, कार्यान्वयन र नियमन यही महाशाखाको कार्यक्षेत्रमा पर्छ। कार्यसञ्चालनका हिसाबले नेपाल राष्ट्र बैंकसहितका नियमनकारी निकायसँगको समन्वयमा काम गर्नुपर्ने दायित्व पनि यसैको हो।

त्यसबाहेक विभिन्न क्षेत्रबाट प्राप्त हुने तथ्यांकको विश्लेषण, त्यसले मुलुकको अर्थतन्त्रमा पार्नसक्ने प्रभाव मूल्यांकन, समष्टिगत आर्थिक स्थायित्वका लागि लिनुपर्ने नीतिगत निर्णय गर्दा यही महाशाखाको योगदान महत्वपूर्ण हुन्छ।

'हाम्रो काम त अहिले वर्षको एउटा आर्थिक सर्वेक्षण प्रकाशित गर्ने जस्तो मात्रै भएको छ, दैनिक फाइल नठोक्किने भएकाले काम नै छैन जस्तो देखिन्छ,' महाशाखामा कार्यरत एक अधिकारीले भने, 'आर्थिक नीति तर्जुमा, तिनीहरुको कार्यान्वयन र अर्थतन्त्रका फरक-फरक आयाममा हाम्रो भूमिका देखिनुपर्नेमा त्यो देखिन सकेको छैन।'

प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन मंगलबार, असोज २७, २०८३
उखु किसानको खातामै सिधै अनुदान, नयाँ कार्यविधि जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्