सुर्खेत– प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सपथ ग्रहण गरेका छन्। बिहीबार मुख्यमन्त्री नियुक्त भएका शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले शुक्रबार सपथ ग्रहण गराएका हुन्। शाही माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेतासमेत हुन्।
मुख्यमन्त्री शाहीले सपथ ग्रहण गरे पनि मन्त्रिपरिषद विस्तार हुन भने सकेको छैन। शुक्रबार केही मन्त्रीलाई सपथ गराउने तयारी गरिए पनि नेकपा एमालेले मन्त्रीको टुंगो लगाउन नसक्दा ढिलाइ भएको जनाइएको छ। मन्त्रिमण्डल विस्तार आइतबार हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।