• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बेपत्ता श्रीमतीको पर्खाइमा १५औं दसैं

64x64
नेपाल लाइभ मंगलबार, असोज २१, २०७६  १५:०६
1140x725

काठमाडौं- दसैंको अनौठो मौसमले सहरलाई कुत्तकुत्याई रहेको छ। धेरैले काठमाडौं छाडे गाउँघरका आँगनीमा दशैँ मनाउन। एउटा  प्रौढ अनुहारलाई भने यो माहोलले छोएको छैन। ऊ टेक्ने छैन गाउँघरको आँगन दशैका लागि। उसले गर्ने छैन दशैंका किनमेल। 
‘किन यस्तो ?’ स्वभाविक प्रश्न।

‘दशा लागेकालाई केको दसैं ?’ खिस्स अनुहार बनाउँदै पातलो जिउडाल भएका अधबैसे प्रश्न मिश्रित जवाफ फर्काउँछ। 

धादिङ  थाक्रे गाउँपालिकाका पर्शुराम कोइराला कलंकीको निर्माणाधीन भवनको द्वारमा रुगिरहेका हुनेछन् दसैंभर। 

किन घर जाँदैनन् दसैंमा? 
सेक्युरिटी गार्ड भएकाले पालो पाइएन कि? पोहोरसाल दसैंमा गएकाले यसपाली अरुलाई नै पालो दिए कि? माथिका कुनै पनि कारणले उनलाई दसैंमा घरजानबाट रोकेको होइन। आफैं रोकिएका हुन् उनी  । यस्ता १४ औं दसैं खेर गइसके। यो दसैं १५ औं हुनेछ। 

सशस्त्र युद्धले १५ वर्षअघि उनको परिवारबाट रौनक छिनेर लग्यो। श्रीमती खोसिइन् उनीबाट। 

खुसीहीन दसैं
माओवादीकोे सशस्त्र द्वन्द्व उत्कर्षउन्मुख थियो। पर्शुरामको घर नजिकै सेनाले एकजना केटीको हत्या ग¥यो, जो माओवादी रहिछन्। 

माओवादीले  शंकाको  सुई उनकी श्रीमती गोमातिर फर्काए। किनभने ती केटी गोमाकी साथी थिइन्। गोमाले सुराकी गरेको भन्दै माओवादीहरुले गोमालाई लिएर गए। सोधपुछपछि ल्याइदिन्छौं भन्दै लिएर गएका थिए। 

वर्षौं बिते तर उनले ल्याउन गरिएको बाचा पूरा भएन। २८ पुस २०६० तिरको हो यो। अहिले २०७६ भइसकेको तर पुर्शरामकी श्रीमती फर्केर आइनन्। 
के उनकी श्रीमती साँच्चै जासुस थिइन त ?

Ncell 2
Ncell 2
nimb
nimb

‘गाउँमा एकले अर्कालाई रिस गर्ने प्रवृत्ति हुन्छ,’ आफ्नी श्रीमतीको थाप्लोमा सुराकीको ‘ट्याग’ लगाइएको बारे उनको जवाफ छ, ‘गाउँमा मेरो राम्रो प्रगति थियो। त्यो देखि नसहेर मेरो बुढीले नै सुराकी गरेकी भनेर सिकायत हालेका रहेछन् केही स्थानीयले। उनीहरुकै चलखेलमा मेरो श्रीमती बेपत्ता बनाएका हुन् भन्ने पछि बुझियो।’

त्यसयता उनको घरमा दसैं खुसी लिएर आउँदैन। सम्झनामा आउँछन् केवल ती काला दिनका। 

‘कति मुस्किल भयो, कति तड्पिएँ, अझै तड्पिदै छु,’ मलिन स्वरमा आफ्ना दुःख साट्ने प्रयत्नमा उनी भन्छन्, ‘चाडवाड आउँछ। दसैं–तिहार आउँछ। तर मलाई घर जानै मन लाग्दैन।’

Xtrem

Xtrem

बेपत्ता श्रीमतीका यादले रोक्छन् उनका घरजाने पाइला। अरुलाई लाग्ने दसैंको रमझले उनलाई छुँदैन। ‘घर गएर रमझम हेर्न मन छैन्,’ बिगत सम्झैँदै वर्तमानको बयानमा उनी भन्छन्, ‘चाडपर्व आएपछि श्रीमतीको बढी याद आउँछ। मेरो श्रीमती भइदिएको भए कति रमाइलो हुन्थ्यो भन्ने लाग्छ।’

आमाको खोजीमा खुसीहिन छोराछोरीका चेहेर देख्दा सहिनसक्नु हुन्छ उनलाई। 

‘छोराछोरीहरु दसैं तिहारमा जम्मा त हुन्छन् भए पनि भित्री मनमा अलिकति खुसी हुँदैन्,’ छोराछोरीको मुहार पढ्दै उनी सुनाउँछन्, ‘दसैं सबैका बुवाआमा सँगै बसेका देख्छन्। आमाको हातले पस्केर दिएको खान पाए उनीहरुलाई कति खुसी मिल्थ्यो होला।’

५३ मा  लागे पर्शुराम अहिले। तीन छोरी र एउटा छोरा छन्। २७ वर्षका छोरा गोविन्द अध्यनका लागि  अष्ट्रेलिया छन्। एक वर्ष भयो उनी गएको। 

खोजीका १५ वर्ष 
श्रीमती बेपत्ता पारिए यताका १५ वर्ष छट्पटीमै बिताएका छन्, पर्शुरामले। श्रीमती कसले बेपत्ता बनायो भन्ने उनले प्रष्टै चिनेका छन् तर गर्न केही नसकेको बताउँछन्।  तीनजनाले घरबाटै लिएर गएका थिए, उनकी श्रीमती। 

‘दिवाकार’ भनिने रामशरण सुवदेशी, ‘नरेश’ भनिने नारायण केसी र ‘प्रभा’ भनिने सिर्जना रिजाल हुन् मेरी श्रीमतीलाई लिएर बेपत्ता पार्ने,’  उनलाई प्रष्टै थाहा छ।  गाउँकै माथि रहेको क्षेत्र आगरातिर लिएर गएका थिए, माओवादीले गोमालाई। त्यहाँ लगरे मारियो भन्ने हल्ला चलाइयो तर पर्शुरामले श्रीमतीको न सास भेटाए न त लास नै। 

‘महादेवीवेशी भन्दा माथि रहेको आगरातिर लगेको पछि थहा भयो,’ उनले सुनाए, ‘त्यहाँ लगेर मार्‍यो भनेर हल्ला त चल्यो तर लास फेला पार्न सकिएन। मरे या बाँचेको पत्तै पाउन सकिएन।’ 
श्रीमतीलाई लिएर जानेहरुलाई प्रश्न सोधेका थिए पर्शुरामले– मेरी श्रीमती कहाँ लगेर बेपत्ता बनायौं? 

उनले जवाफ पाएका थिए, ‘हामीले पार्टीलाई बुझाएको हो। पार्टीले के गर्‍यो ? उनीहरु कहाँ पुगे थाहा भएन।’

श्रीमती बेपत्ता भएपछि  उनले न्यायका लागि स्थानीय प्रहरी प्रसाशन र मानवअधिकार आयोगसम्म धाएका थिए। तर, न्यायै पाएनन् अहिलेसम्म। 

‘स्थानीय प्रहरी प्रशासनले त उजुरी लिनै मानेन्,’ उनले सम्झिए, ‘राष्ट्रिय मानवअधिकार आयोगसम्म पनि गएँ तर केही सुनुवाइ भएन।’ न्यायका लागि स्थानीय प्रशासनदेखि राष्ट्रिय मानवअधिकार आयोगसम्मको दौडधुपले नभ्याएपछि उनी बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगसम्म गएका छन्। द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउन सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा उनले उजुरी दिएका छन्। 

बेपत्ता पारिएकाहरुले पाउने वाफतको १० लाख राहात उनले  पनि पाएका छन्।  

दुई/चार पटक बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा गएर उनी आफैले सूचनाहरु दिएका छन्। तर, आयोगबाट उनकी बेपत्ता श्रीमतीको मुद्दाबारे सोधखोज गर्न कोही पनि अहिलेसम्म गएका छैनन्। 

‘मैले उजुरी दिएको छु,’ उनी भन्छन्, ‘छानविन गर्ने टोली अहिलेसम्म मेरो गाउँमा गएको छैन। बरु म आफै दुईचार पटक अफिस गएको छु। मलाई खोज्न चाहिँ कोही पनि आएनन्।’
उनलाई प्रश्न राखियो, ‘अझैं श्रीमती भेटिने आशामा हा ?’ 

लास नपाउन्जेल सासको आशा गर्ने उनी राजनीतिक दलहरु आफ्नो त्यो आशा निमोठ्न उद्यत रहेको अरोप लगाउँछन्। 

‘भेटिन त लासै भए पनि सासै भए पनि भेटिन्छ कि भन्ने आशामा थिएँ,’ उनी भन्छन्, ‘यिनी(दल)हरुले पुरानो केसहरु सकेसम्म झासमिस गराउन खोजिरहेका छन्।’

घर त्यागेरै उनी बेपत्ता श्रीमती खोज्न लागे। त्यसमै ८/९ वर्ष बिताउँदा पनि केही सीप नलागेपछि कामको खोजीमा पनि लागे। 

‘मैले ८/९ वर्ष घर त्यागेरै श्रीमती खोजेँ,’ उनले भने, ‘कहिँ कतैबाट पनि सीप चलेन।  त्यसपछि एक जना साथीले किन हल्लेर बस्नुहुन्छ। काम गरे दुई चार पैसा पनि हुन्छ भनेर काम लगाइदिए।’

घरबार चलाउन उनले ५ वर्षदेखि काठमाडौं कलंकीमा निर्माणधीन एउटा भवनको सुरक्षा गार्डको काम गरिरहेका छन्। सुरक्षा गार्डका सुपरभाइजर रहेका उनी मासिक १८ हजार तवल थाप्छन्। ‘पेट पाल्न, घर परिवार धान्न पनि त काम गर्नै पर्‍यो,’ उनी भन्छन्। 

प्रश्न– मेरी श्रीमतीको दोष के? 

उतिबेलाका द्वन्द्वरत पक्षदेखि अहिलेको सरकासम्मलाई पर्शुरामको एउटै प्रश्न छ- मेरी श्रीमतीको दोष के? 

‘मेरो श्रीमतीलाई कुन  दोषले बेपत्ता पारियो ?’ उनको आक्रोस छ, ‘ मैले थाहा नै नपाउने ? बुझ्ने नपाउने ? मलाई जानकारी नुहने?’ 

उनलाई आफ्नो श्रीमितले गरेको गल्ती थाहा पाउनु छ। ‘तेरो श्रीमतीले यो यो गल्ती गर्‍यो भनेर भनिदिएको भए र  मेरो श्रीमतीले गल्ती गरेको भए त मेरो अगाडि मारिदिएको भए हुन्थ्यो। किन लुकाएको?’ उनी थप्छन्। 

यस्तै पश्न उनले बिबिसीको साझा सवाल कार्यक्रम मार्फत तत्कालीन नेकपा (माओवादी) नेता  जनार्धन शर्मा ‘प्रभाकार’लाई पनि सोधेका थिए। तर, जवाफ नपाएक बताउँछन् उनी। 
‘मैले त्यो कार्यक्रममा मेरो श्रीमती कहाँ छिन् भनेर सोधेको थिएँ ,’ उनले सुनाए, ‘उहाँले बुझेर जानकारी गराउँछु भन्नुभएको थियो। त्यसपछि उहाँहरु मन्त्री हुनुभयो धेरैपटक तर अहिलेसम्म त्यसको केही पत्तो छैन।’

सरकारमा बस्नेहरुले आफ्नो पिडा सुनुन भन्ने उनको चाहना एकातिर छ तर अर्कोतिर उनीहरुले केही गर्दैनन् भन्ने अविश्वास पनि। 

‘सरकारमा अहिले सबै सहभागि छन्,’ उनको अनुभव भन्छ, ‘म जस्ता पीडित धेरै छन्। म जस्ताको पीडा कस्तो हुन्छ भन्ने उहाँरुलाई थाहा छैन्। त्यो पीडा पढेको भए उहाँरुलाई थाहा हुन्थ्यो। निर्णय गराउनुहुन्थ्यो।’

आफ्नै कार्यकर्ता पर्ने भयले पनि उनीहरुले आफूहरुलाई न्याय नदिलाउने आशंका गर्छन्। 

‘यो अपराधको केसमा छानविन गर्दा कतै हाम्रै कार्यकर्ता पनि पर्ने हुन् कि भन्ने डर उनीहरुलाई छ,’ उनी लख काट्छन्, ‘कार्यकता परे भोलि हामी सरकारमा नपुग्ने हो भन्ने हिसावले पनि उहाँहरुले यो मुद्दा समाधान गर्न चाहनुभएन।’

तर, उनलाई एउटा दृढ विश्वास के पनि छ भने, आफू छँदै न्याय नपाए आफ्ना सन्ततीहरुले पनि त्यो कुरा उठाउँछन्। 

‘म त बुढो भएँ छोडी दिम्ला,’ विश्वाससाथ सुनाउँछन्, ‘तर भावी पिँढीले के भन्छन् ? हाम्रा सन्ततीले राजनीति बिचारले गर्नुपर्ने रहेछ मान्छे मारेर होइन  भन्ने बुझ्छन्।’

प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्