• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुरक्षामा खटिएरै बित्छ फौजीको दसैं

64x64
नारायण अधिकारी मंगलबार, असोज २१, २०७६  १८:००
1140x725

पियारीले हरेक महिना चिठ्ठी पठाउँथिन्
यसपालिको दसैंमा त घर आउ भन्थिन्
लालाबाला हरेक साँझ बाटो हेर्छन् अरे
थुम्थुम्याउँछु भन्थिन् उनी, आउँछन् भनी भरे
भन्नेलाई भन्दिए भो बिर्स घरबार
फौजीलाई कुन हो, दसैं कुन चाड तिहार 

फौजी जीवनको दसैं तिहार बुझ्न जगदीश समालले गायकको यो गीत नै काफी छ। सबैलाई चाड मनाउन भ्याइनभ्याइ छ। वर्ष दिनभरिका दुःख भुलेर दसैं मनाउन घर फर्कनेको लर्को नै लागेको छ। विविध कारणले घर जान नपाएकाहरू भने काठमाडौंमै दसैं मनाउने योजनामा छन्।

वर्षभरिका दुःख भुलेर आफन्तसँग मनाउन पाउनेका लागि दसैं राम्रै होला। तर, झन्डै तीन करोड नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्ने प्रहरीको दसैं भने जगदीश समालले गायको गीत जस्तै छ।

यसबारे नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले गायक समालको शब्दलाई समर्थन गर्दै भन्छन्, ‘बडादसैंमा आम नागरिक दसैंको उत्सव मनाउन आ–आफ्नो परिवार, आफन्तकोमा जम्मा हुने गर्छन्।

आवत–जावत पनि हुन्छ। रमाइलो साटासाट गर्ने र भेटघाटमा व्यस्त हुन्छन्। खुसी मनाउने गर्छन्। यही मौकामा विभिन्न किसिमका अपराधका घटना पनि हुने गर्छन्। चोरी, लुटपाट, लागू औषध प्रयोग बढ्ने, जाँडरक्सी खाएर होहल्ला, झैझगडा, कर्तव्य ज्यानका घटनाहरू हुने गर्छन्। यस्ता अप्रिय घटना हुन नपाओस् भनेर आम नागरिक रमाइलो गरिरहेका बेला उनीहरूकै सुरक्षा गर्दैमा हामी प्रहरीको दसैं बित्छ।’

नागरिकको सुरक्षाकै लागि भनेर ७७ वटै जिल्ला प्रहरी कार्यालयले दसैं लक्षित सुरक्षा योजना पनि बनाउँदै आएको छ। सोही अनुसार दसैंमा ठूलो मात्रामा प्रहरी खटिने गरेका छन्। 

यसबारे प्रवक्ता पोखरेल भन्छन्, ‘हामीले बडादसैंको पूर्व सन्ध्यादेखि नै सबै प्रकारका आपराधिक क्रियाकलापलाई मध्यनजर गरेर सुरक्षा योजना बनाएका हुन्छौं। सोही अनुसार अति जरुरी बाहेकका सबै बिदा कटौती गरेर प्रहरी कर्मचारीलाई ड्युटीमा खटाउँछौं। साँच्चै भन्ने हो भने प्रहरीको दसैं ड्युटीमै बित्छ।’ 

अति जुरुरी र जो आफ्नो कार्यालय नजिकै बस्छन्, उनीहरू केही घण्टा आउट गएर टिका थाप्न पाउने अवस्था छ भने उनीहरू बाहेक अन्यको बिदा कटौती गरेर अधिकांश प्रहरी ड्युटीमा खटिएर दसैंमा विशेष सुरक्षा दिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बिदा नै बसेर दसैं मनाउँदा पनि ढुक्क हुने अवस्था नआउने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटी बताउँँछन्। धेरै जसो ले बिदा नै पाउँदैनन्। बिदा पाएर बसेकाहरूले ढुक्क भएर दसैं मनाउने अवस्था रहँदैन। ‘कहाँ कतिखेर के हुन्छ, थाहौ हुँदैन,’ डिएसपी बोगटी भन्छन्, ‘घटना भएपछि मेरो बिदा छ भनेर बस्ने कुरा पनि भएन।’ 

चाडपर्वकै लागि भनेर देशभर हरेक दिन ३५ हजार प्रहरी खटिँदै आएका छन्। त्यसैगरी नियमित पुलिसिङ, विभिन्न कुटनीतिक नियोगको सुरक्षा, कारागार सुरक्षा, विमानस्थल, महत्वपूर्ण ठाउँ तथा भिआइपीहरूको सुरक्षा र ब्यारेकको सुरक्षामा पनि ठूलो संख्यामा प्रहरी खटिनुपर्ने हुन्छ। जसले गर्दा दसैंको बेला धेरै प्रहरीले बिदा पाउने अवस्था हुँदैन। 

यसरी बिदा नपाएका प्रहरीले चाहिँ कसरी मनाउँछन् त दसैं? यसरी सुरक्षार्थ खटिने प्रहरीले दसैं कसरी मनाउलान् त? यसबारे एक प्रहरी अधिकारी भन्छन्, ‘चाडपर्व, मेला, महोत्सवमा सुरक्षार्थ खेटिने हाम्रो काम र कतव्र्य हो। सबै नागरिक रमाइलोमा भुलिरहँदा हामीले रमाइलोलाई बिर्सेर काम गर्नुपर्ने हुन्छ। अन्य नागरिक जसरी हामी पनि एक रात मासु खाएर रमाइलोमा भुल्यौं भने के हुन्छ? तर हामी त्यो कल्पना पनि गर्न सक्दैनौं, नागरिककै सुरक्षार्थ चाड नभनी खटिन्छौं, यही नै हाम्रो चाड हो।’ 

यसरी ब्यारेकै दसैं मनाउने प्रहरीको पनि आफ्नै प्रचलन छ। जसमा घटस्थापनाको दिने देशभरीकै जिल्ला प्रहरी कार्यायल र सो भन्दा माथिल्लो प्रहरी कार्यालयमा जमरा राखिन्छ। प्रहरी प्रधान कार्यालयले पनि १ नम्बर गणमा जमरा राखिसकेको छ।

प्रहरीले अष्टमीको दिन जमराको पूजा गर्छ। नवमीको दिन मौला पूजा गरिन्छ। जहाँ बली दिने चलन छ। दसैंमा घर जान नपाएका प्रहरीले दशमीको दिन कार्यालय प्रमुखबाट टीका लगाउने चलन छ। एकादशीको दिन आइजिपीको हातबाट टीका थाप्ने चलन छ। यो बाध्यकारी नभए पनि एउटा चलनको रुपमा स्थापित नै भइसकेको छ।

नागरिक आफन्त तथा परिवारका सदस्यसँग रमाइलो मानेर चाड मानिरहेका बेला प्रहरी भने उनीहरूकै सुरक्षार्थ खटिएका हुन्छन्। सबै नागरिकले दसैंतिहार रमाइलोसँग मनाएजस्तै प्रहरीलाई पनि त्यसैगरी मनाउने रहर भने नभएको होइन। 

तर, चाडमा अपराध बढी हुने भएकाले धेरै प्रहरी घर जान पाउँदैनन्। ब्यारेकलाई नै घर सम्झेर दसैं बनाउने गर्छन्। ब्यारेकमै बडाभोज खाने, सांस्कृतिक कार्यक्रममा रमाउने, आफूभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीबाट टीका लगाएर आर्शिवाद थाप्ने गरिन्छ। 

दसैंसँगै प्रहरीलाई मासुको चिन्ता  
हरेक वर्ष दसैं नजिकिएसँगै प्रहरीलाई एउटा कुराको चिन्ता हुने गर्छ, मासु। दसैंमा प्रहरीलाई मासु खुवाउनु पर्ने तर मासुको लागि भनेर छुट्टै रासन नआउने भएकाले प्रहरीलाई दसैंको लागि मासुको जोहो गर्ने चिन्ता भएको हो। हप्ताको दुई पटक मासु आउने तर दसैंमा फूलपातीको दिनदेखि पूर्णिमासम्म दिनैपिच्छे मासु खुवाउनुपर्ने हुन्छ। 

त्यसका लागि कतिपय प्रहरी कार्यालयले रकम उठाएर मासुको जोहो गर्ने गरेका छन्। प्रहरी प्रवक्ता पोखरेल भन्छन्, ‘दसैंका लागि भनेर छुट्टै रासन आउँदैन। दसैंमा दैनिक मासु खुवाउनुपर्ने हुन्छ। यसको व्यवस्था प्रहरी कार्यालय आफैंले गर्छन्।’

दसैंका लागि मासु जोहो गर्दै कतिपय प्रहरी कार्यालयले १५–२० दिन अगाडिदेखि नै मेसमा मासु पकाउन छाड्ने गरेका छन्। सल्लाह गरेर नै दसैंका लागि मासु सञ्चित गर्नका लागि मासुबिनाको खान खाने गरिन्छ। कतिपय प्रहरी कार्यालयले पैसा उठाएर खसी किन्ने गर्छन्। 

कतिपय प्रहरी कार्यालयमा भने हाकिमले नै मासुको व्यवस्था गर्दै आएका छन्। कार्यालयमा आएको बजेटको केही अंशबाट पनि खसी किनेर मासु खुवाउने चलन रहेको एक प्रहरी अधिकारीले बताए।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्