• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यात्रुलाई घर पुर्‍याएर दसैं मनाउने गुरुजीको कथा

64x64
नेपाल लाइभ बिहीबार, असोज २३, २०७६  ०६:००
1140x725

काठमाडौं- रातो र खैरो रंगले पोतिएको गुगल सुपर डिलक्स।  

काठमाडौं टु गाइघाट। 

तपाईं हामी जो काठमाडौंबाट उदयपुर गाइघाट जाँदैछौं, गुगल प्रालिबाट टिकट लियौं भने ना ८ ख ७३२३ नम्बरको बसको पनि टिकट नपर्ला भन्न सकिन्न। 

तपाईँहरू कतिपय यो समाचार कथा पढिरहँदा सोही बसमा यात्रा गर्दै हुुनुहुन्छ भने तपाईंहरूलाई थप चाख बढ्ला। के रहेछ यो बसमा त्यस्तो? यो किसिमको प्रश्न पनि मनमा पक्कै आउला। 
सोही बसमा स्टेरिङ घुमाइ रहेको व्यक्तिलाई हेर्नुभयो भने तपार्इं देख्न सक्नुहुन्छ एक अधवैंशे ‘गुरुजी’।

बुढापाका तथा बालबालिका सबैका ‘गुरुजी’ चौदण्डी गढी नगरपालिका उदयपुरका युवराज खत्री। उनलाई थप विचार गर्नु भयो भने उनी फुर्ति र संयमताका साथ गाडी हाँकिरहेका हुन्छन्। 

संयमता पनि त्यतिकै अपनाउँछन्। 

पहिले पहिले ‘ड्राइभर दाइ’ भनेर लोकप्रिय शब्द आजभोलि गुरुजीका रुपमा चर्चित हुन थालेको छ।

‘एकछिन् गाडी रोक्नुस् न गुरुजी, छिटोछिटो चलाउनुस् है गुरुजी घर पुग्न ढिला हुन्छ,’ बस भरीका फरक फरक यात्रुको फरक फरक गुनासो सुन्दै गाडी हाँक्नुपर्दछ। १२ वर्षदेखि निरन्तर उनी यस्तै गुनासो सुन्दै सडकमा सवारी हाँकिरहेका छन्। उनमा स्फूर्ति र संयमता सधै कायम छ। सोही कारण पनि उनले सडकमा कुनै पनि दुर्घटनाको सामना गर्नु परेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

१२ वर्षदेखि गाडीको स्टेरिङ घुमाउन बानी परेका युवराज एक वर्षदेखि काठमाडौंदेखि गाइघाटसम्मको सडकमा दिवा तथा रात्रीकालीन सेवाका बसमा स्टेरिङ घुमाइरहेका छन्।

यात्रुहरूलाई कसरी सुरक्षित रुपमा घर पुर्‍याउने उनी गाडी चलाउँदा सुरक्षाका कुरामा बढी नै ध्यान दिन्छन्। ‘म चालक हुँ, मेरो जिम्मेवारी भनेको यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पु¥याउनु हो,’ युवराज भन्छन्।

२०७६ सालको दसैंमा यात्रुहरूको थप सहजताका लागि कम्पनीमा थपिएको नयाँ गाडी चलाउने जिम्मा युवराजकै छ। 

‘सबै यात्रुलाई सुरक्षित रुपमा घर पुर्‍याइदिएपछि मात्रै हाम्रो लागि दसैं आउँछ,’ उनी भन्छन्। वर्षमा एकपटक आउने हिन्दू नेपालीहरूको महान चाड दसैंमा देशदेखि परदेशसम्मका नेपाली जोडिने मौका आउँछ। 

समय मिलेसम्म हामी घर परिवार तथा आफन्तसँग दसैंमा भेटिने गर्छौं। टीका जमरा र आर्शिवाद थाप्छौं। खुसी हुन्छौं। 

हो हाम्रो यस्तै खुसीले युवराजलाई थप खुसी बनाउँछ। 

‘पहिले पहिले त केही डर लाग्थ्यो, बानी परेपछि त्यस्तो डर त लाग्दैन तर सकेसम्म कसैलाई केही नहोस्। सुरक्षित गन्तव्यमा पुर्‍याउन सकियोस् भन्ने मनशाय लिएर हिँड्छु,’ युवराजले भने।

सबैको घरदैलोमा दसैं आइसकेको छ, युवराजको घरमा पनि दसैं आइपुग्यो तर उनी घरमा पुगेपछि मात्रै दसैंको उमंग आउँछ। 

‘म आमाबुबासँग छुटिएर बसेको घरमा श्रीमती र छोरीमात्रै छन्। सँगै बसेर दसैंमा रमाइलो गर्ने मन त हुन्छ नि तर आफ्नो जिम्मेवारी पनि त छ। सबै यात्रुलाई दसैंमा सुरक्षित घर पुर्‍याइदिएपछि मात्रै मलाई दसैंले छुन्छ, म एकदिन, टीकाको दिन त जसरी पनि पुग्छु घर,’ युवराजले मुस्कुराउँदै भने। 
उनीसँग कुरा गरिरहँदा पनि उनको अनुहारले प्रष्ट बताउँथ्यो। उनी सबै यात्रुलाई दसैं मनाउन घर पुर्‍याएर आफू पुग्न पाउँदा सबैभन्दा सन्तुष्ट हुन्छन्। 

काठमाडौंदेखि गाइघाटसम्मको यात्रा गर्न ६ घण्टादेखि ७ घण्टासम्म लाग्छ। 

बिहान यात्रु लिएर आए भने दिउँसो निदाउन समय छुट्याउँछन् र रात्रीकालीन गाडी चलाउँछन्। 
‘मुग्लीन नारायणघाटको बाटो जाम धेरै छ, कहिलेकाहीँ एक टिपमात्रै हुन्छ,’ उनी भन्छन्, ‘कहिलेकाँही त ५ घण्टासम्म जाममा परेको अनुभव छ।’

‘अरु समयको भन्दा दसैंमा धेरै जाम हुन्छ। गाडीको चाप हुन्छ। साँघुरो सडकमा ओभरटेक गर्ने बानीले दुर्घटना निम्त्याउँछन्’ उनले भने, ‘यात्रा गर्दा यात्रु होस् वा चालक हतार गर्नु हुँदैन संयमितता अपनाउनु पर्दछ।’

युवराजसँग कुरा गर्दै जाँदा उनको सकारात्मक विचारले उनीमाथि थप उत्सुकता बढ्दै गयो। युवराजले चालकको यात्रा कहाँबाट सुरु गरे? 

उनलाई चालक बन्न के कुराले प्रेरित गर्‍यो? थप कुराहरू बुझ्ने उत्सुकता जाग्यो। म उनलाई प्रश्न तेर्साउँदै गएँ। उनले आफ्नो कथा सुरु गरे? 

सामान्य परिवारमा जन्मिएका उनलाई पनि अरुलाई जस्तै धेरै पढ्ने रहर थियो। पढेर ठूलो मान्छे बन्ने सपनाहरु थिए। 

‘२०५७ सालमा एसएलसीसम्मको अध्ययन  सकेँ। महेन्द्र मोरङ क्याम्पसबाट एघार कक्षा पनि पास गरेँ, त्यसपछि बाँकी अध्ययनलाई अगाडी बढाउन आर्थिक अबस्थाले साथ दिएन,’ उनी विगत तिर फर्किए। 

एघार पास गरेपछि युवराजले तीन महिना इलेक्ट्रिसियन तालिम लिए। त्यसपछि उदयपुरमै लगभग ७ महिना उनले इलेक्ट्रीसियनको काम गरे। 

कामकै खोजीमा युवराज भारत हानिए। भारतको मेघालय राज्य पुगेका युवराजले सोही ठाउँमा बस चालकको लाइसेन्स लिए।  

मेघालयकै माघमारा भन्ने ठाउँमा उनले ४ वर्ष गाडी चलाए। कमाइ निकै राम्रो थियो। आफूसँग पैसा अलिअलि जम्मा हुन थालेपछि उनी आफ्नै देशमा आएर काम गर्ने सोच बनाए। 

युवराज स्वदेश फर्किए एउटा सेकेन्ड ह्याण्ड टाटा सुमो किने। 

‘भारतमा ड्राइभिङ काम गर्दा कमाएको पैसा थियो, त्यसैले सुमो किनेँ, उदयपुरको लोकल एरियामै सुमो चलाएँ’ उनी भन्छन्, ‘लगभग २ वर्ष मैले लोकल एरियामै सुमो चलाएँ, सुमो पुरानो भयो, त्यसपछि मैले त्यो सुमो बेचिदिएँ।’ 

सुमो बेचेर युवराज बिजनेशतिर लागे। त्यसपछि उनी सिमेन्ट, इँटा, बालुवा लगायत घर बनाउने समाग्रीको व्यवसाय तर्फ लागे। 

ड्राइभिङ कामका लागि कतार 
सोही व्यवसायलाई निरन्तरता दिँदै गर्दा पनि उनलाई नेपालमा भन्दा विदेशमा राम्रो कमाई हुन्छ जस्तो लागिरेहको थियो । आफन्त र साथीभाईहरुसँग प्रतिक्रिया लिँदा समेत उनले विदेशमा राम्रो कमाइ हुने सुने। 

त्यसपछि युवराजलाई पनि विदेश जाने रहर जाग्यो। ३ वर्षअघि युवराज ड्राइभिङ कामका लागि कतार हानिए। 

‘कतारमा मासिक १७ सय रियाल तलब थियो। कतारको सडकमा सवारी हाँक्न एकदम सुरक्षित थियो। ट्राफिक नियम अनुसार काम गर्दा त्यस्तो कुनै समस्या थिएन,’ उनले भने।

‘कतारमा सवारी चलाउँदा पनि युवराजले सुरक्षित चलाए। कतारमा पनि त्यस्तो कुनै दुर्घटना भएन, अब पनि कहिल्यै नहोस्,’ उनी भन्छन्।  

अब जस्तै दुःख परे पनि परदेश जान्नँ 
कतारमा दुई वर्षको करार अवधि सकेपछि नेपाल फर्किएका युवराजलाई कतारमा भन्दा युएईमा राम्रो कमाइ हुने सुुनाइयो। म्यानपावरमा २ लाख ५० हजार बुझाएर युवराज युएई हिँडे। 

तर युएईमा करारनामामा भएको सम्झौता जस्तो कुनै सुविधा थिएन नत तलब नै राम्रो थियो। त्यसपछि युएई पुगेको ३ महिनामै युवराज स्वदेश फर्किए। 

स्वदेश फर्किएका युवराजलाई विदेश बिताएको दुई वर्ष ३ महिनाप्रति पछुत्तो लागिरहेको छ। 

‘त्यो परदेशमा बिताएको समय फिर्ता लिन मिले पनि फिर्ता लिनु जस्तो लागि रहेको छ, सिप सिकेर विदेश जाँदा काम र  कमाइ राम्रो हुन्छ भनिन्छ तर सिप भएपछि नेपालमै परदेशमा भन्दा राम्रो छ,’ उनी भन्छन्। 

युएईबाट फर्किएपछि उनलाई आफ्नै देशमा केही गरौं जस्तो लाग्यो। त्यसपछि उनले आफ्नै घर उदयपुरस्थित बाख्रा फारम सञ्चालनमा ल्याए। पहिले गरेको रोडा, इँटा बालुवा लगायत समाग्रीको व्यवसायलाई पनि उनले निरन्तरता दिएका छन्।

‘आफू रोजगारीको खोजीमा भौतारिइरहेको म अहिले मेरै बाख्रा फारममा २ जनालाई रोजगारी दिएको छु, आरसिसिमा पनि ३० जना भन्दा धेरै जनाले काम गरिरहनु भएको छ,’ युवराजले भने, ‘ड्राइभिङबाट युवराजको कमाइ परदेशमा भन्दा राम्रो छ, महिनामा जति टिप लैजान सक्यो त्यति नै कमा हुन्छ मासिक ७० हजारभन्दा बढी नै हुन्छ।’

युवराजको कमाइ पनि राम्रो छ। तर ड्राइभिङ काम गर्दा घरमा जाने टुंगो हुँदैन। 

‘हामी त यात्रुहरूलाई समयमै सुरक्षित घर पर्‍याए खुसी हुने मान्छे हो, हामीलाई दसैं पनि बाटोमै, तिहार पनि बाटोमै,’  उनी थप्छन्, ‘मैले निरन्तर १२ वर्ष ड्राइभिङ काम गर्दा परिवारसँग राम्रोसँग बस्न पाएको छैन, आफू यसैमा खुसी भएपनि श्रीमती यस कुरामा खुसी छैनन्।’ 

युवराजकी श्रीमती स्थानीय तहकै माध्यामिक तहको विद्यालयमा शिक्षिका छिन्। 

‘श्रीमती सरकारी विद्यालयमा शिक्षिका छिन्, तँचाहिँ ड्राइभिङ गरेर कति हिँड्छस् भनेर आफन्तहरूले भन्नुहुन्छ। तर मलाई कुनै पनि काम सानो ठूलो हुन्छ भन्ने लाग्दैन,  जो व्यक्तिसँग जुन काम गर्ने क्षमता छ सोही काम गर्नुपर्छ।’ 

सबैले कामको सम्मान गरेमात्रै देशमा रोजगारीका अवसर सिर्जना हुने धारणा युवराज राख्छन्।

‘जसले गर्दा नै  उनी सुरुको अवस्थामा भन्दा धेरै अगाडि बढिसकेका छन्। मैले कामलाई कहिल्यै सानो ठूलो भनेर छुट्याइनँ। जसले गर्दा अहिले काम गरेपछि खानलाई दुःख छैन,’ उनले थपे। 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्