• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुरक्षामा खटिएरै बित्छ फौजीको दसैं

64x64
नारायण अधिकारी मंगलबार, असोज २१, २०७६  १८:००
1140x725

पियारीले हरेक महिना चिठ्ठी पठाउँथिन्
यसपालिको दसैंमा त घर आउ भन्थिन्
लालाबाला हरेक साँझ बाटो हेर्छन् अरे
थुम्थुम्याउँछु भन्थिन् उनी, आउँछन् भनी भरे
भन्नेलाई भन्दिए भो बिर्स घरबार
फौजीलाई कुन हो, दसैं कुन चाड तिहार 

फौजी जीवनको दसैं तिहार बुझ्न जगदीश समालले गायकको यो गीत नै काफी छ। सबैलाई चाड मनाउन भ्याइनभ्याइ छ। वर्ष दिनभरिका दुःख भुलेर दसैं मनाउन घर फर्कनेको लर्को नै लागेको छ। विविध कारणले घर जान नपाएकाहरू भने काठमाडौंमै दसैं मनाउने योजनामा छन्।

वर्षभरिका दुःख भुलेर आफन्तसँग मनाउन पाउनेका लागि दसैं राम्रै होला। तर, झन्डै तीन करोड नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्ने प्रहरीको दसैं भने जगदीश समालले गायको गीत जस्तै छ।

यसबारे नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले गायक समालको शब्दलाई समर्थन गर्दै भन्छन्, ‘बडादसैंमा आम नागरिक दसैंको उत्सव मनाउन आ–आफ्नो परिवार, आफन्तकोमा जम्मा हुने गर्छन्।

आवत–जावत पनि हुन्छ। रमाइलो साटासाट गर्ने र भेटघाटमा व्यस्त हुन्छन्। खुसी मनाउने गर्छन्। यही मौकामा विभिन्न किसिमका अपराधका घटना पनि हुने गर्छन्। चोरी, लुटपाट, लागू औषध प्रयोग बढ्ने, जाँडरक्सी खाएर होहल्ला, झैझगडा, कर्तव्य ज्यानका घटनाहरू हुने गर्छन्। यस्ता अप्रिय घटना हुन नपाओस् भनेर आम नागरिक रमाइलो गरिरहेका बेला उनीहरूकै सुरक्षा गर्दैमा हामी प्रहरीको दसैं बित्छ।’

नागरिकको सुरक्षाकै लागि भनेर ७७ वटै जिल्ला प्रहरी कार्यालयले दसैं लक्षित सुरक्षा योजना पनि बनाउँदै आएको छ। सोही अनुसार दसैंमा ठूलो मात्रामा प्रहरी खटिने गरेका छन्। 

यसबारे प्रवक्ता पोखरेल भन्छन्, ‘हामीले बडादसैंको पूर्व सन्ध्यादेखि नै सबै प्रकारका आपराधिक क्रियाकलापलाई मध्यनजर गरेर सुरक्षा योजना बनाएका हुन्छौं। सोही अनुसार अति जरुरी बाहेकका सबै बिदा कटौती गरेर प्रहरी कर्मचारीलाई ड्युटीमा खटाउँछौं। साँच्चै भन्ने हो भने प्रहरीको दसैं ड्युटीमै बित्छ।’ 

अति जुरुरी र जो आफ्नो कार्यालय नजिकै बस्छन्, उनीहरू केही घण्टा आउट गएर टिका थाप्न पाउने अवस्था छ भने उनीहरू बाहेक अन्यको बिदा कटौती गरेर अधिकांश प्रहरी ड्युटीमा खटिएर दसैंमा विशेष सुरक्षा दिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

Ncell 2
Ncell 2

बिदा नै बसेर दसैं मनाउँदा पनि ढुक्क हुने अवस्था नआउने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटी बताउँँछन्। धेरै जसो ले बिदा नै पाउँदैनन्। बिदा पाएर बसेकाहरूले ढुक्क भएर दसैं मनाउने अवस्था रहँदैन। ‘कहाँ कतिखेर के हुन्छ, थाहौ हुँदैन,’ डिएसपी बोगटी भन्छन्, ‘घटना भएपछि मेरो बिदा छ भनेर बस्ने कुरा पनि भएन।’ 

चाडपर्वकै लागि भनेर देशभर हरेक दिन ३५ हजार प्रहरी खटिँदै आएका छन्। त्यसैगरी नियमित पुलिसिङ, विभिन्न कुटनीतिक नियोगको सुरक्षा, कारागार सुरक्षा, विमानस्थल, महत्वपूर्ण ठाउँ तथा भिआइपीहरूको सुरक्षा र ब्यारेकको सुरक्षामा पनि ठूलो संख्यामा प्रहरी खटिनुपर्ने हुन्छ। जसले गर्दा दसैंको बेला धेरै प्रहरीले बिदा पाउने अवस्था हुँदैन। 

यसरी बिदा नपाएका प्रहरीले चाहिँ कसरी मनाउँछन् त दसैं? यसरी सुरक्षार्थ खटिने प्रहरीले दसैं कसरी मनाउलान् त? यसबारे एक प्रहरी अधिकारी भन्छन्, ‘चाडपर्व, मेला, महोत्सवमा सुरक्षार्थ खेटिने हाम्रो काम र कतव्र्य हो। सबै नागरिक रमाइलोमा भुलिरहँदा हामीले रमाइलोलाई बिर्सेर काम गर्नुपर्ने हुन्छ। अन्य नागरिक जसरी हामी पनि एक रात मासु खाएर रमाइलोमा भुल्यौं भने के हुन्छ? तर हामी त्यो कल्पना पनि गर्न सक्दैनौं, नागरिककै सुरक्षार्थ चाड नभनी खटिन्छौं, यही नै हाम्रो चाड हो।’ 

यसरी ब्यारेकै दसैं मनाउने प्रहरीको पनि आफ्नै प्रचलन छ। जसमा घटस्थापनाको दिने देशभरीकै जिल्ला प्रहरी कार्यायल र सो भन्दा माथिल्लो प्रहरी कार्यालयमा जमरा राखिन्छ। प्रहरी प्रधान कार्यालयले पनि १ नम्बर गणमा जमरा राखिसकेको छ।

प्रहरीले अष्टमीको दिन जमराको पूजा गर्छ। नवमीको दिन मौला पूजा गरिन्छ। जहाँ बली दिने चलन छ। दसैंमा घर जान नपाएका प्रहरीले दशमीको दिन कार्यालय प्रमुखबाट टीका लगाउने चलन छ। एकादशीको दिन आइजिपीको हातबाट टीका थाप्ने चलन छ। यो बाध्यकारी नभए पनि एउटा चलनको रुपमा स्थापित नै भइसकेको छ।

नागरिक आफन्त तथा परिवारका सदस्यसँग रमाइलो मानेर चाड मानिरहेका बेला प्रहरी भने उनीहरूकै सुरक्षार्थ खटिएका हुन्छन्। सबै नागरिकले दसैंतिहार रमाइलोसँग मनाएजस्तै प्रहरीलाई पनि त्यसैगरी मनाउने रहर भने नभएको होइन। 

तर, चाडमा अपराध बढी हुने भएकाले धेरै प्रहरी घर जान पाउँदैनन्। ब्यारेकलाई नै घर सम्झेर दसैं बनाउने गर्छन्। ब्यारेकमै बडाभोज खाने, सांस्कृतिक कार्यक्रममा रमाउने, आफूभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीबाट टीका लगाएर आर्शिवाद थाप्ने गरिन्छ। 

दसैंसँगै प्रहरीलाई मासुको चिन्ता  
हरेक वर्ष दसैं नजिकिएसँगै प्रहरीलाई एउटा कुराको चिन्ता हुने गर्छ, मासु। दसैंमा प्रहरीलाई मासु खुवाउनु पर्ने तर मासुको लागि भनेर छुट्टै रासन नआउने भएकाले प्रहरीलाई दसैंको लागि मासुको जोहो गर्ने चिन्ता भएको हो। हप्ताको दुई पटक मासु आउने तर दसैंमा फूलपातीको दिनदेखि पूर्णिमासम्म दिनैपिच्छे मासु खुवाउनुपर्ने हुन्छ। 

त्यसका लागि कतिपय प्रहरी कार्यालयले रकम उठाएर मासुको जोहो गर्ने गरेका छन्। प्रहरी प्रवक्ता पोखरेल भन्छन्, ‘दसैंका लागि भनेर छुट्टै रासन आउँदैन। दसैंमा दैनिक मासु खुवाउनुपर्ने हुन्छ। यसको व्यवस्था प्रहरी कार्यालय आफैंले गर्छन्।’

दसैंका लागि मासु जोहो गर्दै कतिपय प्रहरी कार्यालयले १५–२० दिन अगाडिदेखि नै मेसमा मासु पकाउन छाड्ने गरेका छन्। सल्लाह गरेर नै दसैंका लागि मासु सञ्चित गर्नका लागि मासुबिनाको खान खाने गरिन्छ। कतिपय प्रहरी कार्यालयले पैसा उठाएर खसी किन्ने गर्छन्। 

कतिपय प्रहरी कार्यालयमा भने हाकिमले नै मासुको व्यवस्था गर्दै आएका छन्। कार्यालयमा आएको बजेटको केही अंशबाट पनि खसी किनेर मासु खुवाउने चलन रहेको एक प्रहरी अधिकारीले बताए।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
छठको दोस्रो दिन आज ‘खरना’ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्