सिन्धुली– शुक्रबार सिन्धुलीमा भएको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्।
बिपि राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–२ ढुंग्रे भन्ज्याङ नजिक दुर्घटना भएको हो।
सिन्धुली सदरमुकामबाट गोलन्जोर गाउँपालिका रतनचुराको हिर्दिङ जाँदै गरेको ना११च २२७५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा गोलन्जोर गाउँपालिकाका रेशम कार्की, युवराज लुङ्गेली, नवराज थापा र लक्ष्मी देवकोटा छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
शुक्रबार नै सिन्धुपाल्चोकमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।