सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा शुक्रबार भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
बाह्रबिसे नगरपालिका–६ स्थित अरनिको राजमार्गमा तातोपानीबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा.४ ख २८१२ नम्बरको ट्रक शुक्रबार सडकबाट करीव ५० मिटर तल भोटेकोशी नदीमा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा बाह्रबिसे नगरपालिका–८ मानेश्वारा बस्ने ३५ वर्षीय गाडी चालक शेखर अधिकारी, सोही ठाउँ बस्नेहरु ४० वर्षीय सुब्बा अधिकारी, २० वर्षीय कमल अधिकारी र २३ वर्षीय कुमार माझी रहेका छन । गाडी खोलाभित्र डुबेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।