धादिङ– धादिङमा सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ।
निलकण्ठ नगरपालिका–१३ केरौजास्थित धादिङ–तिप्लिङ सडक खण्डमा शुक्रबार सुख्खा पहिरोमा पुरिएर कैलाली बस्ने ३० वर्षीय राजु चौधरीको मृत्यु भएको हो।
पहिरोमा पुरिएका कामदार नुवाकोट बाघखोरगढी नगरपालिका–२ बस्ने २१ वर्षीय रबीन्द्र तामाङलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा सामान्य उपचार पश्चात डिष्चार्ज भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।