काठमाडौं– दोस्रो ओभरमै सन्दिप लामिछानेले विकेट लिएका छन्। उनले चौथो बलमा करण केसीका हातबाट आएरल्यान्डका केभिन ओ ब्रेइनलाई करण केसीका हातबाट क्याचआउट गराए।
पाँच देश सम्मिलित टी–२० क्रिकेट शृङखलाको आफ्नो तेस्रो खेल आएरल्यान्डसँग खेलिरहेको छ।
यसअघि भएका दुई खेलमा नेपालले जित हात पारेको छ। हङकङ र नेदरल्यान्डसँग जित हात पार्दै नेपाल ओमान र आएरल्यान्डसँग बराबर अंकसहित तेस्रो स्थानमा छ। आएरल्यान्ड तीन खेल खेलिसकेको छ। तीमध्य एक खेल हारेको छ। ओमान र नेपालले समान दुई खेल खेलेर जितेका छन्। आएरल्यान्डलाई हराएपछि नेपाल अंकतालिकाकको शिर्ष स्थानमा उक्लिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।