नयाँ दिल्ली (एजेन्सी)– खराब वायु प्रदूषणका कारण भारतीय राजधानी दिल्ली बस्न योग्य शहर नभएको न्युयोर्कस्थित कोलम्बिया विश्वविधालयका भू–संस्थान प्रमुख जैफरी सचले बताएका छन्।
दिल्लीमा भएको विश्व विकाश शिखर सम्मेलनका प्रमुखवक्ता जैफरीले सरकारको स्पष्ट रणनीति नहुँदा यस्तो अवस्था आएको औल्याए। यो अवस्था आउनुमा खराब हावा र ग्रीन हाउस क्षेत्रको प्रभावकारी कार्यान्वयन नहुनुलाई मुख्य कारण बताइएको छ।
‘यो शहर बस्न योग्य छैन्। सम्भवत तपाई आफ्नो बच्चालाई यहाँ हुर्काउन चाहनु हुन्न। गरिबीको बहाना बनाएर वायु प्रदूषणविरूद्ध कुनै कार्यवाही नगर्नु स्वीकार्य हुँदैन,’ उनले भने।
उनले दिल्लीमा खराब वायुका कारण धेरै जना रोगग्रस्त भएको बताए। मुटु र स्वासप्रस्वासका विरामी धेरै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।