काठमाडौं– दुई महिनाअघि युथ–१९ विश्व कप छनोटमा खराब प्रदर्शन गरेको नेपाली युवा टोली एसिसीको पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेर सोमबार राती नेपाल फर्किएको छ।
नेपाली टोलीका प्रशिक्षक विनोद दासले विश्व कप छनोटमा आफ्नो टोलीबाट भएको खराब प्रदर्शनलाई बिर्साउन खेलाडीहरु यसपालि राम्रो प्रदर्शन गरेको बताए। ट्रफी जितेर देश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनले आशा अनुरुप खेलाडीहरुले राम्रो गरेकोमा खुसी व्यक्त गरे। नेपालले फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।