लागोस (एजेन्सी)– नाइजेरियाको बोर्नो राज्यको एउटा व्यस्त बजारमा आत्मघाती बम बिस्फोटमा १८ व्यक्तिले ज्यान गुमाएका छन्। बिस्फोट तीन आत्मघाती हमलाकारीले गराएको बताइएको छ। घटनामा थप २२ जना गम्भीर घाइते भएका थिए।
चिनियाँ समाचार संस्था सिन्हवाले घटना कोन्डुगा शहरको बाहिरी क्षेत्र कासुवार किफीमा भएको जनाएको छ। तीन व्यक्तिले आफ्नो शरीरमा बम राखेर बिस्फोट गराएका थिए। एक प्रत्यक्षदर्शीले भने, ‘तीनै जना आत्मघाती हमलाकारीले व्यस्त बजारमा आफूलाई उडाएका थिए।’ यसको जिम्मेवारी अहिलेसम्म कुनै संगठनले लिएको छैन्।
तर, नाइजेरियामा बोकोहराम आतंकी संगठनले किशोरीहरूलाई आत्घाती बिस्फोटमा प्रयोग गर्दै आइरहेको छ। गत महिना उत्तरपूर्वी नाइजेरियामा यस्तै आत्मघाती बिस्फोट हुँदा ६ जनाले ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।