पटना (एजेन्सी)– भारतको विहार राज्यमा जारी १२ कक्षाको बोर्ड परीक्षामा चिट चोरेको आरोपमा १ हजार विधार्थी पक्राउ परेका छन्। यी सवै विधार्थीलाई तत्कालै निष्कासित गरिएको परीक्षा बोर्डले जानकारी दिएको छ।
विहारमा परीक्षाको बेला चिट चोर्ने र चोराउने विषय सामान्य मानिन्छ। विहारको परीक्षालाई लिएर चौतर्फी आलोचना भएपछि केही वर्षयता देखि सरकारले सुरक्षा व्यवस्था कडा पार्दे आइरहेको छ।
परीक्षा बोर्डले विधार्थीलाई चिट चोराउन आएका उनीहरूका आमा–बुवाविरूद्ध पनि प्रहरीमा उजुरी दर्ता गराएको छ। यस वर्ष विहारमा १२ लाख ७ हजार ९ सय ८६ जना विधार्थीले १२ कक्षाको परीक्षाका लागि फर्म भरेका थिए तर प्रशासनले परीक्षालाई मर्यादित बनाउन सुरक्षा व्यवस्थामा कडाई गरेपछि २४ हजार विधार्थी परीक्षामा उपस्थित भएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।