इस्लामाबाद (एजेन्सी)– चीनले पाकिस्तानलाई ५० करोड डलर ऋण उपलब्ध गराएको छ। चीनको इन्डस्ट्रियल एन्ड कमर्शियल बैक अफ चाइना (आइसिबिसी) ले पाकिस्तानी सरकारसँग शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेको ‘एक्सप्रेस ट्रिब्युन’ पत्रिकाले जनाएको छ।
पाकिस्तानमा घट्दै गरेको विदेशी मुद्रा सन्तुलनका लागि चीनले आर्थिक सहयोग गर्न लागेको हो। सरकारले जनवरी १५ मा ४ दशमलव ५ प्रतिशतका दरले ऋण सहयोग लिएको हो। जनवरीमा मात्र पाकिस्तानले कूल ७० दशमलव ४ करोड डलर नयाँ ऋण लिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।